राष्ट्र बैंकले खारेज गर्यो १४ सहकारी संस्थाको इजाजत, अब नियमन नगर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्न अनुमति दिएका १४ वचत तथा ऋण सहकारी संस्थालाई नियमन र सुपरीवेक्षण नगर्ने भएको छ । केन्द्रीय बैंकले भोली मंगलबार अर्थात साउन १ गतेदेखि सीमित बैंकिङ कारोबार गर्न दिएको अनुमति रद्ध गरेको जानकारी दिएको छ । राष्ट्र बैंकले नवजीवन सहकारी संस्था लिमिटेड धनगढी, सगुन सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, दी सहारा लोन एन्ड सेभिङस कोअपरेटिभ लिमिटेड र विन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुमति खारेज गरेको जानकारी दिएको छ । अनुमतिपत्र खारेज, नियमन र सुपरीवेक्षणबाट अलग गरिएका अन्य सहकारीमा महिला सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, मनकामना सहकारी संस्था लिमिटेड, भेरी सहकारी वित्तीय संस्था लिमिटेड, विकु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, किसान बहुृउद्धेशिय सहकारी संस्था लिमिटेड, स्टार वहुउद्धेशिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हिमालयन सहकारी संस्था लिमिटेड र उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थाअनुसार सीमित बैंकिङ कारोबार गर्ने सहकारीको इजाजतपत्र रद्ध गरेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको मात्र नियमन गर्ने भएको छ ।
मोबाइल हराएर वा बिग्रेर चिन्तित हुनुहुन्छ ? ढुक्क हुनुस्, अब मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल
काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढुक्क हुनुहोस्, चिन्ता लिनु पर्देन, तपाईको मोबाइलको रक्षा मेरो सुरक्षाले गर्ने भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको हो । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि “मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा” नामक योजना शुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइलसेट उपलब्ध गराई टेन्सन मुक्त जीवनमा सहयोग गर्नेछ। कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवाारले बताए । ‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ । व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ । यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान शुरु गरेको हो । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने । यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ । यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।
सानिमा बैंक र पानस रेमिटबीच विप्रेषण सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र पानस रेमिट प्रालीबीच पानस रेमिट मार्फत आउने विप्रेषण रकम नेपालमा बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ। सम्झौतामा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र पानस रेमिटको तर्फबाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार पानस रेमिट मार्फत यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले सानिमा बैंकको सम्पूर्ण शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन्। पानस रेमिट विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्र्याई रहेको छ।
गणितमा विद्यावारिधी गर्नेलाई ४ लाख राशीको पुरस्कार वितरण
काठमाडौँ । नेपाल गणित समाजले नेपालको विश्वविद्यालयहरुमा गणित विषयमा विद्यावारिधि गरिरहेका विभिन्न १६ जना विद्यार्थीलाई ४ लाख रुपैयाँ एनएमएपस फेलोसिप अवार्ड प्रदान गरेको छ । पुरस्कारको रकम निक सिमोन फाउन्डेशनले उपलव्ध गराएको थियो । असार ३१ गते गणित समाजद्वारा गणित केन्द्रिय विभाग र्कीतिपुरमा एक कार्यक्रमकको आयोजना गरी पुरस्कार रकम वितरण गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वद्यिालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पुरस्कार प्रदान गरिन । पुरस्कारले अनुसन्धानको लागि कोसेढुङ्गा साबित हुने पनि उनले बताइन । नेपाल गणित समाजले यसै बर्षबाट १६ जनालाई जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरेको छ ।नेपाल गणित समाजका सभापति प्रा.डा. टंकनाथ धमलाले भने नेपालमा गणित विषयमा अनुसन्धान गरि विद्यावारिधि गर्ने विद्यार्थीहरुको संख्या बढिरहेको बताए । निक सिमोन फाउनडेशनका संस्थापक जेम्स हरी सिमोन एक गणितज्ञ हुन । विश्वका अर्बपतिहरुको सुचिमा समेत सुचिकृत उनले आफना दिवंगत छोरा निक सिमोनको नाममा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो रकम सहयोग गर्दे आएका छन् । सिमोन फाउनडेशनको नाममा उनले विश्वमा गणित र विज्ञानको क्षेत्रमा उल्लेखनिय अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुलाई प्रतेक बर्ष ठूलो रकम सहयोग गर्दै आएका छन् ।
सेयर लगानीकर्ताले ३९.४४ प्रतिशतसम्म गुमाएको वर्ष, आगामी वर्ष होला त सुधार ?
काठमाडौं । यो वर्ष सेयर बजारमा गिरावट आउँदा लगानीकर्ताले २४.४४ देखि ३९.४४ प्रतिशतसम्म गुमाएका छन् । चालु आर्थिक वर्ष ०७४/०७५ सेयर लगानीकर्ताका लागि पीडादायी बन्यो । लगानीको मनोवल पनि गिर्यो । २०७४ साउनमा सेयर बजार १ हजार ६०४ अंकमा रहेकोमा लगातार घटेर साउन ३२ गते १ हजार २१२ अंकमा सीमित भएको छ । सकरात्मक सोच तथा स्थीर सरकार हुँदाहुँदै यो वर्ष सेयर बजार निराशाजनक रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । लगानीकर्ताले १५ प्रतिशत ब्याजमा कर्जा लिन बाध्य भएको भन्दै ऋण लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले ३९.४४ प्रतिशतसम्म गुमाएको उनले तथ्यांक प्रस्तुत गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मंगलबारदेखि अनलाईन सेयर कारोबार शुरु गर्दै छ । यस्तै, बैंकलाई पनि ब्रोकरको लाइसेन्स, जोखिम भार मूल्यांकन १०० मा ल्याइ प्राथमिक पुँजीको १०० प्रतिशत व्यक्तिगत कर्जाको सीमा पुर्ववति गर्न उनले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि मार्जिन कलमा केही सहुलियत दिएपनि बजार विस्तारमा खासै सम्बोधन नगरेको लगानीकर्ताको गुनासो रहेको छ । सेयरकर्जा सीमा ५० बाट बढाउनु पर्ने लगानीकर्ताले मागलाई मौद्रिक नीतिले सम्बोधन गरेन । बजेटमा सेयर कारोबारमा पुँजीगत लाभकर ५० प्रतिशत बढेको छ । यस्तै बोनस सेयरको आधार मूल्यमा कर लगानी सरकारी नीतिले पनि बजारलाई धेरै हदसम्म घटाउन सहयोग पुर्याएको लगानीकर्ताको ठम्याई छ । मूल्य अभिवृद्धि करको हल्ला, कर विवाद र अर्थमन्त्री डा. युवराज खतिवडाका सेयर बजार प्रति नकरात्मक अभिव्यक्तिले बजार घटाउन सहयोग गरेको छ । २०७३ साउन २२ गते सेयर बजार १ हजार ८८१ अंकको उच्च विन्दुमा पुगेको सेयर बजार पछिल्ला वर्ष निरन्तर गिरावट आई १ हजार २ सय अंकमा झरेको छ । स्थिर सरकार गठन भएपछि गत चैत १२ गत घटेर १ हजार १६८ अंकमा सीमित भएको थियो । स्थिर सरकार आएपछि बजार बढ्ने धेरैले अपेक्षा गरेका थिए । तर ती अपेक्षामा तुषारापात भएको छ । सेयर बजार घट्नुमा अर्को कारण बैंकिङ तरलता पनि हो । लगातार २ वर्षदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट देखिएको छ । जसले गर्दा बैंकको प्राथमिकता सेयर बजार भन्दा पनि अन्य क्षेत्र परेको छ । चालु आर्थिक वर्षको १० महिनामा सेयर कर्जा ७२ अर्ब रुपैयाँ मात्र प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंककाअनुसार बैंकले हालसम्म कुल ४१ अर्ब १९ करोड रुपैयाँ मात्र सेयरकर्जा प्रवाह गरेका छन् । आन्तरिक राजस्व विभागले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभ कर लगाउने निर्णय गरेपछि लगानीकर्ता आन्दोलित भएका थिए । लगानीकर्ताले सेयर कारोबार समेत ठप्प पारेका थिए । बजेटमा सरकारले १ अर्ब रुपैयाँभन्दा ठुला लगानीमा स्थापना भएका कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नुपर्ने, ५० करोड रुपैयाँ माथिका कम्पनीले आईपीओ निष्कासन गरेमा सहुलियत प्रदान गर्ने व्यवस्था बजेटमा समेटिएको छ । यसले आगामी वर्ष सेयर बजार बढाउन केही राहत दिने देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको विकासका लागि प्राइभेट इक्विटी, भेन्चर फण्ड, हेज फण्डलगायतका वित्तीय उपकरण भित्र्याउन र नयाँ संस्थाहरुलाई प्रवेश गराउने भनेका छन् ।
दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला
उदयपर । दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज(सोमबार) मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर सोमबार बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
डिशहोमले सिम टिभी किन्ने, आजैदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा लिने
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड(डिशहोम)ले सिम्पल मिडिया नेटवर्क प्रा.लि.(सिम टिभी) किन्ने सम्झौता गरेको छ । यस खरिद सम्झौता अन्तर्गत डिशहोमले निकट भविष्यमै सिम टिभीको सेयर खरिद गर्ने छ । यसका साथै डिशहोमले सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा आजै(असार ३१ गते)बाट लिने भएको छ । सन् २००९ मा स्थापना भएको डिशहोम नेपालको पे टिभी इन्डष्ट्रिमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भई सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसैगरि, सिम टिभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो । सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभीको खरिद पछि टिभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने बताएका छन् । डिशहोमले नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने बताएको छ ।
सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबैभन्दा बढी दुई कम्पनीको प्रमोटर सेयर बिक्री
काठमाडौं । आर्थिक वर्ष २०७४/२०७५ को अन्त्य सँगै सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखिनै बढ्दो ट्रेण्डमा रहेको सो दिनको बजार अन्तत १२.२७ अंकले बढेर १२१२ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिनको बजारमा कूल ३१ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार)को बजारमा १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार १५९ कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार दुई कम्पनीको सबैभन्दा बढी प्रमोटर सेयर बिक्री भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड र नबिल बैंक लिमिटेडको २ करोड रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएका छन् । त्यस्तै, अन्य ५ कम्पनीको १ करोड रुपैयाँ बढीको सेयर कारोबार भएका छन् । त्यस्तै, सबैभन्दा बढी बीमा समूह १४७ अंकले उकालो लागेको छ । अन्य समूह २.६७ अंकले ओरालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् । फाइनान्स र ट्रेडिङ सामान्य अंकले बढेको छ भने बाँकी दोहोरो अंकले बढेका छन् ।