काठमाडौं । सिभिल बैंक लिमिटेडले लमजुङको श्री शिशु विद्याश्रम माध्यामिक विद्यालयलाई ९ थान कम्प्युटर प्रदान गरेको छ ।
उक्त कम्प्युटरहरु सिभिल बैंकको साेही क्षेत्रको क्षेत्रीय प्रबन्धक दूर्गाराज पाण्डेयले साे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको बताउँदै उक्त विद्यालयलाई सहयोग गरेको बताएका छन् ।