काठमाडौं । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका विभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो ।
बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्सको ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पहुँच पुगेको छ । यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाव पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्ने बैंकको विश्वास छ ।