
काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्न अनुमति दिएका १४ वचत तथा ऋण सहकारी संस्थालाई नियमन र सुपरीवेक्षण नगर्ने भएको छ ।
केन्द्रीय बैंकले भोली मंगलबार अर्थात साउन १ गतेदेखि सीमित बैंकिङ कारोबार गर्न दिएको अनुमति रद्ध गरेको जानकारी दिएको छ ।
राष्ट्र बैंकले नवजीवन सहकारी संस्था लिमिटेड धनगढी, सगुन सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, दी सहारा लोन एन्ड सेभिङस कोअपरेटिभ लिमिटेड र विन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुमति खारेज गरेको जानकारी दिएको छ ।
अनुमतिपत्र खारेज, नियमन र सुपरीवेक्षणबाट अलग गरिएका अन्य सहकारीमा महिला सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, मनकामना सहकारी संस्था लिमिटेड, भेरी सहकारी वित्तीय संस्था लिमिटेड, विकु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, किसान बहुृउद्धेशिय सहकारी संस्था लिमिटेड, स्टार वहुउद्धेशिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हिमालयन सहकारी संस्था लिमिटेड र उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थाअनुसार सीमित बैंकिङ कारोबार गर्ने सहकारीको इजाजतपत्र रद्ध गरेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको मात्र नियमन गर्ने भएको छ ।