
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आज बिहीबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्न लागेको हो ।
सेयर रजिष्टार एनएमबी क्यापिटल लिमिटेडले सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिने भएको छ । डिम्याट खाता अद्यावधिक गर्न बीपीसीले लगानीकर्तालाई भनेको छ ,
सेयरधनीको संख्या धेरै भएकाले क्रमश बैंक खातामा लाभांश जम्मा हुने बीपीसीले जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही बैंक खाताको विवरण अद्यावधिक भएको हकमा सोही खातामा रकम जम्मा हुने भएको छ ।