विकासन्युज

एनआईसी एशियाले एकैदिन खोल्यो १४ वटा शाखा, महाराजगंजमा एक्सटेन्सन काउण्टर

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत विभिन्न १४ स्थानहरुमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले एकैदिन(आज) उक्त शाखा सहित एक स्थानमा एक्सटेन्सन काउण्टरको उद्घाटन गरेको छ । बिहीबार उद्घाटित् १४ शाखाहरू र १ एक्स्चेञ्सन काउण्टर: बैंकले हाल २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दाउरामा धुवाँ उडाउदैँ फुफु गर्ने बेलामा पाइपलाइनबाट ग्याँस भनेको झन्दै मारेनन् : अाेली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सपना देख्दा आफुलाई खिल्ली उडाएको बताएका छन् । समाजमा चिसो दाउरामा धुवाँ उडाउँदै भात पकाइरहेका बेला पाइपलाइनको कुरा गर्दा आफुलाई नराम्रो सोचेको बताएका हुन् । मदन भण्डारीको ६७ औं  जन्म उत्सवमा आयोजित एक कार्यक्रममा विचार राख्दै ओलीले भने-‘धुँवा उडाउँदै भात पकाइरहेका बेला पाइलाइनबाट ग्याँस बाड्ने कुरा गर्दा झन्डै मारे ।’ उनले अब बस्ती एकिकृत गरी गरिब बस्तीलाई सुगम बनाउने बताए । मलेसियामा शहर भन्दा ८० किलोमिटर टाढा विमानस्थल बनाउँदा र टीइयुन टावर बनाउदा चर्को विरोध भए पनि अहिले त्यो विश्वमै नमुना बनेको ओलीले बताए । चीनमा एक व्यापारीले एउटा विकट गाउँमा धेरै जमिन किन्दा उनलाई पनि धेरैले नराम्रो सोचे तर अहिले त्यो स्थानमा तारे होटल सहित ठूलो पर्यटकिय क्षेत्रमा विकास हुदैँ गएको ओलीले थपे । रेल, पाइलाइबाट ग्यास सहित अन्य विकासको काम हुन्छ विकासको सपना नै नदेखी देश कसरी अघि बढ्छ ? ओलीले प्रश्न गरे । उनले भारत र चीनबाट रेल काठमाडौं ल्याएरै छाड्ने दाबी गरे । कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट कला क्षेत्रमा क्रियाशिल रहेका हरि प्रसाद शर्मालाई प्रदान गरिएको छ । १ लाख राशी रहेको पुरस्कार सो पुरस्कार मदन भण्डारी फाउन्डेसनले शर्मालाई प्रदान गरेको हो । त्यसैगरी मदन भण्डारी स्र्पोट एकेडेमीको झन्डा बोकेर सगरमाथा सफल आरोहण गरेका लाक्पा गोल्पा शेर्पालाई समेत सम्मान गरिएको छ । शेर्पाले १४ औं पटक सफल सगरमाथाको आरोहण गरिसकेका छन् । कार्यक्रममा ५७ जनाले रक्तदान गरेको स्पोर्ट एकेडेमीकी सचिव सिता लामाले जानकारी दिइन । कार्यक्रममा नेकपाका नेता नारायण काजी श्रेष्ठ, स्वास्थ्य मन्त्री उपेन्द्र यादव, नेपाली काग्रेँसकी नेतृ सुजता कोइराला लगायतको उपस्थिती रहेको थियो ।

महालक्ष्मी इन्स्योरेन्सलाई प्रक्रिया पुर्याएर लाईसेन्स दिन सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश जारी गरेको हो । कायम मुकायम प्रधानन्यायधिश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बीमा समिति विरुद्ध परेको मुद्धामा रिट जारी गरेको हो । ‘महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट दायर गरिएको मुद्धामा बीमा समिति विरुद्ध रिट जारी भएको छ, प्रक्रिया पुर्याएर आएपछि लाइसेन्स दिनु भनिएको छ’, उच्च श्रोतले भन्यो । महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले सर्वाेच्च अदालतमा २०७४ असोज महिनामा रिट दायर गरेका थिए । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा अजेयराज सुमार्गी लगायतको लगानी रहेको छ । बीमा समितिले उपलब्ध गराएको समय सिमा भित्र पूँजी पुर्याउन नसकेपछि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी प्रक्रियाबाट बाहिरिएको थियो । कम्पनीले पूँजी पुर्याउने समय ४५ दिन थपिदिन आग्रह गर्दै बीमा समितिमा निवेदन दिएको थियो तर समितिले समय थप्न अस्विकार गरिदियो । त्यसपछि कम्पनीले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो ।

जनसङ्ख्या दोब्बर हुँदा धान उत्पादन वृद्धि भने कछुवा गतिमा

काठमाडौं । असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन, भोलि असार १५ गते धान दिवस । ‘धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ । नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२/५३ लाख मेट्रिक टन रहेको छ । तर गतवर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिक टनमा मात्र खुम्चन पुग्यो । नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना दुई अर्ब रुपैयाँको चामल आयात हुन्छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शङ्कर सापकोटाले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउछन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको रहेको बताएका छन् । विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् । त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् । नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ । सन् १९६६ मा एशियाका थुप्रै देशमा भोकमरी भयो । द्वन्द्व र लडाइँका कारण सो भोकमरी भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघ (युएन) ले सन् १९६६ लाई धानबाली वर्षका रुपमा घोषण गरेको थियो । युएनले घोषण गर्नुअघि फिलिपिन्सको राजधानी मनिलामा मुख्य कार्यालय रहने गरी सन् १९६० मा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) स्थापना भइसकेको थियो । खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् । सरकारले देशलाई धानमा आत्मनिर्भर गर्न इरीसँग हालै सम्झौता पनि गरेको छ । कृषि सचिव डा युवकध्वज जिसीले नयाँ नयाँ धानको जातको पहिचान र सिफारिस, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले इरीसँग सो सम्झौता भएको जानकारी दिएका छन् । इरीले सर्वप्रथम सन् १९६६ मा पहिलोपटक आइआर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो । जुन बीउले विश्वभर नै धानको उत्पादकत्व दर वृद्धि गरेको थियो । इरीले हालसम्म आविस्कार गरेका ८२ नयाँ जातका धानको बीउमध्ये ५० थरीका बीउ नेपाललाई प्राप्त भएको छ । नेपालमा विगत दश वर्षदेखि धानको उत्पादन सन्तोषजनक देखिएको छैन । २०६४ देखि २०७४ सम्म अर्थात् १० वर्षमा धानको उत्पादन दर र जमीनको उपभोगको तथ्याङ्क हेर्दा उत्पादन दर भने कछुवाको गतिमा देखिएको छ । विसं २०६४ मा १४ लाख ३९ हजार ५२५ हेक्टर जमीनमा खेती हुँदा ३६ लाख ८० हजार ८३८ मेट्रिक टन, २०६५ मा १५ लाख ४९ हजार २६२ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार २४६ मेट्रिक टन, २०६६ सालमा १५ लाख ५५ हजार ९४० हेक्टरमा खेती हुँदा ४५ लाख २३ हजार ६९३ मेट्रिक टन, २०६७ मा १४ लाख ८१ हजार २८९ हेक्टरमा खेती गर्दा ४० लाख २३ हजार ८२३ मेट्रिक टन, २०६८ मा १४ लाख ९६ हजार ४७६ हेक्टरमा खेती गर्दा ४४ लाख ६० हजार २७८ मेट्रिक टन, २०६९ मा १५ लाख ३१ हजार ४९३ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसैगरी, २०७० मा १४ लाख २० हजार ५७० हेक्टरमा खेती गर्दा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, २०७१ मा १४ लाख ८६ हजार ९५१ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन, ०७२ मा १४ लाख २५ हजार ३४६ हेक्टरमा खेती गर्दा ४७ लाख ८८ हजार ६१२ मेट्रिक टन, २०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार ७८ मेट्रिक टन र २०७४ मा १५ लाख ५२ हजार ४९६ हेक्टर जमीनमा धानखेती गर्दा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो । रासस

सामसङ्गले ल्यायो तीन मोडलका टिभीमा आकर्षक अफर, सिमित समयको लागि मात्रै

काठमाडौं । विश्वकप २०१८ चलिरहेसँगै सामसङ्गले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु रहेकाे कम्पनीले जनाएकाे छ। फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ । यस योजनामा ग्राहकले यी ८२ इन्च प्रिमियम एमयू८००० ४के यूएचडी टिभी, ७५ इन्च एमयू ६१७२ स्मार्ट ४के यूएचडी टिभी र ६५ इन्च एमयू७००० स्मार्ट ४के यूएचडी टिभी मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन् । यो अफर नेपालभर फैलिएर रहेका सामसङ्ग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिने छ । साथै, यो अफर केही दिनका लागि मात्रै ल्याइएको कम्पनीले जनाएको छ ।

बीपी राजमार्गमा १० टन र ३५ सिटसम्मको सवारी साधन चल्न पाउने

  काठमाडौं । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठुला गाडी पनि सञ्चालन गर्नका लागि अन्तरिम आदेश दिएको छ । सर्वौच्चको आदेशसंगै बीपी राजमार्गमा १० टन क्षमताको मालवहाक ट्रक र ३५ सिटभन्दा कम क्षमताका बस सञ्चालन गर्न बाटो खुला गरेको हो । यातायात व्यवसायी कान्छामान बलले दायर गरेको रिटको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो । ढुवानी र ठूला यात्रुबाहक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै असार १२ गते कान्छामान बलले सरकार विरुद्ध रिट दायर गरेका थिए । उक्त रिटको पक्षमा कानुन व्यवसायीहरु शम्भु थापा, टीकाराम भट्टराई र टेकेन्द्र बस्नेतले बहस गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका लागि असार २६ गते दुबै पक्षलाई बोलाएको छ ।  

टाटा मोटर्स र सिप्रदी अटोपार्टसद्धारा टाटा गुरु सम्मेलन, २१ जना गुरुलाई सम्मान

काठमाडौं । टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रा. लि.ले नेपालमा पहिलो टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ । नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्फबाट जयदीप मटकर (आईबी हेड) ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताएका थिए । सम्मेलनमा मेकानिक्सहरुलाई एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षित छ भन्ने कुराहरु आफ्ना ग्राहकहरुमा पुर्याउन सफल बनाएकोले उनीहरुलाई थप केही प्राविधिक ज्ञानहरु प्रदान गरिएको छ । साथै, आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरेबापत् सम्मान तथा प्रोत्साहनको कार्यक्रमको रुपमा यस सम्मेलनलाई लिईएको थियो । प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो । जसमा पूर्व तर्फबाट एरिया वाइज हाईएस्ट प्वाईन्ट कलेक्सन गर्न सफल गुरु ईस्राफिल अन्सारीलाई विशाल पटेल एवं प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीबाट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, काठमाडौबाट धर्मा श्रेष्ठलाई बढी प्वाईन्ट कलेक्सन गरेकोमा जयदीप मटकर एवं प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको हातबाट सम्मान दिलाईएको थियो । साथै, यस कार्यक्रममा २१ जना टाटा गुरुहरुलाई सम्मान गरिएको थियो । टाटा जेनुईन पार्टस्को प्रयोगले हुने चौतर्फी फाईदाहरुलाई मध्यनजर राख्नुनै टाटा गुरुको मुख्य दायित्व हो भन्ने कुरामा जोड गरिएको थियो ।

युनियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्न पायो अनुमति, ७ करोड ५० लाखको आउने

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ।