ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुन् ‘सत्रु’ होइन भनेका छन् ।
एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् ।
कसैले उनलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने “होइन, पुटिन मेरो सत्रु होइनन् ।” भने, “होइन, मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”
“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उनले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भने । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”
बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो । रासस/एएफपी