
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको संस्थापक सेयर आउदो कात्तिक २३ गतेदेखि बिक्री गर्न पाइने भएको छ ।
कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको ३ वर्ष पुरा भएकाले संस्थापकले आफनो सेयर बिक्री गर्न पाउने भएका हुन् ।
त्यसपछि संस्थापक र साधारण सेयरको प्रकृति एउटै हुनेछ । नेप्सेमा सुचिकृत भएको ३ वर्षसम्म संस्थापक सेयरमा लक इन पिरियड रहने गरेको छ ।
कम्पनीको १ करोड ४० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत छ । अपीको सेयर मूल्य प्रतिकित्ता २९१ रुपैयाँ छ । बजार पुँजीकरण ३ अर्ब २९ करोड ९९ लाख रुपैयाँ छ ।
अपीले ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहेको छ ।