गृहमन्त्री रामबहादुर थापाको यातायातमन्त्री रघुवीर महासेठलाई चुनाैति- चलखेल नगर्नुस् सिण्डिकेट अब फर्किदैन

<p>काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सिण्डिकेट फर्काउने तयारी गरेका बेला गृहमन्त्री रामबहादुर थापाले उनलाई काउन्टर दिदै नफर्किने दावी गरेका छन् । युनाइटे ट्रान्सपोर्ट भलाइ एन्ड इन्भेष्टमेन्टले बुधबार राजधानीमा आयोजना गरेको यातायात क्षेत्रको विद्यमान अन्यौल र चुनौति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब सिण्डिकेट कहिले नफर्किने बताएका हुन् । उनले [&hellip;]</p>

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सिण्डिकेट फर्काउने तयारी गरेका बेला गृहमन्त्री रामबहादुर थापाले उनलाई काउन्टर दिदै नफर्किने दावी गरेका छन् ।

युनाइटे ट्रान्सपोर्ट भलाइ एन्ड इन्भेष्टमेन्टले बुधबार राजधानीमा आयोजना गरेको यातायात क्षेत्रको विद्यमान अन्यौल र चुनौति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब सिण्डिकेट कहिले नफर्किने बताएका हुन् । उनले नेपालको हवाइ, रेल र सडकमा ठुलो लगानी भित्रिने अवस्थामा पुगेका बेला षडयन्त्र हुन थालेको दावी गर्दै गृहमन्त्री थापाले यसलाई कुनै पनि हालतमा सक्रिय हुन नदिने स्पष्टपारेका छन् ।

भौतिक पुर्वाधारमन्त्री महासेठले ३ वटा यातायात व्यवसायीको रोक्का भएको खाता खोल्नका लागि बैंकलाई पत्राचार गरेको भोलिपल्ट गृहमन्त्री थापाले उनलाई चुनौति दिदै सिण्डिकेट कुनै पनि हालतमा लागु हुन नदिने दावी गरे । मन्त्री महासेठप्रति लक्षित गर्दै गृहमन्त्री थापाले जतिसुकै दवाव र षडयन्त्र भएपनि सिण्डिकेट कार्यन्वयनमा आउन नसक्ने जिकिर गरे । उनले पुरानो व्यवस्थाबाट यातायात क्षेत्र चल्न नसक्ने पनि स्पष्टपारे ।

Share News