बोनस पश्चात पोखरा फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको ८.२६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार कम्पनीको सो मात्राको बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८९.८९ रुपैयाँ रहेको थियो । आइतबार १ः३० सम्म कम्पनीको सेयर प्रतिकित्ता १३२ देखि १३६ रुपैयाँको हाराहारीमा किनबेच भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक असार १७ गते साधारणसभामा जाँदै, ४ गतेदेखि बुक क्लोज
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आगामी असार १७ गते वार्षिक साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि असार ४ गतेदेखि १७ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई ११.८० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । बैंकले २.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ९.३० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिन लागेको हो । साथै, असार ३ गतेसम्म कम्पनीको सेयर कारोबार गरी ७ दिनसम्म बैंककोे सेयर रजिष्ट्रार एनआईबिएल क्याटिल मार्केट्समा सेयर दाखिल खारेजका सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
एफपीओमा लगानीकर्तालाई लोभ्याउँदै नेपाल बैंकले अघि सार्यो नाफा बढ्ने आधार
काठमाडौं । थप निष्काशन(एफपीओ)को तयारीमा जुटेको नेपाल बैंकले आगामी आर्थिक बर्षहरुमा नाफा वृद्धि हुने प्रक्षेपण सार्वजनिक गर्दै लगानी कर्तालाई लोभ्याउने प्रयास गरेको छ । बैंकले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षहरुमा नाफा बढ्दै जाने दावी गर्दै एफपीओमा लगानीकर्ताहरुलाई लोभ्याउने प्रयास गरेको हो । यतिबेला नेपाल बैंकले प्रतिकित्ता २८० रुपैंयामा एफपीओ निष्काशन गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको छ । सेयर बजार ओरालो लागिरहेको अवस्थामा एफपीओ निष्काशनको तयारीमा जुटेको बैंकलाई एफपीओ नबिक्ने जोखिमले सताएको देखिन्छ । बैंकले एफपीओको बिक्रिबाट एक अर्ब ७६ करोड सेयर पूँजी र ३ अर्ब १६ करोड सञ्चित कोषमा रकम प्राप्त गर्नेछ । एफपीओ बिक्रिबाटै बैंकले ३२ प्रतिशत लाभांश दिन पुग्ने श्रोत जुटाउन सक्ने देखिन्छ । बैंकले राष्ट्रिय बीमा कम्पनीमा रहेको एक अर्ब मूल्य बराबरको सेयर बेच्ने, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, आरएमडीसी, नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थानहरुमा रहेका सेयरहरुको मूल्य समेत उच्च रहेकाले नाफा वृद्धि हुने बताएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले अब बैंकका लागि सुनौला दिनहरु आएको दावी गरेका थिए । बैंकको स्वामित्वमा अझै १५ अर्ब मूल्य बराबरको अचल सम्पति रहेको प्रमुख कार्यकारी अधिकृत शाहले जानकारी दिए । त्यस्तै, पोखरास्थित फुलबारी होटलमा रहेको ७५ करोड ऋण र त्यसको ब्याज समेत उठाउँदा बैंक अझै बलियो हुने उनको दावी थियो । नेपाल बैंकले २५ वटा स्मार्ट शाखा सञ्जाल विस्तार गर्ने बताएको छ । आगामी अािर्थक बर्षदेखि लगानीकर्ताहरुलाई लाभांश समेत दिने शाहले दावी गरे । बैंकले निकट भविष्यमै १६० वटा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य निर्धारण गरिएको र आगामी २ बर्षभित्र २ सय वटा शाखा विस्तार गर्ने लक्ष्य रहेको पनि शाहले जानकारी दिए । बैंकले हाल वित्तिय प्रणालीमा आविष्कार गरिएको सबै भन्दा नविन प्रबिधी उपयोग गरिरहेको दावी समेत गरेका थिए । बैंकले चालु आर्थिक बर्षमा आफ्नो नाफा ३ अर्ब पुर्याउने प्रक्षेपण गरेको थियो ।
३ करोड जनसंख्यालाई ६१३७ डाक्टर, १ डाक्टरले ४७२५ जनालाई उपचार, कुन रोगको कति हेर्नुहोस
काठमाडौं । नेपालमा एक विशेषज्ञ चिकित्सक (डाक्टर) ले ४ हजार ७२५ जना विरामी हेर्नुपर्ने देखिएको छ । हालसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ६ हजार १३७ जना मात्र रहेका छन् । अहिले २ करोड ९० लाख जनसंख्यालाई हिसाव गर्दा एउटा चिकित्सकले ४ हजार ७२५ जनालाई उपचार गर्नुपर्छ । कुल चिकित्सक मध्ये पुरुषको संख्या ४ हजार ३८९ र महिलाको संख्या १ हजार ७४८ जना रहेको नेपाल मेडिकल एसोसिएसनले जनाएको छ । सबैभन्दा कम चिकित्सक कार्डिक सर्जरीमा रहेको एसोसियसनले जनाएको छ । ट्रान्सफुजन मेडिसिन एन्ड टिस्युटाइपिङमा १ जना मात्र चिकित्सक छन् । सबैभन्दा बढी चिकित्सक इन्टरनल मेडिसिनमा रहेका छन् । यस्तै अवस्टीक एन्ड गाइनेमा ६२२, पेडट्रिक्समा ५०४, जनरल सर्जरीमा ५५६, अर्थोपेडिकमा ४७५, रेडियोलोजी एन्ड एमाइजिनमा ३५२, अप्टोमनोलोजी २९१ जना रहेका छन् ।
तपाईको लाइसेन्स बन्यो/बनेन, लिखित परिक्षामा पास हुनुभयो/भएन ? थाहा पाउन एसएमएस गर्नुस्
काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स सम्बन्धी सबै जानकारी अब एसएमएस सेवा सञ्चालन गरेकाे छ । सेवाग्राहीको असुविधालाई ध्यान दिँदै विभागले लाइसेन्स सम्बन्धी जानकारी एसएमएसबाटै सुरु गरको हो । स्मार्ट लाइसेन्स छपाई गर्न ढिलो भएकोले सबै जानकारी एसएमएस सेवाबाटै सुरु गरको विभागका निर्देशक तुलसीराम अर्यालले बताए । ‘दैनिक सयौंको संख्यामा लाइसेन्स बन्यो या बनेन भन्ने जानकारी लिनैको लागि विभागमा लाइन लाग्ने गरेका छन्यो, समस्याको हल गर्न एसएमएस सेवा शुरु छौं,’ निर्देशक अर्यालले विकासन्युजसँग भने । उनका अनुसार अनलाइनबाट लाइसेन्सको लिखित परिक्षामा पास भएको नभएको थाहा पाउनका लागि अंग्रेजी अक्षर डब्लुटी टाइप गरी स्पेस दिई आफ्नो आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नु पर्नेछ । त्यस्तै स्मार्ट लाइसेन्स बने नबनेको थाहा पाउनका लागि अंग्रेजी अक्षर एलसी टाइप गरि स्पेस दिई आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । यसअघि सेवाग्राहीहरु लाइसेन्स बन्यो बनेन लिखित परिक्षामा पास भयो भएन भन्ने बारे जानकारी लिन कार्यालय नै धाउनुपर्ने बाध्यता रहको थियो । त्यति मात्र हाेइन, कार्यलाय पुगेपछि ३० रूपैयाँ तिरेर दलालकाे सहायता लिनुपर्ने अवस्था थियाे । विभागले अझै २ लाख भन्दा बढी स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएकाे छ । यसैगरी विभागले मोटरसाइकल, स्कुटर, कारको अनलाइन लाइसेन्स फारम असार मसान्तसम्म बन्द गर्ने भएको छ । विभागले १ महिनाका लागि देशैभरी अनलाइन फारम बन्द गर्न लागेको हो । विभागका निर्देशक अर्यालका अनुसार रिट्रायलका लागि नै असार २० गतेसम्म लाग्ने र बाँकी ११ दिनमा हिसाब अडिट गर्नुपर्ने भएकाले अनलाइन लाइसेन्स बन्द गरिएको हो । ठूला सवारी साधनका लागि भन लाइसेन्स परिक्षा नरोकिने अर्यालले जानकारी दिए ।
छिट्टै दैनिक ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुन्छ-डा. रेवतबहादुर कार्की
डा. रेवतबहादुर कार्की, अध्यक्ष धितोपत्र बोर्ड सरकारले थप साढे २ प्रतिशत कर लगाएको छ, हकप्रद र बोनस सेयरमा कर लाग्ने विषयमा पनि विवाद भयो । यसले सेयर बजारलाई कस्तो प्रभाव पार्ने देख्नु भएको छ ? अहिले सरकारले संस्थागतलाई बढी जोड दिएको भन्ने बुझ्नुपर्छ । संस्थागतलाई पुँजीगत लाभकर यथावत नै छ । मूल्य अभिवृद्धि कर (भ्याट) को फिर्ता भएको छ । पुँजी बजारबाट गत वर्ष नै २ अर्ब १० करोड रुपैयाँ राजश्व आएको छ । यो कम राजश्व भने हैन । हकप्रद र बोनस सेयरमा लागतको आधारमा लाभकर लगाउने विषय विवाद आईसक्यो । लगानीकर्ताले विरोध गरे । त्यसलाई अन्यथा लिनु पनि हुन्छ । सरकारले नयाँ निकास दिन्छ । संस्थागत लगानीकर्तालाई मात्र जोड दिनुको भित्री रहस्य के हो ? अहिलेको सरकारको प्राथमिकता यस्तो देखियो । कर नीतिको बनाउने सरकारले हो । करमा काम गर्ने राजश्व प्रशासन छुट्टै छ । तर संस्थागत लगानीकर्तालाई प्राथमिकता दिनु भनेको ठूला लगानीकर्तालाई प्रेरित गर्ने र साना लगानीकर्तालाई निरुत्साहित गरेको जस्तो देखियो नि ? संस्थागत सबै ठूला मात्र हैनन् । संस्थागत लगानीकर्तामा साना ठूला सबै पर्छन् । बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा भएको थियो । अहिलेसम्म कार्यप्रगति कति भयो ? नियमावलीमा स्पष्ट व्यवस्था छ । नेपाल राष्ट्र बैंकले अध्ययन पनि गरेको छ । त्यहाँबाट बाहिर आएको छैन । नियमनकर्ताको हिसावले राष्ट्र बैंकको स्वीकृति पनि चाहिन्छ । नियामक निकायबीच राम्रो सम्बन्ध र समन्वय भएन भनेर यहाँले भन्दै आउनु भएको छ । यसलाई कसरी व्यवस्थित बनाउनु पर्ला ? म अन्तराष्ट्रिय क्षेत्रमा काम गरेको व्यक्ति हो । विकशित मुलुकमा सबै नियामक निकायको समन्वयकारी भूमिका हुन्छ । एकअर्कामा कमी कमजोरी भए सुधारेर लैजाने काम हुन्छ । मुल कुरा के हो भने वित्तीय क्षेत्र स्थायित्व हो । जुन आर्थिक विकासका लागि आधारभूत तत्व हो । यो नभए अर्थतन्त्रमा पनि उतारचढाव ल्याउछ । त्यसका लागि सबै नियामक निकायको ठूलो र सानो भन्ने अहम् भावना छाडेर सहयोगात्मक हुनुपर्छ । कतिपय नीति नियम ओभर ल्यापिङ छ । यसका लागि पनि एकअर्कामा समन्वय र सहयोग आवश्यक छ । आर्थिक विकासका लागि वित्तीय स्थायित्व चाहिन्छ र यसका लागि नियामक निकायबीच राम्रो समन्वय हुनुपर्छ । हामीले लगानीकर्ताको लगानीको सुरक्षा गर्न सुशासनका कुरा बढी हेछौं । यसले गर्दा धिताेपत्र छुच्चो भएको देखिन्छ । किनभने हामीले लगानीकर्ताको हित हेर्नुपर्छ । मुख्य कुरा लगानीकर्ताको हित र स्वस्थ रुपमा बजारको विकास गर्ने हो । लगानीकर्ताको अधिकार खोसिदा पनि उनीहरुको पक्षमा नियामक निकाय नबोलेको लगानीकर्ताको गुनासो छ नि ? उनीहरुको पक्षमा बोलिदिने हामी छौं । बोर्डले आफ्नो हिसावले मर्जर एक्विजिसन सम्बन्धि स्पष्ट नीति ल्याउँदै छ। हामीले पुँजी बजारको हितमा धेरै काम गरेको छौँ। जस्तो जलविद्युत र वास्तविक क्षेत्रको नियमन गर्ने निकाय नै छैन । जलविद्युतको प्राविधिक नियमन क्षमता हामीसंग छैन । त्यै पनि हामीले आधारभूत सिद्धान्त र नीति व्यवस्था गरेको छौँ । जलविद्युतमा हामीले केही मापदण्डहरु तयार गरेको छौं । त्यस्तै लामो समयको हिसावमा बोर्ड बैठकले यति दिने भनेर निर्णय गर्यो । वार्षिक साधारणसभाले पास गरेपछि मात्र ल्याउने व्यवस्था ल्याउदैछौं । सुशासन निर्देशिका साउनदेखि लागु हुदैछ । त्यसले पनि धेरै काम गर्नेछ । म स्टक एक्सचेन्जमा हुँदा एकजनाले हावामा म यति अर्ब पुँजी पुर्याउछु भने । कागजात मागेको, पठाउनु भएन । भोलि ११ बजेसम्म पठाउनु भएन भने कारोबार बन्द हुन्छ भनेपछि पत्र आयो । कतिपय कम्पनीको साधारणसभाले गरेको निर्णय समेत कार्यन्वयन भएको छैन नि, बोर्डले पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेन नि ? सञ्चालक समितिलाई अधिकार नै छैन नि । साधारण सभाको एजेन्डा नभइ गर्न पाइन्दैन । कतिपयले राम्रै हिसावले गरेका छन् भने कतिपयको नियत ठिक देखिएको छैन । बोर्डमा गरेको निर्णय साधारणसभासम्म नै नजाने गरेको पनि पाइएको छ । महत्वपूर्ण एजेन्डा एजिएममा मात्रै सार्वजनिक गर्न सकिन्छ । कतिपय कम्पनीको प्रस्ताव बोर्डमा जानुअघि नै बाहिर आउने गरेको छ । धेरै कम्पनीका बारेमा सञ्चालक समितिले निर्णय गरेको, नियामक निकायबाट स्वीकृत भएको र एजीएमबाट पारित गरेको विषयहरु समाचार आएको हुन्छन् । अन्तिम ती सबै प्रक्रिया पुरा भएर आएको निर्णयहरु पनि कार्यन्वयन हुँदैन । लगानीकर्ता कुन चरणमा पुगेपछि वास्तविक रहेछ भन्ने मान्ने ? हो, अहिले सूचनाहरु अपरिपक्व हिसावले बाहिर आएका छन् । यो गलत उद्देश्यले पनि हुनसक्छ । बजारलाई प्रभावित गर्नका लागि इत्यादी । कुनै काम गर्दा नियमनकर्ताको स्वीकृति लिनुपर्छ । गलत अभ्यास भएको छ । यसलाई रोक्नुपर्छ । नियमनकारी निकायको स्वीकृति लिई एजिएममा पास भएपछि मात्र संबेदनशिल विषय बाहिर आउनुपर्छ । यता नेपाल स्टक एक्सचेन्जले कम्पनीको कुनै पनि निर्णय भएको कुरा २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्छ भन्ने व्यवस्था छ नि ? नियामक निकायले स्वीकृति दिएको अवस्थामा मात्र प्रस्ताव गर्ने हो । यहाँ स्वीकृति दिनुअगावै प्रस्ताव गरिएको छ । यो गलत हो । ६ महिनाअघि बोर्डले निर्णय गर्ने ६ महिनासम्म एजिएम नै नगर्ने, यो गलत अभ्यास भएको छ । यो रोक्नुपर्छ । यसलाई रोक्न धितोपत्र बोर्ड मात्र हैन सबैको सहयोग हुनुपर्छ । एजिएममा जाने भन्दा बोर्डले ६ महिना अघि निर्णय गर्ने ? नियमनकर्ताको स्वीकृति लिएर गएको अवस्थामा मात्र हुनुपर्छ । बोर्डकाे निर्णय गरेर ६ महिनासम्म एजिएम नगर्ने प्रवृति छ । यसमा अन्य नियमनकर्ताले पनि कडाइ गर्नुपर्यो । हामी कडाइ गर्न तयार छौं । जहिले पायो त्यही बोर्ड बैठक बसेर निर्णय हुने गरेको छ । एफपीओको बारेमा बजारमा धेरै टिक्का टिप्पणी भएका छन् । बढी मूल्य भयो भन्ने कुरा पनि आएका छन् । यसमा बोर्डको ध्यान गएको छ ? लगानीकर्ताले के बुझ्नु पर्यो भने हिजो एफपीओ मूल्य जति तय गरेपनि लगानीकर्ता आँखा चिम्लेर लगानी गर्थे तर यसको विधि पनि छ । २ हजार ९०० प्रस्ताव गरेको मूल्य ६ महिना राखेर पछि १ हजार ३०० मा स्वीकृति हामीले दिएका हौं । यो कम्पनीले गरेको हैन । नेटवर्थ ३ गुणासम्म हुन पाउने स्पष्ट व्यवस्था गरेको छ । त्यो भएपछि जुनसुकै कम्पनीको हुन सक्छ । बीपीसीको मूल्य अण्डरराइटिङ भएको थियो । अर्को कुरा प्राइसिङ मोडेल सबै स्पष्ट छ । क्यापिटलाइज्ड अर्निङ र १८० दिनको मूल्य कति ? फियुचर्स अर्निङ कति र नेटवर्थ कति ? यी ४ वटा कुरा हिसावले पारदर्शी छ । सर्वसाधारणको चासोको विषय के हो भने कुनै कम्पनीको एफपीओको मूल्य बजार मूल्य भन्दा आधा हुन्छ भने कुनैको मूल्य बजार मूल्य नजिक हुन्छ । त्यसैले लगानीकर्तामा एफपीओको मूल्य निर्धारणबारे असन्तुष्टि देखिन्छ त ? यो व्याख्या गर्ने कुरो मात्र हो । जस्तो कुनै कम्पनीले २ महिनाअघि मात्र एफपीओका लागि पेस गर्यो । अब यहाँ हल्लाको भरमा बजार घटाउने काम भयो । कुनै समयमा कुनै कम्पनीको एफपीओ जारी गर्ने भनेपछि बजार मूल्य बढ्थ्यो । अहिले एफपीओ जारी गर्ने भएपछि कम्पनीको मूल्य घटिरहेको छ । यो किन भएको हो ? धेरै एफपीओ निकालेर मूल्य बढाउने काम भएको थियो । अहिले कम भएको हो । अहिले स्पष्ट प्राइस मोडल छ नि । यसमा विवाद गर्ने कुरै छैन । ३ देखि ५ वर्षको प्रक्षेपण तलमाथि मात्र गर्न सक्ने हो । टेलिकम, होटल, सिमेन्ट लगायत वास्तविक क्षेत्रका कुन कुन कम्पनीको आईपीओ आउदै छ ? हामीले १५ प्रतिशत छुट, प्रिमियमा मूल्यमा जानेलगायत सहुलियत दिएका छौं । केही आउन खोजिरहेका छन् । सिवम सिमेन्ट, अर्घाखाँची सिमेन्ट आउन लागेको छ । केहीलाई पारिवारिक व्यवसाय डुब्ने त हैन ? भन्ने पनि छ । भीआईपी सेयर होल्डरको समस्यालाई कसरी डिल गर्नुहुन्छ भनेर एउटा कम्पनीले प्रश्न गर्यो । आउ मात्र भनेर भएन, वातावरण त बन्नु पर्यो नि । भीआईपी सेयरधनीलाई पैसा बाडेर साधारणसभा गर्ने अभ्यास छ, त्यसलाई रोक्नु पर्दैन ? त्यसलाई सम्बन्धित नियमनकर्ताले हेर्नुपर्यो । हामीले मात्र सबै हुदैन । त्यसैले बजार विकास एउटा नियमनकर्ताले मात्र हुदैन । लगानीकर्ता पनि बढी इमान्दार हुनुपर्यो । डेरिभेटिभ मार्केटमा कति वटा कम्पनीले लाइसेन्स पाउदै छन् ? हामीले त्यसका आधारभूत विषय पनि हेरिरहेका छौं । भोलि लाइसेन्स दिएर समस्या आउने हो कि ? हेर्दै नहेरी लाइसेन्स दियो, लौ हामी खत्तम भयौं भन्ने कुरा आउनु भएन । अहिले लाइसेन्सका लागि फारम लिन बन्द गरेका छौं । अर्थतन्त्रको अवस्था र बजार विकासको संभावना सबै कुरा हेरेर गर्नुपर्छ । त्यसैले गर्दा ढिलाइ भएको हो । तपाई खुलाबजार अर्थतन्त्रको पक्षधर । तर डेरिभेटिको लाइसेन्स पनि बन्द, ब्रोकर तथा मचेन्ट बैंकर्सको लाईसेन्स पनि बन्द, बैंकको लाइसेन्स पनि बन्द, बीमा, रेमिट्यान्स, मनी चेन्जर कम्पनीको लाईसेन्स पनि बन्द । मदिरा, चुरोट, खैनी, क्यासिनोको लाइसेन्स पनि बन्द । जहाँ गयो त्यहाँ लाइसेन्स किन बन्द भएको छ ? सधैका लागि खुला गर्न सकिन्न ? विकसित मुलुकले धान्न सक्छ । हाम्रो अर्थतन्त्रले धान्न सक्छ ? तपाईले २ वर्ष चलाउनु भयो २ अर्ब रुपैयाँ गयो । विकसित मुलुकमा ओपन पोलिसीअन्र्तगत चल्ने हो । हाम्रो जस्तो अर्थतन्त्रमा संवेदनशिल भएर हेर्नुपर्छ । हेर्दै जाने, राम्रो विकास भयो भने खुला गर्ने । मूल्य अभिवृद्धि र जीडीपीमा कति योगदान दिन सक्छ भन्ने पनि हेर्नुपर्छ । ओपन पोलिसीको यहाँ गलत व्यख्या भएको छ । सरकारले जति पनि खोल्न दिने नियमन गर्ने क्षमता नभए के हुन्छ ? डिग्री अफ लिवरलाइजेनस एन्ड डिग्रि अफ क्यापसिटी विल्डिङ सुल्ड गो टुगेदर । अहिले ५० वटा मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने तर नियमन भने गर्न नसक्ने भयो भने के काम ? यसलाई सीमित अर्थमा बुझनु हुदैन । नेपालमा डिग्री अफ लिवरलाइजेनस भन्दा पनि नियामक र सरकारको क्षमता हेरिनुपर्छ । ब्रोकरले मार्जिन ल्याण्डिङ गर्न स्वीकृति दिनु भएको छ । उनीहरुको लेण्डिङ गर्ने क्षमता कति छ ? यो बजार चलेको २५ वर्ष भइसक्यो । यसमा धेरै काम भएको छ । यता निरीक्षण र सुपरिवेक्षण गरिरहेका छौं । पुँजी बजारमा १० लाखको मनिलण्डरिङको काम पनि सुरु गरिसकेका छौं । यस्ता ऐतिहासिक काम पनि हामीले गरेका छौं । केवाइसी मेन्टन नहदा कार्वाही भएको छ । क्षमता बढाउन अझै धेरै मेहनत गर्नुपर्छ । लगानीकर्ताले पनि सेवा राम्रो भएको छ भनेर अनुभव गर्न पाउनु पर्यो । प्रयोग सुरुवात गरौं । नेटवर्थको २ गुणा भन्दा बढी नदिने गरेका छौं । विस्तारै क्षमता बढेपछि यसको अनुमति पनि बढ्छ । अहिले पनि मार्जिन लेण्डिङ त भइरहेको थियो । बैंकबाट ल्याउने र दिने काम भइरहेको थियो । त्यसैले अब औपचारिक रुपमा सुरु गर्न खोजेको हो । कसैलाई क्षमता भयो र दियो भने क्षमता प्रदर्शन गर्न सक्छ । बजेटले पनि त्यसलाई वित्तीय सेवा प्रदायक मानेको छ । लगानीकर्तालाई वान स्टप सुविधा भयो । भरर्खरै जन्मिएको बच्चा कस्तो हुन्छ ? के थाहा ? प्रधानमन्त्री पनि हुन सक्छ वा हली पनि हुन सक्छ । प्रयोग नगरी भन्न मिल्दैन । केही वर्षअघि दैनिक २ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएको थियो । अहिले घटेर ३० देखि ३५ करोड मात्र कारोबार भएको छ । किन घट्यो ? बजारमा आवश्यकताअनुसार कारोबार हुन्छ । ठूलो काम पर्यो भने म ग्वामै लगेर बेच्छु । सानो काम परे थोरै बेच्ने हो । देशको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) बढेको छ । बैंकको निक्षेप पनि बढेको छ । कर्जा लगानी बढेको छ । बैंक तथा वित्तीय क्षेत्रको वृद्धि राम्रो छ भने सेयर बजारको घट्दो क्रममा छ । यस्तो बेलामा कारोबार कम हुनु राम्रो होइन । संस्थागत लगानीकर्ता नभएर यस्तो भएको हो । यहाँ हल्लाको भरमा कारोबार हुन्छ । यसरी बजार घट्नु नहुने थियो । एक अर्ब कारोबार सहज हुनुपर्ने थियो । ७७ जिल्लामा पुग्न सक्यौं भने दैनिक ५ अर्बको कारोबार छिट्टै हुनसक्छ ।
सेयर बजार घट्दाको परिणाम, नविल व्यालेन्स फण्डको ऋणपत्र पनि अंकित मूल्य भन्दा कम
काठमाडौं । सेयर बजार निरन्तर घटेपछि ऋणपत्र र डिवेन्चर पनि अंकित मूल्य (फेस भ्यालु) भन्दा कममा बिक्री हुन थालेको छ ।दोस्रो बजार घटेपछि यसको मनोवैज्ञानिक असर ऋणपत्रमा परेको हो । नविल ब्यालेन्स फण्ड १ स्वामित्वमा रहेको डिवेन्चर र ऋणपत्र फेसभ्यालु भन्दा कममा बिक्री गर्न लागेको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य रहेको डिवेन्चर र ऋणपत्रको मूल्य ९५० रुपैयाँ राखेको छ । बिक्री नभएपछि फेसभ्यालु भन्दा कममा ऋणपत्र बिक्री गर्न लागेको कोष प्रवद्र्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।यसअघि लिलाम गर्दा बिक्री नभएपछि मूल्य घटाएर पुनः लिलामी गर्न लागेको हो । व्यालेन्स फण्डको स्वामित्वमा रहेको ३० हजार कित्ता लिलामी गर्न लागेको हो । लक्ष्मी डिवेन्चरको १० हजार, एसबीएल ऋणपत्र १० हजार र बीओके डिबेन्चर १० हजार कित्ता स्वामित्व बिक्री गर्ने नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सेयरको न्युनतम मूल्य ९५० रुपैयाँ राखिएको छ । न्युनतम् ५ हजार कित्ता किन्न आवेदन दिनुपर्ने छ । ८ प्रतिशतको लक्ष्मी बैंक डिबेन्चर परिपक्व ०७६ माघ २१ गते, ८ प्रतिशत प्रतिफल दिने एसबीएल ऋणपत्र ०७७ जेठ ५ र ८ प्रतिशत प्रतिफल दिने बीओके डिवेन्चर ०७७ जेठ ४ गते हुने नविलले जनाएको छ । लिलामी पेश गर्ने अन्तिम दिन आज आइतबार तोकिएको छ । नविल बैंक कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को गत चैत २९ गते परिपक्व भएकाले बाँकी स्वामित्व लिलामी गर्न लागेको हो । गत वैशाखमा सार्वजनिक गरिएको अधिकाँश म्युचअल फण्डको प्रतिफल अंकित मूल्य भन्दा कम देखिएको छ । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको अधिकाँश म्युचअल फण्डको सम्पत्ति घटेको उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । म्युचअल फण्डको सम्पत्ति औसत २० प्रतिशतसम्म घटेको पाइएको छ । सेयर बजार लगातार घटेपछि यसको असर देखिएको लगानीकर्ताको भनाई छ । सेयर बजार घट्दाको असर ऋणपत्रमा परेको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । सेयर बजार घटेपछि यसको असर ऋणपत्र र म्युचअल फण्डमा पर्नु स्वभाविक भएको उनको तर्क छ । उनकाअनुसार मर्चेन्टर बैंकरले म्युचअल फण्डको रकम सेयर बजार, ऋणपत्र र डिवेन्चरमा लगानी गरिरहेका छन् ।
ग्रिन डेभलपमेन्ट बैंकको ३ लाख ३७ हजार कित्ता संस्थापक हकप्रद लिलामी हुदै, अन्तिम दिन असार १० गते
काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको ३ लाख ३७ हजार ५०० कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । सेयर खरिदका लागि शिलवन्दी बोलपत्र असार ३ देखि खुला भई असार १० गतेसम्म तोकिएको छ । चुक्तापुँजी बढाउन बैंकले गत माघ २ देखि फागुन २३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । निर्धारित समयमा आवेदन नपरेका सेयर लिलामी गर्न लागेको हो ।