‘सन प्ले न्याचुरल’ सन क्रिम नेपाली बजारमा, सृष्टि श्रेष्ठ बनिन् ब्राण्डएम्बेस्डर

<p>रोथो मेन्थोलथुम जापानी कम्पनीबाट उत्पादित सन प्ले न्याचुरल सनक्रिम नेपाली बजारमा सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी घामबाट आउने विकिरणहरुको असरलाई जोगाउने क्रिम कम्पनीले सार्वजनिक गरेको हो। पूर्व सिम नेपाल सृष्टि श्रेष्ठले उक्त क्रिम सर्वाजनिक गरेकी थिइन् । कम्पनीले उक्त क्रिमको लागि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर बनाएकाे छ । कम्पनीको अनुसार उक्त क्रिम [&hellip;]</p>

रोथो मेन्थोलथुम जापानी कम्पनीबाट उत्पादित सन प्ले न्याचुरल सनक्रिम नेपाली बजारमा सार्वजनिक भएको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी घामबाट आउने विकिरणहरुको असरलाई जोगाउने क्रिम कम्पनीले सार्वजनिक गरेको हो।


पूर्व सिम नेपाल सृष्टि श्रेष्ठले उक्त क्रिम सर्वाजनिक गरेकी थिइन् । कम्पनीले उक्त क्रिमको लागि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर बनाएकाे छ ।

कम्पनीको अनुसार उक्त क्रिम पूर्ण हर्वलमा उपलब्ध छ । क्रिमले सूर्यबाट आउने विकिरणहरुबाट अनुहार लगायतका छालाको भागलार्इ जोगाउनुका साथै छालामा हुने रातोपनालाई समेत हटाउले कम्पनीले जानकारी गराएको छ। छालालाई गोरोपना प्रदान गर्न पनि क्रिमले सहयोग गर्ने कम्पनीको भनाइ छ ।

क्रिमको दैनिक प्रयोगले चाउरीपना तथा बुढ्यौलीपनालाई हटाउने दावी गरिएकाे छ । क्रिमसँगै कम्पनीले रोथोको सन प्ले जेलकाे पनि नेपाली बजारमा विक्री शुरू गरेको छ ।

Share News