बुटबलदेखि बर्दघाटसम्म २२० केभी प्रसारणलाइन बन्दै, विद्युत प्राधिकरणले ग्लोबल टेण्डर खुलायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुटवलदेखि बर्दघाटसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको छ । प्रसारणलाइन निर्माणका लागि ठेकेदार नियुक्तिको तयारी सुरु भएको छ । विद्युत प्राधिकरणले ठेकेदार छनौटका लागि शुक्रबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन अगष्ट १३ लाई तोकिएको छ । काम सुरु गरेको ५४० दिनमा प्रसारणलाइन सकिनु पर्ने उल्लेख गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा आयोजना निर्माण हुन लागेको हो । यो आयोजना सासेकअन्र्तगत रहेको छ ।
नेचा सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
सल्लेरी । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौ जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए । रासस
बैंक अफ काठमाण्डुको साधारणसभा असार २८ मा, १३.२५ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने
काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको २३ औं वार्षिक साधारणसभा असार २८ गते हुने भएको छ । बैंकले लगानीकर्तालाई १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै संस्थापकतर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ । चुत्तापुँजी वृद्धि भएपछि सोहीअनुसार प्रवन्धपत्र नियमावली सभाले संशोधन गर्नेछ ।
कुमारी बैंकको साढे ११ लाख कित्ता हकप्रद बिक्री भएन, लिलामी हुदै
काठमाडौं । कुमारी बैंकको हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागिएको छ । बैंकको संस्थापक र सर्वसाधारणको गरी ११ लाख ४१ हजार ३७४ कित्ता हकप्रद सेयरलाई आवेदन नपरेपछि लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ ५ लाख १ हजार ९२१ र सर्वसाधारणको ६ लाख ३९ हजार ४५२ कित्ता हकप्रद सेयर रहेको छ । हकप्रद लिलामी बिक्री खुला असार २२ देखि सुरु भई २९ गतेसम्म तोकिएको छ । संस्थापकतर्फ न्युनतम १ हजार र सर्वसाधारणतर्फ १०० कित्ता प्रस्ताव गर्नुपर्ने छ । बैंकले गत बैशाख २८ देखि जेठ ३१ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि लिलामी गर्न लागेको हो । बिक्री भएको हकप्रद सेयर बाँडफाँड भइसकेको एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
सांसद मोहन आचार्यको रसुवा कन्सट्रक्सनसहित १० ठेकेदार कालोसूचिमा पर्दै
काठमाडौं । रसुवाका सांसद मोहन आचार्यको रसुवा कन्सट्रक्सनसहित १० वटा निर्माण कम्पनी कालोसूचिमा पर्ने भएका छन् । सडक विभागले पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ठेक्का हात पारेर काम नगर्ने १० वटा कम्पनीसँगको ठेक्का रद्द गरि कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाएको हो । कालोसूचिमा पर्ने कम्पनीहरुमा रसुवाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित काँग्रेस सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन समेत रहेको छ । पर्साबाट प्रतिनिधि सभामा संघीय फोरमका तर्फबाट विजयी बनेका हरि नारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सनलई पनि कालोसूचिमा राख्ने प्रक्रिया सुरु भएको छ । त्यस्तै, काभ्रेमा काँग्रेसका तर्फबाट प्रदेश सभामा उम्मेदवार बनेका गणेश लामाको विरुवा कन्सट्रक्सन पनि रहेको छ । सडक विभागले १५ दिन भित्र ठेक्का सम्झौता अनुसार काम सुरु नहुनुको कारणसहित स्पष्टीकरण मागेको छ । सो अवधिमा चित्त बुझ्दो जवाफ नआएमा ठेक्का सम्झौता रद्द गरेर कालोसूचिमा राख्ने गरि सार्वजनिक सूचना प्रकाशित गरेको हो । यस अघि मौखिक तथा लिखित रुपमा सम्झौता अनुसार काम अघि बढाउन आग्रह गर्दा पनि आलटाल गरेपछि विभागले ठेक्का रद्द गरेर कालोसूचिमा राख्ने प्रक्रिया आरम्भ गरेको हो ।
नेशनल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर साउन १ देखि, असार २१ सम्म कायम भएकाले भर्न पाउने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन भदौ १ गते बन्द हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । असार २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल १ अर्ब ६५ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी छ । कम्पनीमा संस्थापक सेयरधनी नेपालीको ४५, विदेशी संस्थापकको १०, सर्वसाधारणको ३५ र राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत स्वामित्व रहेको कम्पनीले जनाएको छ ।
नेपाल बैंकको एफपीओ आजदेखि खुला, न्युनतम ५० कित्ता भर्नुपर्ने
काठमाडौं । नेपाल बैंकले आज शुक्रबारदेखि प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याएको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओ निष्कासन बन्द छिटोमा असार १९ गते र ढिलोमा साउन १३ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । एफपीओ खुलेको दिनदेखि संगठित संस्थाले आवेदन दिन पाउने छन् । न्युनतम ५० कित्ता र अधिकम १० ले भाग जाने गरी विद्यमान कानूनी व्यवस्थाको सीमाभित्र रहने गरी अधिकतमका लागि आवेदन दिन सकिने छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । ८ वटा मर्चेन्टले बैंकले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् । एफपीओमा १०० प्रतिशत प्रत्याभूति गर्नुपर्ने व्यवस्था छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुनेछ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।
थोरै सुत्नाले क्यान्सरदेखि आत्महत्यासम्मकाे समस्या निम्तिने
काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै सुते ज्यान लिने सम्भावना भएका रोग क्यान्सरदेखि अत्महत्यासम्मकाे समस्या निम्तिन सक्ने बीबीसीको एक रिपोर्टमा जनाइएको छ । रिपोर्ट अनुसार सन् १९४० को दशकका सर्वेक्षणहरु हेर्दा औसतमा एउटा वयस्क मान्छे ७.९ घण्टा सुत्ने गथ्र्यो । अहिले त्यो समय घटेर ६.७५ घण्टा पुगेको छ । थोरै सुते निम्तन सक्ने समस्या ज्यान लिने सम्भावना भएका रोगहरु क्यान्सरदेखि अल्जाइमर्स, हृदयघात, मधुमेह, मोटोपन, मस्तिष्काघात र आत्महत्या पनि अपर्याप्त निद्रासँग जोडिएका छन् । उक्त रिपोर्ट अनुसार छोटो निन्द्राले सबै प्रकारका मरण सँगै छिटो मरणको सङ्केत गर्दछ । हाम्रो निन्द्रा हराउनुको कारण यस्तो छ शरीरको जैविक घडीले प्रकाशको आधारमा हामी कति बेला ब्युँझने र निदाउने त्यो निर्धारण गर्छ । तर कृत्रिम प्रकाशको आगमनपछि हाम्रो जीवनशैली चौबीसै घण्टा चल्न थाल्यो । यसले हाम्रो प्राकृतिक जैविक चक्रसँग सामञ्जस्य राख्दैन र निद्रालाई बाधा पुर्याउने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक रात ८ घण्टा सुत्नुपर्छ भनेको छ । राति राम्ररी सुत्ने उपाय पहिलो, निंद्रालाई प्राथमिकतामा राख्नुहोस् । अनि तपाई अरु पाँच मुख्य कुरा निद्रा लाग्ने उपाय अपनाउन सक्नुहुनेछ । सप्ताहान्न होस् वा अरु कुनै दिन सधैं उही समयमा सुत्न जानुहोस् र उही समयमा उठ्नुहोस् । आधुनिक समाज अध्यारोबाट वञ्चित छ । त्यसैले राति बत्ती निभाउने गर्नुहोस् । आफ्नो सुत्ने कोठा शीतल राख्नुहोस । हाम्रो निद्राका लागि १८.५ डि सेन्टिग्र्र्र्रेट जति तपक्रम आवश्यक पर्छ । निदाउनका लागि शरीरको तापक्रम घट्नुपर्छ । ओछ्यानमा जागा नबस्नुहोस् । मस्तिष्कले ओछ्यानमा बस्नु भनेकै ‘जागा रहनु हो’ भन्ठानिदिन सक्छ । त्यसले पनि निद्रा भगाउछ । यदि २०–३० मिनेट ब्युँझनुभयो भने उठ्नुहोस्, अलि अँध्यारो कोठामा जानुहोस्, केही पढ्नुहोस् । अनि निद्राले छोपेजस्तो भएपछि ओछेयानमा फर्कनुहोस् । दिउँसो २ बजेपछि कफीजन्य पदार्थ बार्नुहोस् । त्यसले जागा राखिदिन्छ र निद्रामा अवरोध पारिदिन्छ । अन्त्यमा, राति मदिराले राम्रो गर्दैन । यसले उत्तेजनशीलता शमन गर्छ । अचेत मात्रै बनाइदिन्छ । निद्रालाई प्राथमिकतामा राख्दै, त्यागेर हैन यसलाई अँगालेर राम्रो निद्रा पार्ने माथिको उपाय अपनाउनुहोस् ।