नाफामुखी होडबाजीले लघुवित्त क्षेत्रको छवी बिग्रदै

<p>काठमाडौं । स्वावलम्बन विकास केन्द्र तथा ग्रामिण ट्रस्ट, बंगलादेशको संयुक्त आयोजनामा दुई दिने ग्रामीण वित्तीय प्रणाली कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरीबको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले स्थापित लघुवित्त क्षेत्रको आधार बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन विकास केन्द्र तथा ग्रामिण ट्रस्ट, बंगलादेशको संयुक्त आयोजनामा दुई दिने ग्रामीण वित्तीय प्रणाली कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरीबको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले स्थापित लघुवित्त क्षेत्रको आधार बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । लघुवित्त क्षेत्रको आधार बलियो बनाउन यस क्षेत्रको आधारभूत मूल्य मान्यतालाई आत्मसात गरी अगाडी बढ्नुपर्ने उनले बताए ।

ग्रामीण मोडलमा संचालित नेपालका लघुवित्त वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धि संगै यस क्षेत्रमा विभिन्न समस्याहरु देखापर्न थालेका छन् । सेवामूखि हुनुपर्नेमा अहिले देखिएको नाफामुखी होडबाजीले लघुवित्त क्षेत्रको छवी बिग्रदै गएकोे छ । बंगलादेशमा चार दशक भन्दा बढी अवधिदेखि संचालित ग्रामीण बैंक हाल पनि लघुवित्तको आधारभूत सिद्धान्त र मूल मर्मको अनुशरण गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपालका ३७ वटा लघुवित्त संस्थाका ४६ जना पदाधिकारीहरुको सहभागीता थियो । ग्रामीण बैंक र ग्रामिण ट्रस्ट बंगलादेशका वरिष्ठ विज्ञहरु रतनकुमार नाग र मिर हुसेन चौधरीले नेपालका विभिन्न लघुवित्त संस्थाहरुका प्रतिनिधिहरुलाई ग्रामीण वित्तीय प्रणाली बंगलादेशको बारेमा जानकारी गराएका छन् । कार्यक्रममा सहभागीहरुबाट लघुवित्त क्षेत्रमा देखिएका समस्याहरुलाई सुधार गरी सुढृढ लघुवित्त क्षेत्रको सम्वद्र्धनका लागि ९ बुँदे सहमती पारित गरिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लघुवित्तले गरिबी निवारण र महिला सशक्तिकरणमा पुर्याएको योगदानको सराहना गरेका छन् । साथै, उनले लघुवित्तमा देखिएका कमी कमजोरीहरुलाई सुधार गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न पे्ररित गरेका छन् ।

Share News