रिलायन्सको सेयर मूल्य बढेपछि मुकेश अम्बानी एकै दिनमा बने एसियाकै सबैभन्दा धनी, सम्पत्ति ४४ अर्ब ३० करोड डलर पुग्यो
एजेन्सी । अलिबाबा ग्रुपका संस्थापक ज्याकमालाई पछि पार्दै भारतका पेट्रोकेमिकल्स र टेलिकम व्यवसायी मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् । रिलायन्स इन्डष्ट्रिज लिमिटेडको सेयर मूल्य बढेपछि उनी एसियाको धनीमा सुचिकृत भएका हुन् । शुक्रबार रिलायन्सको सेयर मूल्य १.६ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ९९ भारु पुगेको छ । साेही दिन उनकाे कुल सम्पत्ति ४४ अर्ब ३० करोड डलर पुगेको छ । ब्लुम्बर्ग बिलिनियर इन्डिेक्सका अनुसार अलिबाबाका ज्याकमाको सम्पत्ति ४४ अर्ब डलर मात्र छ । ज्याकमालाई एसियाको धनी हुन रिलायन्सको ई कमर्शले रोकेको भारतको फाइनान्सियल एक्सप्रेसले आफनो अनलाइन संस्करणमा लेखेको छ । फाइनान्सियल एक्प्रेसकाअनुसार यो वर्ष अम्बानीले ४ अर्ब डलर सम्पत्ति बढाएका छन् । ज्याकमाको यो वर्ष सम्पत्ति १ अर्ब ४० करोड डलर घटेको छ । रिलायन्सले पेट्रोकेमिकल्सलको क्षमता दोब्बर बढाएको छ । मुकेसले मोवाइल सेवा कम्पनी जिओ इन्फोकम लिमिटेड पनि सञ्चालनमा ल्याएका छन् । धनाढ्य अम्बानीले अघिल्लो महिना मोबाइल सेवाको ग्राहक बढाएर २१ करोड ५० लाख पुर्याउने योजना सर्वाजनिक गरेका थिए । धिरुभाई अम्बानीको निधनपछि मुकेश र भाइ अनिल सन् २००५ मा छुट्टिएका थिए ।
हेजिङ शुल्क नलाग्ने भएपछि बैंकलाई डलरमा भन्दा भारुमा ऋण लिन सस्तो
काठमाडौं । वाणिज्य बैंकहरुलाई अमेरिकी डलरमा भन्दा भारतीय रुपैयाँ (भारु) ऋण लिदा ५ प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ । भारुमा ऋण लिँदा बैंकलाई विनिमय दरबाट हुन सक्ने नोक्सानीको हेजिङ खर्च ५ प्रतिशत घट्ने भएपछि सस्तो पर्ने देखिएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकलाई भारुमा पनि ऋण लिन बाटो खुला गरेको छ । डलरमा ऋण लिँदा हेजिङ शुल्क ५ प्रतिशतसम्म लाग्ने अनुमान बैंकर्सले गरेका छन् । विदेशी मुद्रा विनिमय दरमा हुने जोखिम लिने संस्थाले ५ प्रतिशत हेजिङ शुल्क मागेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको, हरेक वर्ष एक डलरको मूल्य ५ रुपैयाँ बढ्दै गएकाले हेजिङ शुल्क ५ प्रतिशतसम्म मोलमोलाई भएको नेपाल बैंकर्स एसोसियसनले जनाएको छ । वैशाखयता डलर मजवुत भई ११० रुपैयाँ पुगेको छ । यसले गर्दा डलरको जोखिम अझै बढाएको बैकर्सको भनाई छ । एसोसियसनले डलरमा ऋण लिँदा ब्याज, कमिशन, सेवा शुल्क, व्यवस्थापन खर्च, हेजिङ शुल्क र करसहित लागत १७.६४ प्रतिशत पुग्ने भन्दै संघले नेपालको भन्दा महंगो कर्जा लिन नसकिने भनेपछि राष्ट्र बैंकले भारुमा पनि ऋण लिन सक्ने व्यवस्था गरेको हो । बैंकर्सको भनाईलाई आधार मान्दा भारुमा ऋण लिदा १२ प्रतिशतसम्म ऋण लिन सकिने छ । विद्यमान व्यवस्थामा विदेशी मुद्रामा ऋण ल्याउन व्यवहारिक नभएको भन्दै बैंकर्स संघले आर्थिक विधयेक (बजेट)मा आवश्यक संशोधन गर्न माग गरेको छ । बैंकर्सले माग गरेकाले भारुमा ऋण लिन खुला गरेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । नेपाली रुपैयासँग स्थीर विनिमय दर रहेकाले भारुमा ऋण लिदा विनिमय जोखिम नहुने भएकाले डलर भन्दा भारुमा सस्तो पर्ने उनको भनाई छ । “कर, सेवा शुल्क र अन्य शुल्क भारुमा पनि लाग्न सक्छ” उनले भने स्थीर विनिमय दरका कारण हेजिङ लागत भने हुँदैन । त्यसैले भारुमा सस्तो पर्ने देखिएको हो ।” बैंकर्स संघले असार १० गते अर्थमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै विदेशी मुद्रामा ऋण लिने व्यवस्थालाई प्रोत्साहित गर्न र ऋणको व्याज तथा सेवा शुल्कमा लाग्ने आयकर छुट गर्न माग गरेको छ । बजेट संघीय संसदबाट पारित भएकाले करको दरमा पुनरावलोकन हुने संभावना छैन । यता १७ प्रतिशतभन्दा बढीको लागतमा विदेशी मुद्रामा ऋण लिएर नेपाललाई फाइदा नहुने बैंकर्सहरुले बताएका छन् । ‘नेपाली भित्रको निक्षेपमा ब्याज ११ प्रतिशत पुगेपछि सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याउने भनिएको हो । तर विदेशबाट लिने यस्तो ऋणको लागि १७ प्रतिशत भएपछि कसैलाई पनि फाइदा नहुने बैंकर्सको भनाइ हो । राष्ट्र बैंकले तोकेअनुसार लेइवर दरमा ३ प्रतिशतसम्म थप गर्दा वार्षिक व्याजदर ५ प्रतिशत हुनेछ । विदेशबाट ऋण लिनको लागि विचौलियाको काम गर्ने इन्भेष्टमेन्ट बैंकर्स वा पोर्टफोलिया म्यानेजरको सहयोग अनिवार्य आवश्यक हुन्छ । उनीहरुले कुल ऋण रकमको १ देखि २ प्रतिशत सेवा शुल्क लिने बैकर्स संघको तर्क छ । विदेशी मुद्रा विनिमय दरमा हुने जोखिम लिने संस्थाले ५ प्रतिशत हेजिङ शुल्क मागेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको, औषतमा हरेक वर्ष एक डलरको मूल्य ५ रुपैयाँ बढ्दै गएको तर्कसहित हेजिङ सुविधा दिनेले ५ प्रतिशतसम्म बार्गेनिङ् गरेको संघले जनाएको छ । त्यस्तै, विदेशी मुद्रामा प्राप्त ऋणमा भुक्तानी हुने व्याज तथा व्यवस्थापन बापतको एजेन्सी कमिशन भुक्तानीमा आयकर ऐन अनुसार आयकर १५ प्रतिशत लाग्ने छ । यसरी ब्याज, ब्रोकर कमिशन, हेजिङ शुल्क, आयकर र व्यवस्थापन शुल्कसहित जोड्दा विदेशी मुद्रामा लिने ऋणको लागत १७.६४ प्रतिशत देखिने संघको हिसाव छ । लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । झण्डै आधा दर्जन बैंकले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग डलरमा ऋण लिनका लागि सम्झौता गरेका छन् । नेपाली बैंकले ७८ अर्ब रुपैयाँसम्म विदेशबाट ऋण लिन पाउने छन् । विदेशी मुद्रामा ऋण लिँदा लागत १७.६४ प्रतिशत पर्ने, बजेट संशोधन गर्न बैंकर्स संघको माग
पुटिन मेरोे ‘शत्रु’ हाेइनन् ‘प्रतिस्पर्धी’ मात्र: ट्रम्प
ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुन् ‘सत्रु’ होइन भनेका छन् । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् । कसैले उनलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने “होइन, पुटिन मेरो सत्रु होइनन् ।” भने, “होइन, मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।” “पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उनले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भने । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।” बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो । रासस/एएफपी
गार्मेन्ट क्षेत्रमा नयाँ प्रविधिको विकास भित्र्याउन गृहमन्त्री बादलको आग्रह
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उत्तर कोरीयाका राजदुत किम योङ हकलाई नेपालमा गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास भित्र्याउन आग्रह गरेका छन् । उनले शुक्रबार कोरीयाका राजदुत हकसँगको भेटमा उत्तर कोरीयाले उक्त क्षेत्रमा नयाँनयाँ प्रविधिको विकास गरीरहेकोले त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन अाफू इच्छुक रहेको बताएका हुन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरीयाले अमेरीका र दक्षिण कोरीयासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेका छन् । उनले देशभक्तिको लागि उत्तर कोरीया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरेका छन् । राजदुत हकले नेपाल र उत्तर कोरीयाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालमा रोजगारीका लागि आउने कोरीयाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटीलो हुँदा समस्या रहेको बताएका छन् । जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने बताएका छन् ।
‘एम्बाप्पे धेरै नाटक नगर, जिदानकै शैलीमा विश्वकप गुम्ला’: थोमस मेउनिर
काठमाडौं । फ्रान्सका १९ वर्षिय सुपरस्ट्रार केलियन एम्बाप्पेको खराब आचरणको आलोचना शुरु भएको छ । उरुग्वे र बेल्जियम विरुद्धको खेलमा समय सक्ने नाममा खराब बानी प्रर्दशन गरेपछि उनको आलोचना शुरु भएको हो । एम्बाप्पेका सेन्ट पेरिस जर्मनका समकक्षी थोमस मेउनिरले उनको कडा शब्दमा आलोचना गरेका छन् । इंग्लिस अनलाईन गोल डटकममा अन्तवार्ता दिदैं मेउनिरले एम्बाप्पे जस्तो सुपरस्ट्रारले चलचित्रमा जस्तो नाटक गर्न नहुने बताएका हुन् । उनले भने-‘बेल्जियम विरुद्धको खेलमा उनले किन यस्तो व्यवहार देखाए म प्रश्न गर्न चाहान्छु, साथै चेतावनी पनि जिनेदिन जिदान र रोनाल्डोले जस्तै विश्वकप गुमाउन सक्छौ । तिमी एक युवा अवश्थामा छौं, यो उमेरमा धेरै कुरा सिक्नु जरुरी छ । हुन त तिमी यो संसामा उत्कृष्ट खेल खेलिरहेका छौ । तर बेल्जियमसँगको खेलमा पटक पटक समाय बर्बाद गर्न किन लागि पर्यो । यो महान खेलाडीको आचरण होइन ।’ ‘जिदान र रानाल्डो उनीहरु महान खेलाडी हुन् । उनीहरुले चलचित्रमा जस्तो नाटक गरेका छैनन् । उनीहरुले आफ्नो इच्छा र क्षमताले फुटबल खेले । उनीहरुले विगतमा जस्ता क्रियाकलाप गरे त्यो नाटकिय थिएन, त्यसैले उनीहरुले अहिले सम्म सम्मान पाइरहेका छन् । त्यसैले तिमी महान बन्नु छ भने इटालीका खेलाडीसँग आफ्नो खराब बानीलाई सुधार गर ।’ एम्बाप्पेले बेल्जियमसँगको खेलमा फ्रि किक हान्न लागेको बल टिपेर हिडेका थिए भने उरुग्वेसँगको खेलमा आफैं लडेर नाटक गरेका थिए । उनले लगातार २ वटा पहेंलो कार्ड समेत खाइसकेका छन् । सेमिफाइनलमा फ्रान्सले सामुइल उमटीटीको हेडिङ गोलको मद्धले बेल्जियलाई हराउदै फाइनल यात्रा तय गरेको थियो । अब बेल्जियमले तेस्रो स्थानको लागि इंग्ल्यान्ड र फाइनल फ्रान्स र क्रोयोसियाबिच हुनेछ ।
विद्युतीय बैंकिङ सेवा प्रयोग गर्नेको संख्या १ करोड बढी
काठमाडौं । विद्युतीय बैंकिङ सेवाको प्रयोग गर्नेको संख्या १ करोड नाघेको छ । हालसम्म मोवाइल, इन्टरनेट, डेविट कार्ड, क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या १ करोड १ लाख १६ हजार पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार मोवाइल बैंकिङ ४० लाख, इन्टरनेट बैंकिङ ७ लाख ८४ हजार, डेविट कार्डको संख्या ५२ लाख ३५ हजार र क्रेडिट कार्ड प्रयोगकर्ता ९७ हजार रहेका छन् । पछिल्लो समयमा विद्युतीय प्रविधिको प्रयोग गर्नेको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या २ करोड २५ लाख, कर्जा खाता १२ लाख ८७ हजार पुगेको छ । यस्तै एटीएमको संख्या २ हजार ६२४ रहेको छ । ७५३ स्थानीय तहमध्ये ५५६ मा बैंकको पंहुच पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ६ हजार ४१८ पुगेको केन्द्रीय बैंकले जनाएको छ । एउटा शाखाबाट ५ हजार ८०९ जनसंख्याले वित्तीय सेवा पाइरहेका छन् ।
तीन दशकपछि जापानमा पहिलो पटक भारी वर्षा, २०४ जनाको मृत्यु
टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका छन् । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिएका छन् । विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ । त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्धारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ । प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा यसैबीच प्राप्त अर्को एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन् । प्रधानमन्त्री आबे शुक्रबार बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा पुगेका अधिकारीहरुले जनाएका छन् । उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिएका थिए । उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् । बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पुर्याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन । बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गरेका थिए । उनी गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जानुहुने पूर्व निर्धारित कार्यक्रम थियो । रासस/एएफपी
२५ लाखको लागतमा कभर्ड हल निर्माण हुँदै
पाल्पा । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ । उक्त नगरपालिकाको वडा नं ७ कठानस्थित बेलेआँपमा निर्माण गर्न लागिएको सो हलको शिलान्यास बिहिबार नगर प्रमुख रमणबहादुर थापाले शिलान्यास गरेका थिए । रासस