महालक्ष्मी विकास बैंकद्धारा फ्रेश नेपालका विद्याथीलाई शैक्षिक सहयोग

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित उक्त विद्यार्थीहरुलाई सो सामाग्री प्रदान गरेको हो । फ्रेश नेपालका विद्यार्थीहरुलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक तथा फर्निचर सामाग्रीहरु वितरण गरेको हो । बैंकले दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित उक्त विद्यार्थीहरुलाई सो सामाग्री प्रदान गरेको हो ।

फ्रेश नेपालका विद्यार्थीहरुलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक तथा फर्निचर सामाग्रीहरु वितरण गरेको हो । बैंकले दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुको आधारभुत आवश्यकता लगायत ती बालबालिकाहरुको शिक्षा, स्वास्थ्य आदिको संर्वधनका निम्ति उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

Share News