विकासन्युज

२५ वाणिज्य बैंकको चुक्ता पुँजी पुग्यो, १ को नपुग्ने

काठमाडौं । २८ मध्ये २५ वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् । यी मध्ये २ वटा बैंकले पुर्याउँदै छन् भने १ बैंकले नपुर्याउने देखाएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले २८ वाणिज्य बैंकको कुल चुक्ता पुँजी २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको जानकारी दिए । १६२ बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्ति प्रक्रियामा सहभागी भई ४१ कायम भएका छन् ।

चम्पक गुरुङको शब्द, स्वरुपराज आचार्य र जुनु रिजालको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । चम्पक गुरुङको शब्द ,स्वरुपराज आचार्य र जुनु रिजालको स्वरमा नयाँ गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो रामेछापका प्रतिनिधीसभा सदस्य श्यामकुमार श्रेष्ठले सार्वजनिक गरेका छन् । गीतमा रामेछापलाई जन्म भुमीको रुपमा चिनाइएको छ । गीतमा नेपालको भौगोलिक अवस्थासगै रामेछापका विभिन्न पर्यटकीय स्थललाई समेटिएको छ । मेरो प्यारो रामेछाप ’ टाइटलको यो गीतमा नेपाललाई सुन्दरताको देशको रुपमा चिनाइएको छ । नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्नका हंङकङ, सिंगापुर लगायतका विदेशमा जाने गरेको भन्दै नेपालमै टूर गर्न सुझाव दिइएको छ । मध्य पहाडी लोकमार्गको परिकल्पना, जलविद्युत निर्माण, आन्तरिक पर्यटन प्रबद्धृन, युवालाई स्वदेशमै रोजगारी दिएर नेपाललाई समृद्ध बनाउनु पर्ने सुझाव गीतबाट दिइएको छ ।

धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु, रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्य

म्याग्दी । धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारी दिए । लुलाङमा आलु र मराङमा अलैँची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरिएको राईले बताएका छन् । मराङको हाङबाङमा गठन भएको मालीका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैँचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो । यसैगरी एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह (रस्टिक स्टोर) निर्माण भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको दुई लाख ७० हजार रूपैयाँ अनुदानमा बनाइएको भवनमा यसपाली फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ । रासस

एकसिंगे गैंडाको एक जोडी बिहीबार चीन जाँदै

काठमाडौं । नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौं ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौं भित्र्याइएको जानकारी दिए । काठमाडौं ल्याइएको गैँडा चीन पठाउने तयारी भइरहेको छ । अहिले उक्त गैंँडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ । विसं २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंँडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि बिहीबार एकजोडी गैँंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ । सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ । “सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैँंडालाई एक दिन अगावै काठमाडौँ ल्याइएको हो,” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने। उनीपनि गैँंडासँगै काठमाडौं आएका छन् । “बाटोमा कुनै समस्या भएन, सहज रुपमा गैँंडा काठमाडौं ल्याइयो,” उनले भने, “भोलि चीन पठाइने तयारीमा जुटेका छौँ ।” बाटोमा घाँस, केरा, बन्दागोभी, स्याउ र पानी खुवाउँदै गैँंडा ल्याइएको हो । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह-सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंँडालाई स्कटिङ गरेको थियो । काठको खोरभित्र राखिएको भद्रलाई ना५ख ७९९६ नं र रुपसीलाई ना७ख १२७० नं को ट्रकमा हालेर ल्याइएको हो । गैंँडा ल्याउन चितवन निकुञ्जका प्रमुख ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख अर्यालको नेतृत्वमा भेटेरीनरी प्राविधिज्ञ, वन्यजन्तु प्राविधिज्ञ, मिस्त्री, संरक्षणकर्मी, तथा नेपाली सेना गरी ३५ जनाको टोली सहभागी थियो । पशु चिकित्सकसहित तीन जना चिनियाँ प्रतिनिधि पनि टोलीमा थिए । “गैँडालाई चाहिने खानेकुरा र आवश्यक जनशक्तिसहित हामी गैँंडा लिएर आएका छौंँ, बीचमा समस्या परे तत्कालै समाधान गर्ने टिम सँगै छ,” कोषका चितवन प्रमुख अर्यालले भने । घाँस काट्ने मान्छे, खोर बनाउने मिस्त्री, उपचारका लागि औषधिसहितका चिकित्सकसँगै ल्याएको अर्यालले बताए । बाटोमा ठाउँठाउँमा गाडी रोकेर गैंँडालाई दाना पानी खुवाइएको थियो । बेलाबेलामा गर्मीबाट जोगाउन नुहाइदिँदै गैंँडालाई काठमाडौं ल्याइएको हो । रुपसी र भद्रलाई चीनको चिमोलङ सफारीपार्कमा राखिने छ । बाँकी एक जोडी गैँंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्रांगणमा बनाइएको पिट बोमा(सानो खोर)मा राखिएको छ । सरकारी निर्णय अनुसार उक्त जोडी गैंँडालाई आगामी आर्थिक वर्षमा पठाइने छ । काठमाडौँबाट गैंँडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ । केही समय गैंँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैँंडासँगै चीन जाँदै छन् । चीनमा गैंँडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताए । गएको वैशाख १५ गते अन्दाजी दुई वर्षको भद्रलाई निकुञ्जको पश्चिम क्षेत्र खोरीया मुहान र वैशाख १७ गते रुपसीलाई सुकिभार क्षेत्रबाट समातेर ल्याइएको थियो । नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर २६ गैंँडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा रहेको छ । चितवनमा मात्रै ६०५ गैंँडा रहेको तथ्यांक छ । रासस

गृहमन्त्री रामबहादुर थापाको यातायातमन्त्री रघुवीर महासेठलाई चुनाैति- चलखेल नगर्नुस् सिण्डिकेट अब फर्किदैन

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सिण्डिकेट फर्काउने तयारी गरेका बेला गृहमन्त्री रामबहादुर थापाले उनलाई काउन्टर दिदै नफर्किने दावी गरेका छन् । युनाइटे ट्रान्सपोर्ट भलाइ एन्ड इन्भेष्टमेन्टले बुधबार राजधानीमा आयोजना गरेको यातायात क्षेत्रको विद्यमान अन्यौल र चुनौति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब सिण्डिकेट कहिले नफर्किने बताएका हुन् । उनले नेपालको हवाइ, रेल र सडकमा ठुलो लगानी भित्रिने अवस्थामा पुगेका बेला षडयन्त्र हुन थालेको दावी गर्दै गृहमन्त्री थापाले यसलाई कुनै पनि हालतमा सक्रिय हुन नदिने स्पष्टपारेका छन् । भौतिक पुर्वाधारमन्त्री महासेठले ३ वटा यातायात व्यवसायीको रोक्का भएको खाता खोल्नका लागि बैंकलाई पत्राचार गरेको भोलिपल्ट गृहमन्त्री थापाले उनलाई चुनौति दिदै सिण्डिकेट कुनै पनि हालतमा लागु हुन नदिने दावी गरे । मन्त्री महासेठप्रति लक्षित गर्दै गृहमन्त्री थापाले जतिसुकै दवाव र षडयन्त्र भएपनि सिण्डिकेट कार्यन्वयनमा आउन नसक्ने जिकिर गरे । उनले पुरानो व्यवस्थाबाट यातायात क्षेत्र चल्न नसक्ने पनि स्पष्टपारे ।

एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने, एफपीओ किन्ने लगानीकर्ताले पनि पाउने

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्टपारेको छ ।  बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब १४ करोड ४ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको छ । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ । बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लोको तुलनामा ३९ करोड ६३ लाखले बढेको छ ।

मुक्तिनाथ विकास बैंकको ७९ औं शाखा काठमाडौंको कोटेश्वरमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले राजधानीको कोटेश्वरमा ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको वरिष्ठ इतिहासविद् सत्यमोहन जोशीले उद्घाटन गरेका थिए । उनले बचत खाता खोली औपचारीक रुपमा बैंकिङ कारोबार सुरु गरेको बैंकले जनाएको छ । मुक्तिनाथले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने योजना रहेको सुनाए । बैंकको हालसम्म उपत्यकाभित्र कोटेश्वर, महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहिल, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा आई सकेका छन् । यस्तै जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको बैंकले जनाएको छ ।

सिल्क रोडबारे बिशेष सम्बोधन गर्न माधव नेपाल चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणमा निस्किएका छन् । चीनको महत्वकांक्षी परियोजना सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका हुन। पुर्व प्रधानमन्त्री नेपालले सम्मेलनमा सिल्क रोड र नेपालको सहभागीताबारे बिशेष सम्बोधन गर्नेछन् । उनले सिल्क रोडबाट नेपालले गरेको अपेक्षा र लाभका बिषयमा पनि आफ्ना धारणा राख्नेछन् ।नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनीहरु यही जुलाई १५ मा फर्कनेछन् ।