
काठमाडौं । कुमारी बैंकको हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागिएको छ । बैंकको संस्थापक र सर्वसाधारणको गरी ११ लाख ४१ हजार ३७४ कित्ता हकप्रद सेयरलाई आवेदन नपरेपछि लिलामी गर्न लागेको हो ।
जसअनुसार संस्थापकतर्फ ५ लाख १ हजार ९२१ र सर्वसाधारणको ६ लाख ३९ हजार ४५२ कित्ता हकप्रद सेयर रहेको छ ।
हकप्रद लिलामी बिक्री खुला असार २२ देखि सुरु भई २९ गतेसम्म तोकिएको छ । संस्थापकतर्फ न्युनतम १ हजार र सर्वसाधारणतर्फ १०० कित्ता प्रस्ताव गर्नुपर्ने छ । बैंकले गत बैशाख २८ देखि जेठ ३१ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि लिलामी गर्न लागेको हो । बिक्री भएको हकप्रद सेयर बाँडफाँड भइसकेको एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।