विकासन्युज

ब्याजदर करिडोरको परिधी साँघुरो बनाइयो

काठमाडौं । अल्पकालिन ब्याजदरलाई नियन्त्रण गर्न ब्याजदर करिडोरको परिधीलाई साँघुरो बनाइएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा ७ प्रतिशतबाट घटाएर ६.५ र तल्लो सीमाको रुपमा दुई हप्ताको निक्षेप संकलन दरलाई ३ बाट साढे ३ प्रतिशत पुर्याइएको छ । ५ प्रतिशत रिपोदरलाई भने यथावत राखिएको छ । यसले अन्तर बैंक ब्याजदरलाई स्थायित्व कायम गराउने अपेक्षा केन्द्रीय बैंकको छ ।

राष्ट्र बैंकले घरजग्गा कारोबारको सुचाङक तयार गर्ने

काठमाडौं । सरकारले घर जग्गा कारोबारमा हुने उतारचढावलाई प्रष्ट पार्न राष्ट्र बैंकले सूचाङक तयार पारेको छ । बैंकले घरजग्गा कारोबारमा भैरहने गतिविधीको अध्ययन गरी सूचाङक तयार गर्ने भएको हाे । बुधबार २०७५ ०७६ को मौद्रिक निति सार्वजनिक गर्दै बैंकले सरकारको एकिकृत बस्ती विकासमा टेवा पुर्याउने गरी खेतीयोग्य जमिन बचाउन सुचाङक तयार गर्न लागेको छ ।।

वाणिज्य बैंकले पनि ब्राेकर लाइसेन्स पाउने

काठमाडौं । वाणिज्य बैंकले पनि धितोपत्र कारोबार (ब्रोकर लाइसेन्स ) कारोबार गर्न पाउने भएका छन् । बैंकले सहायक कम्पनी स्थापना गरेर बोक्रर कारोबार गर्न पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकले आवश्यकता ठानेमा स्वीकृति पाउने भएका छन् । बैंकलाई पनि ब्रोकर कारोबारको लाइसेन्स दिनुपर्ने माग आएपछि खुला गरेको राष्ट्र बैंकले जनाएको छ ।

पुनर्निमाण प्राधिकरणका इन्जिनियर लोकबहादुर थापा अख्तियार फन्दामा

काठमााडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका इन्जिनियर लोकबहादुर थापा पक्राउ परेका छन् । शिक्षा कार्यालय, नुवाकोटका सव-ईन्जिनियर थापाले विद्यालय भवन निर्माण कार्य सम्पन्न भए पश्चात रनिङ विल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि थापा पक्राउ परेका हुन् । थापालाई काठमार्डौ महानगर ३ सामाखुसीस्थित रातो भाले फाष्टफुड रेष्टुरेन्टवाट पक्राउ गएिको हो । उनीबाट ५ लाख रुपैंया नगद बरामद गरिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । थापामाथी थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

मिर्मिरे माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद आजदेखि खुला, कँहाबाट भर्ने ?

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि १०० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आज(बुधबार)देखि १ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी साउन २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । गत जेठ १७ गतेसम्म यस कम्पनीको सेयर कारोबार गरेका सेयरधनीहरुले सो मात्राको हकप्रदको लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

जलविद्युत र पर्यटन कर्जा सीमा बढेर १५ प्रतिशत पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले जलविद्युत र पर्यटन क्षेत्रमा जाने कर्जा सीमा बढाएर १५ प्रतिशत पुर्याएको छ । जलविद्युत कर्जा सीमा ५ प्रतिशत मात्र रहेकोमा यसलाई पर्यटनसंग जोडेर १५ प्रतिशत पुर्याएको हो ।   यस्तै कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने अविवार्य व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिदै जलस्रोत क्षेत्रको कर्जा बढाएको हो । यस्तै विकास बैंकले न्युनतम १५ र वित्त कम्पनीले १० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको हो ।यस्तै विपन्न क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा सीमा ५ प्रतिशत तोकिएको छ । हाल वाणिज्य बैंकले ५, विकास बैंकले ४.५ र वित्त कम्पनीले ४ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।

सीआरआर सीमा घटेपछि बैंकिङ प्रणालीमा ४८ अर्ब तरलता थपिने, एसएलआर पनि घट्यो

काठमाडौं । आगामी आर्थिक वर्ष बैंकिङ प्रणालीमा थप ४८ अर्ब रुपैयाँ थप तरलता प्रवाह हुने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात (सीआरआर) कटौती गर्ने भएपछि यो रकम बराबर थप तरलता बढने देखिएको हो । केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा अनिवार्य नगद अनुपात वाणिज्य बैंकले ६, विकास बैंकले ५ र वित्त कम्पनीले ४ प्रतिशत राख्नुपर्ने विद्यमान व्यवस्थालाई खुकुलो बनाई सबैले ४ प्रतिशत राखे पुग्ने व्यवस्था गरेकाले तरलता बढने भएको हो । यस्तै वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ बाट १०, विकास बैंकलाई ९ बाट ८ र वित्त कम्पनीलाई ८ बाट ७ प्रतिशत कायम गरे पुग्ने भएको छ ।

२० प्रतिशत घटेपछि मात्रै मार्जिन कल, प्राथमिक पुँजीको २५ प्रतिशत कर्जा सेयर बजारमा

काठमाडौं । सेयर बजार २० प्रतिशत भन्दा बढी घटेमा बैंकले लगानीकर्तालाई ऋण तिर्न (मार्जिन कल) गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा २० प्रतिशतसम्म सेयर बजार घट्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्न नपाउने र सो भन्दा बढी भएमा मात्र पाउने व्यवस्था गरेको हो । यसले लगानीकर्तालाई केही राहत मिलेको छ । यस्तै वाणिज्य बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत सेयर कर्जा दिन पाउने सीमालाई घटाएर २५ प्रतिशतमा झारेको छ । यसले लगानीकर्तालाई भने निरास बनाएको छ । सेयर धितो कर्जा सीमा ५० प्रतिशत कायम राखिएको छ ।