विकासन्युज

माथिल्लो तामाकोसीको आईपीओ असार २४ मा, न्युनतम ३० देखि १००० कित्तासम्म भर्न पाइने

काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ । स्थानीयबासिन्दालाई असार २४ देखि साउन ९ गतेसम्म आईपीओ खुला हुने छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ ।

‘सन प्ले न्याचुरल’ सन क्रिम नेपाली बजारमा, सृष्टि श्रेष्ठ बनिन् ब्राण्डएम्बेस्डर

रोथो मेन्थोलथुम जापानी कम्पनीबाट उत्पादित सन प्ले न्याचुरल सनक्रिम नेपाली बजारमा सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी घामबाट आउने विकिरणहरुको असरलाई जोगाउने क्रिम कम्पनीले सार्वजनिक गरेको हो। पूर्व सिम नेपाल सृष्टि श्रेष्ठले उक्त क्रिम सर्वाजनिक गरेकी थिइन् । कम्पनीले उक्त क्रिमको लागि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर बनाएकाे छ । कम्पनीको अनुसार उक्त क्रिम पूर्ण हर्वलमा उपलब्ध छ । क्रिमले सूर्यबाट आउने विकिरणहरुबाट अनुहार लगायतका छालाको भागलार्इ जोगाउनुका साथै छालामा हुने रातोपनालाई समेत हटाउले कम्पनीले जानकारी गराएको छ। छालालाई गोरोपना प्रदान गर्न पनि क्रिमले सहयोग गर्ने कम्पनीको भनाइ छ । क्रिमको दैनिक प्रयोगले चाउरीपना तथा बुढ्यौलीपनालाई हटाउने दावी गरिएकाे छ । क्रिमसँगै कम्पनीले रोथोको सन प्ले जेलकाे पनि नेपाली बजारमा विक्री शुरू गरेको छ ।

एसईई नतिजा प्रकाशनमा सरकारको चरम लापरबाही, १४ हजार विद्यार्थीको रिजल्ट आएन

काठमाडौं । सोमबार एक कार्यक्रममा पूर्व शिक्षा सचिव जनार्दन नेपालले एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरि सत्य–तथ्यका अनुसन्धान गर्न सरकारसँग उनको माग छ । ‘भर्खरै मात्र प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्,’ उनले भने ‘यसका बारेमा सरकार गम्भिर बन्नुपर्छ ।’ प्राविधिक तथा अन्य जुनसुकै पक्षको गल्ति भएको पनि त्यसलाई छानविनको दायरामा ल्याउनु पर्ने उनकोे धारणा छ । त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् । उनले भने,‘प्रत्येकदिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिन फरक रिजल्ट देखिएको छ ।’ नतिजा प्रकाशनमा यतिका विघ्मान समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? सहजै अनुमान लगाउन सकिने उनले बताए । उनका अनुसार विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग र परीक्षा बोर्ड गम्भिर छैनन् । ग्रेड सिस्टमका पनि आफ्नै प्रकारका नियमहरु हुन्छन् । देशमा अंकमा तयार पारिने रिजल्टलाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टममा ल्याइएको भन्दै उनले सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । ‘कक्षा ९ र १० को परीक्षाकोबीच कुनै भिन्नता छैन । परिणाममा मात्रै फरक देखाएर हुन्छ ?’, उनको प्रश्न छ । ‘पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो क्रममा छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परिक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ,’ उनले भने ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएनका छैनन् ।’ यस सम्बन्धमा शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ । र दोषिमाथि कडा कारबाही गर्नुपर्छ ।’ कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए ।

उद्योगमन्त्री र यूएर्इको उच्च अधिकारीबीच भेट, नेपालमा लगानी गर्न तथा उत्पादन लैजान युएर्इ तयार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र यूएईका उपसचिव अब्दुल्ला अहमेद अल सालेहसँग सोमबार भेट भएकाे छ । आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले देशलाई आर्थिक सम्वृद्धितर्फत अघि बढाउन सरकार निरन्तर रुपमा लागि रहने र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लागि पर्ने जनाए । यूएईसँग नेपालको ४१ बर्ष देखिको सम्वन्ध रहेको स्मरण गर्दै साे सम्वन्ध हार्दिकतापूर्ण रहेको  उनकाे भनाइ छ। उनले विदेशिएका अदक्ष श्रम शक्तिलाई दक्ष बनाउन देशभित्र सीप विकासका अवसरहरु उपलब्ध गराउनु पर्ने खाँचो औल्याएका थिए । यसका लागि सीप विकास केन्द्रहरु स्थापनाकाे लािगि लगानी गर्न यूएई सरकारसँग उनकाे आग्रह छ । साथै नेपालको व्यापार घाटा कम गर्न निर्यात सम्भाव्य वस्तुहरुको सहज बजार पहुँचका लागि उनकाे अाग्रह छ । वैदेशिक लगानीका लागि देश भित्र उपयुक्त वातावरण निर्माण भैरहेकोले नेपालभित्र जलविद्युत, पर्यटन, उत्पादन लगाएतका क्षेत्रहरुमा लगानी गर्न समेत युएईको लगानीकर्ताहरुलाई उनले अाग्रह गरेका छन् । उक्त भेटमा उद्योग सचिब यामकुमारी खतिवडा, वाणिज्य सचिब चन्द्रकुमार घिमिरे समेतको उपस्थिति रहेको थियो । सो छलफलमा यूएईको उपसचिवले नेपाली उत्पादनलाई यूएईमा बजार प्रदान गर्ने काममा यूएई सरकारले सहयोग गर्न तयार रहेको बताए । उनकाे अनुसार यूएई सानो देश भए पनि अरवमा दोस्रो ठूलो आर्थिक शक्ति भएको देश हो ।  यूएईले बाहिरी लगानीको अबसर खोजिरहेकाे भन्दै रणनीतिक साझेदारीको रुपमा अगाडी बढ्नु पर्ने उनकाे धारणा छ । उनले यसका लागि दोहोरो कर र लगानी संरक्षण सम्झौता अगाडी बढाउन उनले सुझाए । प्रत्येकबर्ष हुने लगानी मञ्चको सम्मेलनमा अर्को बर्षको लागि निमन्त्रणा पठाउने समेत उनले जानकारी दिए । ‘हामी नेपालसँग सबैभन्दा राम्रो रणनैतिक साझेदार हुन चाहन्छौं,’ उनले भने ‘यूएर्इका लगानीकर्ताको भारतमा बलियोे उपस्थिति रहेकोले नेपालमा पनि लगानी गर्न सजिलो हुनेछ ।’

ग्यालेक्सीको नयाँ ए६ र ए६प्लस स्मार्टफोन बजारमा, मूल्य ४४ हजार रुपैयाँ

काठमाडौं । सामसङ नेपालले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरु-ग्यालेक्सी ए६ तथा ए६प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । एसिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लीक डिजाइनको साथ बजारमा ल्याइएको छ । ए६प्लसमा ६ इन्च एफएचडी प्लस एसएमोलेड डिस्प्ले रहेको छ भने ग्यालेक्सी ए६५.६ इन्च एचडी प्लस एसएमोलेड डिस्प्लेको साथ उपलब्ध रहेको छ । त्यसै गरी ए६ र ए६प्लसमा स्लीककब्र्स रहेको छ । यस मोबाइल आकर्षक स्टाइल तथा सहज रुपमा हातमा अटाउने खालको एरोनोमिक डिजाइनमा रहेको छ । ग्यालेक्सी ए६ र ए६प्लसको इन्फिनिटि डिजाइनले ठूलो डिस्प्ले एरिया प्रदान गर्दछ । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इन डिस्प्ले होम बटन हुनु यसको विशेषता रहेको छ । सहजताको लागिफिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा लगिएको छ । डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले १८.५ः९ को एसपेक्ट रेसियो प्रदान गरेको छ । यसले प्रयोगकर्ताहरुलाई विशेष दृश्यको अनुभव प्रदान गर्ने छ । आइएम विजका प्रमुख प्रणय रन्त स्थापितले भने “ग्यालेक्सी ए६ तथा ए६प्लसमा आजकायुवा पिंढीलाई विशेष ध्यानमा राखेर तयार पारिएको छ । सुपर एमोलेड इन्फिनिटी डिस्प्लेको साथ, शानदार अनुभव प्रदान गर्दछ । ए६प्लसमा डुयल रियर क्यामरा रहेको छ । जसको मद्दतले प्रयोगकर्ताले छुट्टै व्यावसायिक तस्वीर खिच्न सक्नुहुन्छ । ” ग्यालेक्सी ए६प्लसमा डुअल रियर क्यामरा रहेको छ । प्राइमरी रियर क्यामरा १६ मेगा पिक्सल तथा एफ/१.७ अपर्चरको साथ तथा रियर क्यामरा ५ मेगापिक्सल तथा एफ /१.९ को अपर्चरको साथ उपलब्ध छ । सामसङका आकर्षक फिचरहरु लाइभ फोकसको साथ व्याक ग्राउन्ड ब्लर गर्न सकिने सुविधा रहेको छ । यी दुई स्मार्ट फोनमा अक्टाकोर प्रोसेसर रहेको छ । यस फोनमा ४जिबि/६४ जिबी र्याम/रोम मा उपलब्ध रहेको छ । यसमा एडभान्स मेमोरी म्यानेन्टमेन्ट फिचर पनि रहेको छ । यसमा सामाजिक सञ्जालका विषय वस्तुहरुलाई सिधै मेमोरी कार्डमा सार्न सकिने सुविधा रहेको छ । ए६प्लसमा ३५०० एमएएच तथा ए६मा ३००० एमएएच प्याट्री रहेको छ भने सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । ग्यालेक्सी ए६ र ए६प्लसको नेपाली मूल्य क्रमशः ४४ हजार ३९० रुपैयाँ र ३९ हजार ८९० रुपैयाँ तोकिएको छ । यो फोन नेपाल अधिराज्यभरका रिटेलहरु मार्फत यही असार ६ गते देखि उपलब्ध हुने छ । ग्राहकहरुकोे लागि दुबैं स्मार्टफोनमा ६ महिनाको ब्रेकेज इन्स्युरेन्स प्रदान गरिएको छ । ए६ र ए६प्लसमा ६००० एमबिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एमबिका दरले १२ हप्तासम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सकिने छ ।  

प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको शिवम् सिमेन्टको ९ महिनाको नाफा ९३ करोड ६६ लाख

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने अनुमति पाएको शिवम् सिमेन्ट्ले ९ महिनामा ९३ करोड ६६ लाख रुपैंयाँ नाफा गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार २०७४ चैत मसान्त अवधीमा सो मात्रामा नाफा कमाउन सफल भएको हो । २०७४ असारमा शिवम्को नाफा ८१ करोड १३ लाख रुपैंयाँ रहेको थियो ।  वित्तिय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस कम्पनीले ९ महिनामा २ अर्ब ५२ करोड ४४ लाख रुपैंयाँ सञ्चालन मुनाफा आर्जन गरेको देखिन्छ । बोनस र कर अघिको नाफा भने १ अर्ब १९ करोड ८२ लाख रुपैंयाँ रहेको छ । शिवम् सिमेन्ट्स लिमिटेडको चुक्ता पूँजी भने ३ अर्ब ८७ करोड २० लाख रुपैंयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ । शिवम् सिमेन्टले प्रीमीयम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति पाईसकेको छ । नेपाल धितोपत्र बोर्डले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रति कित्ता ३ सय रुपैंयाँ र सर्वसाधारणका लागि ४ सय रुपैंयामा आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता निरज गिरीले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई एक सय रुपैंयाँ सहुलियतमा आइपीओ निष्काशन गर्ने उद्योगको प्रस्तावलाई बोर्डले स्वीकार गरेको बताए ।

सुन काण्डका ठूला अपराधीलाई समात्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन् । डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । आजको छलफलमा सांसदहरु रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिएका थिए । रासस

ह्युण्डाईको इलाइट आई२० नेपाली बजारमा, स्पोर्टस् र आस्ता भ्यारियन्टमा उपलब्ध

काठमाडौं । नेपालको लागि ह्युण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले इलाइट आई२० २०१८ फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ । ह्युण्डाईको यो फेसलिफ्ट मोडल स्पोर्टस् र आस्ता भ्यारियन्टमा उपलब्ध छ । नयाँ इलाइट आई२० २०१८ फेसलिफ्ट उही फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनका साथ आउँछ, जुन कुना तर्फ पूरै तन्कीएको हुन्छ । यसको फग् एवं हेडल्याम्पहरुका साथै डीआरएलएस पनि अपग्रेड गरिएको छ । यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सुरक्षाको मापदण्ड अनुरुपमा एबीएस र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ भने आस्तामा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इन्चमा अपग्रेट भएको छ । यसले कारप्ले, एनड्रोइड अटो र मिररलिंकको माध्यमबाट आर्कएम्ससाउण्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ । हाल लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जाल विस्तार गरिसकेको छ ।