काठमाडौं । बैंक अफ काठमाण्डूको २३औँ वार्षिक साधारणसभा आगामी असार २८ गते हुने भएको छ । सो प्रयोजनको लागि असार ३ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।
उक्त सभामा कम्पनीले हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । आइतबार(आज) कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०४ रुपैयाँ रहेको छ ।