विकासन्युज

बीपीसीकाे नगद लाभांश आजदेखि वितरण सुरु, सेयरधनीले प्रतिकित्ता २० रुपैयाँ पाउने

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आज बिहीबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्न लागेको हो । सेयर रजिष्टार एनएमबी क्यापिटल लिमिटेडले सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिने भएको छ । डिम्याट खाता अद्यावधिक गर्न बीपीसीले लगानीकर्तालाई भनेको छ , सेयरधनीको संख्या धेरै भएकाले क्रमश बैंक खातामा लाभांश जम्मा हुने बीपीसीले जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही बैंक खाताको विवरण अद्यावधिक भएको हकमा सोही खातामा रकम जम्मा हुने भएको छ ।

कात्तिक २३ देखि अपी पावरको लक इन पिरियड सकिदै, संस्थापक सेयर किनबेच गर्न पाइने

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको संस्थापक सेयर आउदो कात्तिक २३ गतेदेखि बिक्री गर्न पाइने भएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको ३ वर्ष पुरा भएकाले संस्थापकले आफनो सेयर बिक्री गर्न पाउने भएका हुन् । त्यसपछि संस्थापक र साधारण सेयरको प्रकृति एउटै हुनेछ । नेप्सेमा सुचिकृत भएको ३ वर्षसम्म संस्थापक सेयरमा लक इन पिरियड रहने गरेको छ । कम्पनीको १ करोड ४० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत छ । अपीको सेयर मूल्य प्रतिकित्ता २९१ रुपैयाँ छ । बजार पुँजीकरण ३ अर्ब २९ करोड ९९ लाख रुपैयाँ छ । अपीले ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहेको छ ।

एनएमबी बैंकको एफपीओ निष्कासन आजसम्म मात्र, शुक्रबारदेखि संस्थापक लगानीकर्तालाई खुला

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) सर्वसाधारणलाई आज बिहीबारसम्म मात्र खुला हुने भएको छ । गत जेठ ३० गतेदेखि निष्कासन भएको एफपीओको आज अन्तिम दिन भएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । निर्धारित समयमा पनि बिक्री नभएको एफपीओ भोली शुक्रबारदेखि सोमबारसम्मका लागि संस्थापक सञ्चालक तथा तिनका परिवारका लागि खुला गरिने कोषले जानकारी दिएको छ । संस्थापकले पनि खरिद नगरेको एफपीओ आधादर्जन प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सकार्ने छन् । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको कोषले जानकारी दिएको छ । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।एफपीओ खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्टपारेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब १४ करोड ४ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।

एनआईसी एशिया बैंक कञ्चनपुरको पुनर्वासमा

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ । पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले शाखाको उद्घाटन गरे । बैंकको २२६ शाखाकार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हो । बैंकको वासलातको आकार १ खर्ब ७८अर्ब भन्दा पुगेको छ । बैंकको निक्षेप बढेर १ खर्ब ५१ अर्ब पुगेको छ । यस्तै कर्जा लगानी १ खर्ब २० अर्ब रुपैयाँ पुगको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार छ ।

कर्जाको औसत ब्याजदर १२.४२ प्रतिशत पुग्यो, साउनदेखि घट्ला त ?

काठमाडौं । चालु आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याइएको मौद्रिक नीतिले अपेक्षितरुपमा सफलता हासिल गरेको छ । मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा र आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रस्तुत गरेको नीतिमा चालु आवका मौद्रिक नीतिमा सफलता प्राप्त भएको देखाएको हो । गभर्नर डा नेपालका अनुसार विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने प्रक्षेपण रहेकोमा जेठ मसान्तमा वार्षिक विन्दुगत वृद्धिदर १७.७ प्रतिशत छ । मौद्रिक क्षेत्रबाट प्रवाह हुने कुल आन्तरिक कर्जा २७.८ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा यस आवको जेठ मसान्तमा यस्तो कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २८.३ प्रतिशत छ । निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको प्रक्षेपित वार्षिक वृद्धिदर २० प्रतिशत रहेकामा जेठसम्म उक्त कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २१ प्रतिशत छ भने यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७.६ प्रतिशतले वृद्धि भएको छ । परिमार्जित ब्याजदर करिडोर लागू गरेपछिको अवधिमा अल्पकालीन ब्याजदर नीतिगत दरको रुपमा रहेको ५ प्रतिशत रिपोरेट वरिपरि अंकुशित हुँदै आएको गभर्नर डा नेपालले जानकारी दिए। यस आवको जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.३८ प्रतिशत र वाणिज्य बैंकबीचको भारित औसत अन्तर–बैंकदर ४.१८ प्रतिशत रहेका छन् । दीर्घकालीन प्रकृतिका ब्याजदरको हकमा वाणिज्य बैंकहरुको भारित औसत निक्षेप दर २०७५ जेठमा ६.६१ प्रतिशत छ । यसैगरी, उक्त अवधिमा कर्जाको भारित औसत ब्याजदर १२.४२ प्रतिशत पुगेका कारण कर्जा र निक्षेपको ब्याजदर अन्तर ५.८१ प्रतिशत कायम भएको छ । यस बैंकले परिमार्जित ब्याजदर करिडोर लागू गरेपछि सोअन्तर्गत असार २६ गतेसम्म पटक–पटक गरी ५ प्रतिशत रिपो दरमा ६९ अर्ब ७२ करोड तरलता प्रवाह गरेको छ भने ३ प्रतिशत निक्षेप संकलन दरमा ३८ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । ब्याजदर करिडोरका अतिरिक्त राष्ट्रबैंकले सोभैm खरिद तथा बिक्री बोलकबोल र रिपो तथा रिभर्स रिपो बोलकबोल जस्ता खुला बजार उपकरणमार्पmत तरलता व्यवस्थापन गर्दै आएको छ । खुला बजार कारोबारअन्तर्गत यस बैंकले ३७ अर्ब ६२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ भने १ खर्ब ३५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थालाई ३८ अर्ब ३३ करोड रुपैयाँको स्थायी तरलता सुविधा उपलब्ध गराएको छ । यस आवको असार २६ गतेसम्म वाणिज्य बैंकबाट अमेरिकी डलर ४ अर्ब एक करोड खुद खरिद गरी ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ । सोही अवधिमा परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ४ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ बराबरको भारु खरिद भएको छ । यस आवको असार २५ गतेसम्ममा वाणिज्य बैंकले ११ खर्ब ५० अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले ४८ अर्ब ६२ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । रासस

सिटी एक्सप्रेस फाइनान्स र नयाँ नेपाल लघुवित्तले पाए हकप्रद निष्कासनको अनुमति

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स लिमिटेड र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डले सिटी र नयाँ नेपाललाई चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । सिटीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता र नयाँ नेपालले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका हुन् ।

आँखुखोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । यसमध्ये १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आयोजना प्रभावित स्थानीयबासिन्दा आईपीओ निष्कासन हुने छ । यस्तै १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । आवेदन दिएको लामो समयपछि आँखुले आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले ९ मेगावाटका आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।

बैंकर र व्यवसायी भन्छन : मौद्रिक नीति विस्तारित तथा सन्तुलित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज अपराह्न यहाँ सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय क्षेत्रका अधिकारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यका साथै आर्थिक वर्ष २०७५÷७६ को बजेटको प्राथमिकता र नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीति ल्याएको हो । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विस्तारकारी मौद्रिक नीति भएकाले सकारात्मक भएको बताए । उनले सकारात्मक लगानी योग्य रकमको अभावलाई सम्बोधन गरेको र ब्याजदरलाई स्थायित्व दिने गरी आएकाले मौद्रिक नीतिलाई सकारात्मकरुपमा लिइएको स्पष्ट पारे । स्प्रेड दर घटाएकाले कर्जाको ब्याजदर कम हुने र लगानी बढाउन सजिलो हुने अध्यक्ष ढुङ्गानको भनाइ छ । मौद्रिक नीतिमा तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध होस् भन्ने उद्देश्यले व्यवस्था गरिएको पुनरकर्जा कोषको सीमा ३५ अर्ब रुपैयाँ पु¥याइएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कुल कर्जा लगानीको क्रमशः ५ प्रतिशत, ४।५ प्रतिशत र ४ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी तीनै वर्गका संस्थाका लागि यस्तो कर्जा लगानीको न्यूनतम सीमा ५ प्रतिशत तोकिएको छ । अध्यक्ष ढुङ्गाना भन्छन, “आर्थिक वृद्धिदर र मुद्रास्फीति फरक विषय हो, लक्षित आर्थिक वृद्धिदरका कारण मुद्रास्फीतिमा केही चाप पर्छ । विकासोन्मुख देशका लागि ६.५ प्रतिशतको मूल्यवृद्धि सामान्य मान्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीति सुनेपछि अर्थतन्त्र राम्रो धरातलमा भएकाले आउने दिनमा अझ सकारात्मक हुने प्रतिक्रिया दिए । उनले सोधनान्तर घाटा र लक्षित ६.५ प्रतिशतको मूल्यवृद्धि भने चुनौतिपूर्ण रहेको बताए। नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मौद्रिक नीति विस्तारित तथा सन्तुलित भएको प्रतिक्रिया दिनुभयो । उनले सकारात्मक र नकारात्मक दुवै पक्ष रहेकाले यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी समग्रमा मौद्रिक नीति सकारात्मक रहेको बताए । संस्थागत निक्षेप दुरुपयोग हुननदिनेतर्फ सम्बद्ध पक्ष सधैंँ सचेत रहनुपर्नेमा उनको जोड छ । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बजेटलाई सम्बोधन गर्नेगरी मिश्रित मौद्रिक नीति आएको बताए । उनले ग्रामीण क्षेत्रका बैंक शाखामा वैधानिक तरलता अनुपात (एसएलआर) र नगद मौज्दात अनुपात (सिआरआर) नलाग्ने मैद्रिक नीतिमा उल्लेख हुनु सकारात्मक भएको विचार व्यक्त गरे । वित्तिय क्षेत्र विकास रणनीतिमा भएको व्यवस्थालाई ध्यानमा राखी वाणिज्य बैंकहरूले २०७६ असारसम्म निक्षेप तथा कर्जाको ब्याजदरको अन्तर ४.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरिनेछ । व्याजदर अन्तर क्रमशः घटाउँदै लगिनेछ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै यसले विद्यमान वित्तीय समस्यालाई सम्बोधन गरेको बताए । बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बजारमा तरलता अभाव अन्त्य गर्ने लक्ष्यका साथ प्रस्तुत मौद्रिक नीतिले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे। यस्तै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि मौद्रिक नीतिले ब्याजदर घटाउन विभिन्न औजार प्रयोग गरेको बताए । उनले लगानीयोग्य पुँजीको व्यवस्थापन र उद्योगलाई ससस्तो ब्याजमा कर्जाको व्यवस्था नयाँ नीतिमा गरिएको उल्लेख गरे । रासस