काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणमा निस्किएका छन् ।
चीनको महत्वकांक्षी परियोजना सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका हुन।

पुर्व प्रधानमन्त्री नेपालले सम्मेलनमा सिल्क रोड र नेपालको सहभागीताबारे बिशेष सम्बोधन गर्नेछन् । उनले सिल्क रोडबाट नेपालले गरेको अपेक्षा र लाभका बिषयमा पनि आफ्ना धारणा राख्नेछन् ।नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनीहरु यही जुलाई १५ मा फर्कनेछन् ।