मेगा बैंकको ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, टुरिजम प्राप्ति र साधारणसभा सँगै संस्थापकले बैंक छोड्न थाले

<p>काठमाडौं । मेगा बैंक नेपालको ८२ हजार ६३८ कित्ता संथापक सेयर बिक्रीमा राखिएको छ । टुरिजम डेभपलमेन्ट बैंक प्राप्ति र साधारणसभापछि महत्वपूर्ण सेयरधनीले आफ्नो सेयर बिक्री गरी बैंक छोड्न लागेका छन् । बैंकका संस्थापकहरु ओमप्रकाश अर्याल, धिरेन्द्र सिंह, लोकहरि बराल, कृष्णप्रसाद जैसी, सुमन महर्जन लगायतले मेगा बैंकको सबै संस्थापक सेयर बिक्री गर्न लागेको हुन् । [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपालको ८२ हजार ६३८ कित्ता संथापक सेयर बिक्रीमा राखिएको छ । टुरिजम डेभपलमेन्ट बैंक प्राप्ति र साधारणसभापछि महत्वपूर्ण सेयरधनीले आफ्नो सेयर बिक्री गरी बैंक छोड्न लागेका छन् ।

बैंकका संस्थापकहरु ओमप्रकाश अर्याल, धिरेन्द्र सिंह, लोकहरि बराल, कृष्णप्रसाद जैसी, सुमन महर्जन लगायतले मेगा बैंकको सबै संस्थापक सेयर बिक्री गर्न लागेको हुन् ।

बैंकभित्रको किचालो मौलाउदै गएपछि र ९ वर्षसम्ममा बैंकको वित्तीय अवस्थामा सन्तोषजनक सुधार नआएपछि उनीहरुले बैंक छोड्ने निर्णय लिएको बैंक सम्बन्ध स्रोतले बतायो ।

Share News