विकासन्युज

नेपाल-भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित

नवलपरासी । पश्चिम नवलपरासीको नेपाल-भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सिमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक स्थापना हुन सकेको छैन । उनीहरु बैंकिङ कारोवारका लागि सदरमुकाम परासी तथा राजमार्ग आसपासका क्षेत्रमा आउने गरेका छन् । “सिमावर्ती क्षेत्रमा बैंकिङ नहुँदा व्यापार व्यवसाय गर्न कठिन भएको छ,”उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य वैजनाथ जयसवालले भने । सुरक्षाको कारण देखाएर सरकारी तथा निजी क्षेत्रका बैंकले आफ्नो शाखा ग्रामीण तथा दुर्गम भेगमा स्थापना गरेका छैनन् । द्वन्द्वकालीन समयमा शान्ति सुरक्षाका कारण विस्थापित भएका बैंक अझै पुनःस्थापना हुन सकेका छैनन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले विस्थापित बैंकका शाखा तत्काल पुनःस्थापना गर्न तथा थप नयाँ बैंकका शाखा विस्तार गर्न आवश्यक रहेको बताए । “सुरक्षाको कुनै समस्या छैन,” उनले भने, “बैंकलाई कस्तो सुरक्षा आवश्यक पर्छ, हामी उपलब्ध गराउँछौँ ।” सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा हालसम्म पाल्हिन्दन गाउँपालिकामा ‘घ’ वर्गको लघुवित्त संस्थाबाहेक कुनै पनि बैंक स्थापना हुन सकेको छैन । सीमा क्षेत्रमा बैंक तथा वित्तीय संस्था स्थापनाका लागि निजी क्षेत्रबाट पहल भइरहेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए । महेशपुरमा द्वन्द्वकालमा विस्थापित नेपाल बैंक लिमिटेडको शाखा अझै स्थापना हुन सकेको छैन । बेलाटारीमा शाखा स्थापनाको तयारी भइरहेको शाखा प्रबन्धक भोजराज काफ्लेले बताए । जिल्लाको ग्रामीण भेगमा बैंकका शाखा स्थापना गर्न पहल गरिने प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताए । पश्चिम नवलपरासीको पाल्हिनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा बैकका शाखा स्थापना हुन सकेको छैन । रासस

एनआईसी एशिया बैंकको तनहूँमा दुई शाखा रहित बैंकिङ्ग सेवा, एकैसाथ सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्लामा दुई शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले एकैसाथ तनहूँको साँखे बजारमा र कलेस्तीमा उक्त सेवा सञ्चालनमा ल्याएको छ । यी दुई बैंकको चौधौँ र पन्ध्रौँ शाखारहित बैंकिङ्ग सेवा हो । बैंकले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । बैंकले साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोही नगरपालिकाका अध्यक्ष रामचन्द्र भण्डारी र वडा अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । यसैगरि, बैंकले कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोहि नगरपालिकाका वडा अध्यक्ष सतिश चन्द्र न्यौपानेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङ्गलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले २२६ शाखा कार्यालयहरु, २ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकिङ प्रणालीमा तरलता बढेर ६८ अर्ब पुग्यो, राष्ट्र बैंकले १० अर्ब उठाउदै

काठमाडौं । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेर ६८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको अन्त्यतिर चालु र विकास खर्च अधिक भएपछि बैंकिङ प्रणालीमा तरलता बढेको हो । तरलता बढेपछि नेपाल राष्ट्र बैंकले सोमबार बजारबाट थप १० अर्ब रुपैयाँ उठाउदै छ । केन्द्रीय बैंकले ६० दिनका लागि बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । यसको साँवा तथा ब्याज भुत्तानी भदौ २९ गते फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । बैंकमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेको छ । बैंकमा तरलता बढेपनि कर्जाको ब्याजदर भने घटेको छैन् । हालसम्म चालुतर्फ ८६.३७ र पुँजीगत खर्च ७६.१३ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

एनएमबि बैंकको नयाँ शाखा सप्तरीमा, शाखा संख्या ११० पुग्याे

काठमाडौं । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका विभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो । बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्सको ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पहुँच पुगेको छ । यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाव पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्ने बैंकको विश्वास छ ।

ज्योतिले हाम्रोलाई प्राप्ति गर्यो, चुक्ता पुँजी ३ अर्ब नाघ्याे

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकलाई आइतबार(असार ३१ गते) प्राप्ती गरेको हो । उक्त विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरीप्रसादले हस्ताक्षर गरेका छन् । सेयर स्वाप अनुपात हाम्रो विकास बैंकको डीडीए पश्चात आउने मूल्यलाई आधार मानी तय गरिने बैंकले जनाएको छ । हाल ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको रहेको छ । त्यस्तै, हाम्रो विकास बैंकको ४९ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । साथै हाम्रो विकास बैकको प्राप्ती पछि ज्योति विकास बैंकको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यस्तै, कुल निक्षेप रकम करिब २० अर्ब ५० करोड, कर्जा रकम करिब १७ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ । साथै, ज्योति विकास बैंकको शाखा संजाल ६७ पुग्नेछ । बैंकले यसअघि झिमरुक विकास बैंकसँग मर्जर र राप्तिभेरि विकास बैंकसँग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।

टिसीएलको “मेरो टीसीएल मेरो विश्वास” योजना सफल

काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड, टिसीएलले यही फिफा वल्र्डकपलाई लक्षित गरेर “मेरो टीसीएल मेरो विश्वास” योजना उल्लेखिय मात्रामा सफल भएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत कम्पनीले टिसीएल टिभीको खरिदमा ग्राहकहरुलाई २५ प्रतिशत सम्मको छुट दिएको थियो । उपभोक्तामाझ आफ्नो विश्वास थप बढाउन इओएल प्रालीले टिसिएलसँग आवद्ध भएर एलटिभीहरुमा ३ वर्षको वारेण्टी पनि प्रदान गरेको छ । नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।

राजश्व संकलन ९७.८४ प्रतिशत, सोमबार १५ अर्ब ७३ करोड उठ्ला त ?

काठमाडौं । आर्थिक वर्ष सकिन १ दिन मात्र बाँकी हुदा लक्ष्यको ९७.८४ प्रतिशत राजश्व संकलन भएको छ ।आइतबारसम्म सरकारले ७ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । यो लक्ष्य पुरा गर्न सरकारले सोमबार १५ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन गर्नुपर्ने हुन्छ । राजश्व संकलन कम भएपछि सरकारले मध्यावधि बजेट समीक्षामा राजश्व संकलन लक्ष्यको भन्दा २ अर्ब रुपैयाँ कम अर्थात ७ खर्ब २८ अर्ब हुने अनुमान गरेको छ । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु हुदैछ । यस्तै सरकारले लक्ष्यको ८२.७१ प्रतिशत मात्र खर्च गरेको छ । चालु आवमा सरकारले १२ खर्ब ७९ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेकोमा आइतबारसम्म १० खर्ब ५८ अर्ब ५१ करोड रुपैयाँ मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसमध्य चालुतर्फ ८६.३७ प्रतिशत अर्थात ६ खर्ब ९४ अर्ब ६ करोड रुपैयाँ मात्र खर्च भएको छ । चालु आवमा ८ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ गर्ने लक्ष्य तय गरेको थियो । पुँजीगत खर्च ७६.१३ प्रतिशत अर्थात २ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ । चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ ।

पर्वतमा आँप १० रुपैंया किलो, किसान निरास

काठमाडौं । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा रु १० प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ । “आँप त ठीकै फलेको हो” बर्दिवास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले भन्नुभयो–, “तर कौडीको मूल्यमा बेच्नु प¥यो, वर्षभरिको गुजारा अब कसरी टार्ने होला रु” गत वर्ष रु ७० प्रतिकिलोसम्म आँप बेचिएको सम्झदै कुशवाहाले यसपालि भने १०० बोट आँपबाट रु ५० हजार आम्दानी लिन पनि नसकिएको गुनासो गरे । महोत्तरी जिल्लामा बर्दिवास नगरपालिकाका खयरमारा, माईस्थान, बिजलपुरा, पशुपतिनगर र किसाननगर गौशाला नगरपालिकाका भरतपुर, रजखोर, लक्ष्मीनियाँ, बिसरपुर, फुलकाहा, बेलगाछी र भाण्टाबारी आँप खेतीका लागि कहलिएका ठाउँ हुन् । त्यसैगरी भंगाहा नगरपालिकाका रामनगर, जलेश्वर नगरपालिकाका पर्सापतैली, पिगौना र परिकौली र पिपरा गाउँपालिकाकाको पिपरा आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । गत वर्ष जिल्लामा आँप राम्रो नफलेकाले यसपालि बगैँचा खरिदप्रति व्यापारीले रुची नदेखाउँदा धेरैजसो बगैँचा किसान आफैँले रेखदेख गरेका थिए । “अरु वर्षजस्तो पहिले व्यापारी झुम्मिएनन्” भंगहा–४ रामनगरका किसान गंगाराम महतोले भने–, “आँप टिपेर बजार पु¥याइएको ज्याला पनि बिक्रीबाट पाइएन ।” किसानले आँप बिक्रीबाट राम्रो आम्दानी लिन नसके पनि अहिले असार निगल्दो भने व्यापारीले भण्डारण गरेका आँपको मूल्य प्रतिकिलो रु ५० नाघेको छ । साउन महिना शिव उपासना गर्दा फलाहारमात्र गर्ने धार्मिक, सामाजिक परम्पराको फाइदा उठाउँदै व्यापारीले रु १० प्रतिकिलो लिएका आँप अहिले अब प्रतिकिलो रु ५० नघाइसकेका सर्वसाधारण उपभोक्ता बताउँछन् । “जताबाट पनि ठगिने त किसान र सोझासाझा जनता नै रहेछन्” बर्दिवास–५ का वडाध्यक्षसमेत रहेका फलफूल किसान दलबहादुर थापाले भने–, “आँप उत्पादनका पकेट क्षेत्रमा चिस्यानघर ९कोल्डस्टोेर० बनाउन सकिएको भए किसान यतिबिघ्न लाचार त हुनु पर्दैनथ्यो ” जिल्लामा करीब तीन हजार हेक्टर क्षेत्रफलमा उत्पादन दिइरहेका आँपका बोट र आउने वर्ष उत्पादन दिने बोट ५०० हेक्टरमा रहेका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । रासस