नक्कली प्रमाण पत्रले सरकारी जागिर खाने अम्विका गौतमविरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं । चितवन जिल्ला रत्ननगर नगरपालिकाको कार्यालय वडा नं। ५ मा वडासचिव पदमा कार्यरत अम्विका गौतम विरुद्ध मुद्दा दायर भएको छ । गौतमले नक्कली शैक्षिक प्रमाण पत्रले जागिर खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काडमाडौंमा मुद्दा दायर गरेको हो । गौतमले जागिरमा नियुक्तिको बेला भारतको विद्यालयबाट एसएलसी तहको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारका सह प्रवक्ता मदन कोइरालाले जाकारी दिए । गौतम विरुद्ध भ्रट्राचार ऐन बमोजिम जरिवाना र कैद सजायकाृ माग गरी मुद्दा दायर भएकाे हो ।
टोयोटाको एक्सचेन्ज मेला सम्पन्न, २०० भन्दा बढी ग्राहकको सहभागिता
काठमाडौं । विश्व प्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले “टोयोटा एक्सचेन्ज मेला” सम्पन्न गरेको छ । कम्पनीले यहि जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा उक्त मेलाको आयोजना गरी सम्पन्न गरेको हो । उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिदका साथै साट्ने व्यवस्था गरिएको थियो । ग्राहकको पुरानो गाडीको सही मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो । उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसैगरि गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो । टोयोटाले समयानुकुल र आवश्यकता अनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने कुरा कम्पनीका महाप्रबन्धकले बताएका छन् । उक्त मेलामा २०० जना भन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो ।
६ जना नेपाली फेलोहरुले पाए हिमालयन बैंकको एचबिएल-दायित्व फेलोसिप अवार्ड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल-दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्याउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर जबराले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको रु. ५ लाख ४ हजार दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेका छन् ।
गण्डकी विकास बैंकको १९ प्रतिशत बोनस पारित, संचालकमा ६ जना निर्वाचित
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको १९.३१०६ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार(आज) बसेको १०औँ वार्षिक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम बैंकले आर्थिक वर्ष २०७३/७४ सम्मको संचित मुनाफाबाट कुल चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने भएको छ । बोनस वितरण पश्चात बैंकको कुल चूक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । सभाले आगामी चार वर्षको लागी छ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा संस्थापक सेयरधनीहरुको तर्फबाट पद्यप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझा हुन् भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट नारायणबहादुर बानिया, कृष्ण बहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी हुन् । बैंकले आव २०७४/७५ को तेश्रो त्रैमाससम्ममा २० अर्ब ४३ करोड रुपैयाँ निक्षेप र १८ अर्ब ३२ करोड रुपैयाँ कर्जा पुर्याएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा पहिलो पटक विश्वकप नेपाली मै प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । रुसमा अर्को साताबाट शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथीहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन् । चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो । प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषामा नै हुने हुदा विश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनाएको छ । नेपालमा पहिलो पटक विश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ । तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सञ्जिब शिल्पकार भएकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले बताएका छन् ।
निक्षेप भन्दा कर्जा लगानी १०० अर्ब बढी, राष्ट्र बैंकले भन्योः कर्जाको ब्याजदरमा अंकुश लगाउनु पर्छ
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेर ३ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ प्रतिशत बढेको छ । यस्तै कर्जा लगानी १९.६ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप परिचालन भन्दा बढी कर्जा लगानी गरेपछि बजारमा लगानीयोग्य पुँजीको अभाव भई कर्जाको ब्याजदरमा बढेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारेको छ । जसले गर्दा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत पुगेको भन्दै केन्द्रीय बैंकले कर्जाको ब्याजलाई अंकुश लगाउनु पर्ने बताएको छ । गत बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.६, ३५ र ४५.२ प्रतिशत रहेको छ । कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.१४ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८.३, विकास बैंकहरुको १८.२ र वित्त कम्पनीहरुको ११.४ प्रतिशतले बढेको छ । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा छ । १५.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ८०.२ प्रतिशत अर्थात ५१ अर्ब ७६ करोड वृद्धि भई १ खर्ब १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ११.१ र ओभरड्राफ्ट कर्जा १३.६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.० प्रतिशतले बढेको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत बैशाख मसान्तमा १६ अर्ब ४७ करोड रुपैयाँ पुनरकर्जा लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा असार २८ गते, के के छन् विशेष प्रस्ताव?
काठमाडौं । बैंक अफ काठमाण्डूको २३औँ वार्षिक साधारणसभा आगामी असार २८ गते हुने भएको छ । सो प्रयोजनको लागि असार ३ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । उक्त सभामा कम्पनीले हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । आइतबार(आज) कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०४ रुपैयाँ रहेको छ ।
मौद्रीक नीतिमा बैंकरको सुझाव : सेयरकर्जा ८० प्रतिशत पुर्याउनदेखि सीसीडी हटाउनसम्म
काठमाडौं । बैंकर्सले सेयर कर्जाको सीमा बढाउन र प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) हटाउन सुझाएका छन् । सेयर कर्जाको सीमा ५० प्रतिशत कम भएको भन्दै यसलाई बढाएर ७० देखि ८० प्रतिशत पुर्याउन माग गरेका हुन् । नेपाल व्यवस्थापन संघले आइतबार राजधानीमा आयोजना गरेको आगामी वर्षको मौद्रीक नीति छलफलमा बोल्दै बैंकरले यस्तो सुझाएका हुन् । सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले सीसीडी रेसियोका कारण वेसरेट, स्प्रेडदर र ब्याजदर करिडोरले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यसलाई हटाउन माग गरेका थिए । २ वर्षयता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव बढेको यसलाई सम्बोधन हुने किसिमले आगामी वर्षको मौद्रीक नीति ल्याउन ढुङानाले सुझाए । उनले आवास कर्जा २ करोड रुपैयाँ पुर्याउन नेपाल राष्ट्र बैंकको ध्यानकर्षण गराएका छन् । शहरमा २ करोड रुपैयाँ भन्दा कममा घर नपाइने भन्दै यसको सीमा बढाउन उनले माग गरेका हुन् । उनले बैंकलाई भारुमा ऋण लिनको व्यवस्था र स्वतः मर्जरमा जाने वातावरण बनाउन आग्रह गरेका छन् । “मर्जर जबर्रजस्त हैन स्वतन्त्र रुपमा हुनुपर्छ” उनले भने । सो अवसरमा नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले सेयर कर्जा र घरकर्जाको सीमा बढाउन अनुरोध गरेका छन् । उनले सेयर कर्जा ८० प्रतिशसम्म हुनुपर्नेमा जोड दिए ।