फ्रान्समा यसरी उर्लियो जनसागर (भिडियोसहित)
काठमाडौं । २० वर्षपछि विश्वकपको ट्रफी उचालेको फ्रान्समा जनसागर उर्लिएको छ । फाइनल खेलमा क्रोयोसियालाई ४-२ गोल अन्तरले हराएपछि फ्रान्समा समर्थकहरुले खुशियाली मनाएका छन् । केहि स्थानमा समर्थकहरुले आगोको लप्काहरु फालेको र शहर अस्तव्यस्त बनाएका छन् । गोल डटकममा सार्वजनिक भिडियोमा ठूलो संख्यामा फ्रेन्च समर्थकहरु सडकमा उत्रिएका छन् । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको देखिन्छ । विषेशगरी पेरिसमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन असुल ग्याँस प्रहार गरेका छन्, भने केहि व्यक्तिलाई पक्राउ समेत गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
साउन २ र ३ गते व्यस्थापन तथा आईटीको शैक्षिक मेला
काठमाडौँ । नेपालको उत्कृष्ट शिक्षा भन्ने नाराको साथ साउन २ र ३ गते चौथो व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । मेलामा पोखरा विश्वविद्यालयको ९ , त्रिभुवन विश्वविद्यालयको ६ , पूर्वाञ्चल विश्वविद्यालयको २, नेपाली विश्वविद्यालयका २ वटा, सिए र अन्य एउटा अध्यापन गराउने शैक्षिक संस्थाको सहभागिता रहने छ । उक्त शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएससी, सिएसआइटी, बिबिएस, बिएससी, सिएसआईटी, बिएलटी, बिआईएम, बिएचएम, बिबिआईएस, बिटिटिएम, बिएचटीएम, बिएसडब्लु, बिबिएस र बिबिए–बिआई लगाएतका शैक्षिक उपाधिहरु प्रधान गर्ने ३८ वटा शैक्षिक संस्थाहरु सहभागिता रहने छ । मेलामा ५५ वटा स्टलहरु संचालन हुने छ । पाठशाला एजुकेसन फाउण्डेसनका म्यानेजिङ डाइरेक्टरले भने नेपालमा नै व्यवस्थापन तथा आईटी तर्फ गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री नपालमा नै उपलब्ध भएको यस संस्थाले प्रमाणित गरिसकेको छ । नेपालमा विभिन्न देशका १०० जन विद्यार्थी नेपालमा अध्ययन गरिहेको बताए । मेला अन्नपूर्ण होटलमा हुने छ । दुई दिने मेलामा ७ हजार विद्यार्थीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
जाइकाको चार करोड सहयोगमा विद्यालय पुनःनिर्माण
काठमाडौं । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग जाइका मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको भवन रु तीन करोड ८९ लाख १७ हजार लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन र विद्यालयका लागि आवश्यक पर्ने फर्निचरलगायतका सहायता सामग्री गाउँपालिकाको उपाध्यक्ष ईश्वरी उप्रतीले विद्यालय व्यवस्थापन समितिका सदस्य डोलकुमारी थापा ‘जानुका’लाई हस्तान्तरण गरे । भवनको साँचो र निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्दै उपाध्यक्ष उप्रेतीले भूकम्पले क्षति पुगेको विद्यालयको लागि चाहिने सबै शैक्षिक सामग्रीसहितको संरचनाको निर्माण पूरा भएकाले अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीचको समन्वयमा गुणस्तरीय शिक्षा प्रवाहमा केन्द्रित हुनुपर्ने सुझाव दिए । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा०का जिल्ला प्रमुख वैकुण्ठ सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालय निर्माणको कार्यलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनको अनुसार जापान सरकारको ऋण सहयोगमा ‘आपत्कालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रममार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको रालुका माविसहित ५७ विद्यालयमध्ये केहीको निर्माण सम्पन्न नजिक र केही ठेक्का प्रणालीमार्फत काम शुरु गर्न लागिएको छ । जाइकामार्फत जिम्मेवारी पाएको डिजाइन एण्ड सुपरीभिजन कन्सल्टेनका जिल्ला अनुगमन इञ्जिनियर गणेश कँडेलका अनुसार जापान सरकारको सहयोगमा निर्माण गर्न लागिएको ५७ मध्ये श्यामसुन्दर र गुलिभर जेभीले निर्माण गरेको रालुका मावि पहिलो भएकाले बाँकी विद्यालयको भवन पनि छिट्टै सम्पन्न हुने गरी कामलाई तीव्र बनाइएको छ । रासस
दवावमा जग्गाको कित्ता काट खोल्ने तयारी, अर्थमन्त्री नियन्त्रण गर्ने पक्षमा कृषिमन्त्री खोल्ने पक्षमा
काठमाडौं । व्यवसायीको दवावमा सरकारले जग्गा कित्ताकाटलाई खोल्ने तयारी गरेका छ। कृषि, भुमि व्यवस्था मन्त्री चक्रपाणी खनालले जग्गा कित्ताकाट १ महिनाभित्र खोल्ने तयारी गरेका जानकारी दिएका छन्। उनले जग्गा व्यवस्थापनका लागि नयाँ नीति ल्याउने भन्दै कित्ताकाटलाई खुकुलो पार्न लागेको बताएका हुन् । कित्ता काट रोक्दा विकृति आएको उनको दावी छ । कित्ता काट खोल्दै फेरी एकपटक घरजग्गा व्यवसायी र दलाल सक्रिय हुने छन् । जग्गाको भाउ पनि आकासिने छ । अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ मा घरजग्गा व्यवसायलाई मान्याता प्राप्त कम्पनीबाट मात्र कारोबार गर्ने व्यवस्था गरेका छन्। यसैगरी नीति तथा कार्यक्रमा मलिलो जग्गालाई कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ । यता नेपाल राष्ट्र बैंकले पनि आगामी आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको बुँदा ९५ मा घरजग्गाको मूल्यमा हुने उतारचढावलाई प्रतिबिम्बित गर्ने घरजग्गा मूल्य सुचाङक तयार गर्न सवेक्षण सम्बन्धी कार्य अघि बढाइनेछ भनी उल्लेख गरिएको छ । मौद्रिक नीतिले घरजग्गा भाउ आकासिएकाले यसलाई रोक्ने तयारी गरेको देखिन्छ । घरजग्गामा बैकको लगानीलाई न्युन गरिएको छ । अर्थमन्त्री र राष्ट्र बैंकको नीति विपरित मन्त्री खनालले कित्ताकाट खुल्ला गर्न लागेका हुन् । सरकारले अंशबन्डाको लागि मात्र जग्गाको कित्ताकाट खुलाएको थियो । कित्ताकाट बन्द रहेपनि गलत बाटोबाट जग्गाको कित्ताकाट भैरहेको भन्दै विशेष नियम बनाएर खनालले कित्ताकाट खोल्ने तयारी गरेको मन्त्री खनालको दावी छ । यसअघि घरजग्गाको कित्ताकाट रोकिएपछि समस्या परेको भन्दै नेपाल घरजग्गा व्यवसायी महासंघले कित्ताकाट खुल्ला गर्न पटक पटक मन्त्री खनाललाई आग्रह गरेका थिए । मन्त्री खनालले सार्वजनिक कार्यक्रममा जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताएका हुन् । सो कुरामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेका खनालले बताएका छन् ।
मेगा बैंकको ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, टुरिजम प्राप्ति र साधारणसभा सँगै संस्थापकले बैंक छोड्न थाले
काठमाडौं । मेगा बैंक नेपालको ८२ हजार ६३८ कित्ता संथापक सेयर बिक्रीमा राखिएको छ । टुरिजम डेभपलमेन्ट बैंक प्राप्ति र साधारणसभापछि महत्वपूर्ण सेयरधनीले आफ्नो सेयर बिक्री गरी बैंक छोड्न लागेका छन् । बैंकका संस्थापकहरु ओमप्रकाश अर्याल, धिरेन्द्र सिंह, लोकहरि बराल, कृष्णप्रसाद जैसी, सुमन महर्जन लगायतले मेगा बैंकको सबै संस्थापक सेयर बिक्री गर्न लागेको हुन् । बैंकभित्रको किचालो मौलाउदै गएपछि र ९ वर्षसम्ममा बैंकको वित्तीय अवस्थामा सन्तोषजनक सुधार नआएपछि उनीहरुले बैंक छोड्ने निर्णय लिएको बैंक सम्बन्ध स्रोतले बतायो ।
भदौ १ गतेदेखि बढी धुवाँ फाल्ने सवारीसाधन सञ्चालनमा बन्देज, हरियो स्टिकरले मात्र पाउने
काठमाडौ । तपाईको गाडीले धेरै धुवाँ फाल्छ ? यदी यस्तो छ भने मर्मत गरिहाल्नुस र प्रदुषणमुत्त बनाउनुस । सरकारले भदौ १ गतेदेखि बढी धुवाँ फाल्ने र प्रदुषण गर्ने सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ । प्रदुषण मापदण्डभित्र नपरेका सवारीसाधनलाई काठमाडौं उपत्यका र सम्पुर्ण महानगर र उपमहानगरपालिका भित्र सञ्चालन गर्न सरकारले बन्देज लगाउने तयारी गरेको हो । प्रदुषणको मात्रा बढ्दै गएपछि नियन्त्रण गर्न यस्तो कदम चालेको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागले साउन १ गतेदेखि लागु गर्ने भनेकोमा प्रदुषण उपकरण यातायात कार्यालयमा नपुगेको र परीक्षण गर्ने कर्मचारीलाई तालिम दिनुपर्ने भएकाले भदौ १ गतेदेखि लागु गर्ने जनाएको छ । विभागले आफुलाई पायक पर्ने स्थानमा गई प्रदुषण जाँच गराउन भनेको छ । हरियो स्टिकर नभएका सवारीसाधनलाई सञ्चालन गर्न बन्देज गरिने छ ।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड
काठमाडाैं । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ । यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना बनाएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त जगाती–कोटेश्वर क्षेत्रमा तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेपछि उक्त निर्णय गरेको बताउछन् । “टाइम कार्ड लागू र मालबाहक सवारीसाधनलाई सडकको बायाँ भागबाट गुडाउन लगाएपछि दुर्घटनामा कमी आउनेछ,”– उनले भने । महाशाखाले अहिले टाइम कार्ड जगाती–कोटेश्वर क्षेत्रको ९.७ किलोमिटर क्षेत्रमा लागू गर्न लागेको छ । पछिल्लो समय उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर महाशाखाले बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ । हाल देशभरि ३० लाख ८० हजार सवारीसाधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस
ललितपुर फाइनान्स एलएफसी फाइनान्स हुदै, १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै
काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडको नाम परिवर्तन भई एलएफसी फाइनान्स लिमिटेड हुने भएको छ । फाइनान्सको २१ औं वार्षिक साधारणसभाले नाम परिवर्तन गरी एलएफसी राख्ने प्रस्ताव गरेको हो । फाइनान्स केही समयअघि मात्र समस्याग्रस्तबाट मुक्त भएको थियो । यस्तै सभाले चुत्तापुँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । संस्थालाई कुनै उपयुत्त वित्तीय संस्थासंग मर्जर र प्राप्ति गर्नका लागि सभाले सञ्चालक समितिलाई अख्तियार दिएको छ ।