बीपी राजमार्गमा १० टन र ३५ सिटसम्मको सवारी साधन चल्न पाउने

<p>&nbsp; काठमाडौं । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठुला गाडी पनि सञ्चालन गर्नका लागि अन्तरिम आदेश दिएको छ । सर्वौच्चको आदेशसंगै बीपी राजमार्गमा १० टन क्षमताको मालवहाक ट्रक र ३५ सिटभन्दा कम क्षमताका बस सञ्चालन गर्न बाटो खुला गरेको हो । यातायात व्यवसायी कान्छामान बलले दायर गरेको रिटको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले १० [&hellip;]</p>

 

काठमाडौं । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठुला गाडी पनि सञ्चालन गर्नका लागि अन्तरिम आदेश दिएको छ । सर्वौच्चको आदेशसंगै बीपी राजमार्गमा १० टन क्षमताको मालवहाक ट्रक र ३५ सिटभन्दा कम क्षमताका बस सञ्चालन गर्न बाटो खुला गरेको हो ।

यातायात व्यवसायी कान्छामान बलले दायर गरेको रिटको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो ।

ढुवानी र ठूला यात्रुबाहक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै असार १२ गते कान्छामान बलले सरकार विरुद्ध रिट दायर गरेका थिए ।
उक्त रिटको पक्षमा कानुन व्यवसायीहरु शम्भु थापा, टीकाराम भट्टराई र टेकेन्द्र बस्नेतले बहस गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका लागि असार २६ गते दुबै पक्षलाई बोलाएको छ ।

 

Share News