दवावमा जग्गाको कित्ता काट खोल्ने तयारी, अर्थमन्त्री नियन्त्रण गर्ने पक्षमा कृषिमन्त्री खोल्ने पक्षमा

<p>काठमाडौं । व्यवसायीको दवावमा सरकारले जग्गा कित्ताकाटलाई खोल्ने तयारी गरेका छ। कृषि, भुमि व्यवस्था मन्त्री चक्रपाणी खनालले जग्गा कित्ताकाट १ महिनाभित्र खोल्ने तयारी गरेका जानकारी दिएका छन्। उनले जग्गा व्यवस्थापनका लागि नयाँ नीति ल्याउने भन्दै कित्ताकाटलाई खुकुलो पार्न लागेको बताएका हुन् । कित्ता काट रोक्दा विकृति आएको उनको दावी छ । कित्ता काट खोल्दै फेरी [&hellip;]</p>

काठमाडौं । व्यवसायीको दवावमा सरकारले जग्गा कित्ताकाटलाई खोल्ने तयारी गरेका छ। कृषि, भुमि व्यवस्था मन्त्री चक्रपाणी खनालले जग्गा कित्ताकाट १ महिनाभित्र खोल्ने तयारी गरेका जानकारी दिएका छन्। उनले जग्गा व्यवस्थापनका लागि नयाँ नीति ल्याउने भन्दै कित्ताकाटलाई खुकुलो पार्न लागेको बताएका हुन् । कित्ता काट रोक्दा विकृति आएको उनको दावी छ ।

कित्ता काट खोल्दै फेरी एकपटक घरजग्गा व्यवसायी र दलाल सक्रिय हुने छन् । जग्गाको भाउ पनि आकासिने छ । अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ मा घरजग्गा व्यवसायलाई मान्याता प्राप्त कम्पनीबाट मात्र कारोबार गर्ने व्यवस्था गरेका छन्। यसैगरी नीति तथा कार्यक्रमा मलिलो जग्गालाई कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।

यता नेपाल राष्ट्र बैंकले पनि आगामी आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको बुँदा ९५ मा घरजग्गाको मूल्यमा हुने उतारचढावलाई प्रतिबिम्बित गर्ने घरजग्गा मूल्य सुचाङक तयार गर्न सवेक्षण सम्बन्धी कार्य अघि बढाइनेछ भनी उल्लेख गरिएको छ । मौद्रिक नीतिले घरजग्गा भाउ आकासिएकाले यसलाई रोक्ने तयारी गरेको देखिन्छ । घरजग्गामा बैकको लगानीलाई न्युन गरिएको छ ।

अर्थमन्त्री र राष्ट्र बैंकको नीति विपरित मन्त्री खनालले कित्ताकाट खुल्ला गर्न लागेका हुन् । सरकारले अंशबन्डाको लागि मात्र जग्गाको कित्ताकाट खुलाएको थियो । कित्ताकाट बन्द रहेपनि गलत बाटोबाट जग्गाको कित्ताकाट भैरहेको भन्दै विशेष नियम बनाएर खनालले कित्ताकाट खोल्ने तयारी गरेको मन्त्री खनालको दावी छ ।

यसअघि घरजग्गाको कित्ताकाट रोकिएपछि समस्या परेको भन्दै नेपाल घरजग्गा व्यवसायी महासंघले कित्ताकाट खुल्ला गर्न पटक पटक मन्त्री खनाललाई आग्रह गरेका थिए ।

मन्त्री खनालले सार्वजनिक कार्यक्रममा जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताएका हुन् । सो कुरामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेका खनालले बताएका छन् ।

Share News