विकासन्युज

१० कम्पनीको सहयोगमा केसीसी एक्जिबिट सम्पन्न, स्मार्ट सिटी बारे जानकारी

काठमाडौं । सूचना प्रविधिमा अग्रणी कलेज कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा ‘केसीसी एक्जिबिट २०१८’ आइतबार सम्पन्न भएको छ । नवीनता, एकीकृतता र दीगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहर बारे “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको छलफल गरिएको थियो । प्रदर्शनीमा इको-स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन प्रदर्शनीहरू राखिएका थिए । शनिबारबाट शुरु गरिएको उक्त प्रदर्शनीको उद्घाटन पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले गरेका थिए । केसीसी एक्जिबिट २०१८ मा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथाअन्तर्राष्ट्रिय दर्शकहरूको समेत उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंक प्रा.लि.को प्रमुख प्रायोजन रहेको उक्त एक्जिबिटमा नियोस्फेर, अग्निमोटो प्रा.लि., वल्र्ड लिङ्क (इन्टरनेट सहकार्य), चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट, आइटी ट्रेनिङ प्रा.लि., आरआर श्री प्रविधि स्कुल, क्यान फेडेरेशन, नेपाल सरकारअन्तर्गतका सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग रहेको थियो । कार्यक्रममा गायिका आस्था राउत र हास्यकलाकार जितु नेपालको पनि प्रस्तुति रहको छ । कार्यक्रममा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कलेजहरुले उक्त संस्थाकालागि सानो व्यवस्थापकीय सूचना एमआईएस प्रणाली, केसीसी कनेक्सनले केसीसीका विद्यार्थीहरूकालागि सानो सामाजिक सञ्जाल र कस्टम टि–सर्टले आफ्नै टि–सर्ट डिजाइन गर्न विवरण दिएको छ । त्यस्तै, कम्प्युटर गेमको विषयमा स्पेस सुटरले दुई दिनमा बनाइएको बाधा हटाउने गेमका बारेमा विवरण दिएका छन् । त्यसैगरी, थ्रीडी सेभेनले भूतलाई मार्ने गेम थ्रीडी गर्नको लागि विवरण तयार पारेको छ । इलेक्ट्रोनिक्स विषयमा स्मार्ट स्टिकले दृष्टिविहीनका लागि बाधा आफै हटाउने गेम र ट्राफिक लाइट आयोजनाले अटोमेटिक ट्राफिक लाइट बल्ने, निभ्ने प्रणालीका बारेमा जानकारी दिएका छन् । सिभिल इन्जिनियरिङ्गका विषयमा चिप्लेटी आयोजनाले स्वीजरल्याण्डका चार स्थानको मोडल जसमा ब्रेक, बीचमा स्टेसन र ताजा हावाको व्यवस्था गरिएको जानकारी दिएका छन् । इको स्मार्ट शहरी योजनाले ग्रीन इको स्मार्ट शहरको नमूना, स्टर्लिङ्ग इन्जिनको बारेमा विद्युत् निकाल्ने मेसिन र सिङ्गलपिलर सस्पेन्सन ब्रिजको आयोजनामा भूकम्प, दुर्घटना र हावाहुरी प्रतिरोधात्मक सेल्फ एङ्कर झुलुङ्गे पुलको बारेमा विवरण दिइएको छ ।

नेपाल बैंकको एफपीओ आधा बिकेन, कर्मचारी संचय कोषले गर्यो १ अर्ब लगानी

काठमाडौं । नेपाल बैंकको थप सेयर निष्कासन (एफपीओ) ५५ प्रतिशत मात्र बिक्री भएको छ । अझै ४५ प्रतिशत बिक्री हुन बाँकी छ । अन्तिम दिन २३ हजार ७०० आवेदकले २ अर्ब ७१ करोड रुपैयाँको एफपीओ माग गरेका छन् । अझै २ अर्ब २४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ लगानी गरेपछि बैंकको एफपीओ ५५ प्रतिशत बिक्री भएको हो । शुक्रबारसम्म बैंकको ६९ लाख २८ हजार रुपैयाँ बराबरको मात्र एफपीओ बिक्री भएको थियो । साँझसम्म डाटा इन्ट्रि हुने भएकाले एफपीओको आवेदन अझ बढ्ने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंक प्रमुख सुजन अधिकारीले बताए ।बिक्री हुन बाँकी रहेको एफपीओको विषयमा निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । बिक्री नभएको एफपीओ ८ वटा मर्चेन्टले बैंकले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत वर्ष ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

शैक्षिक परामर्श सेवामा बैदेशिक लगानीप्रति नेपाली कन्सल्टेन्सीहरुको आपत्ति

काठमाडौं। नेपालको शैक्षिक परामर्श क्षेत्रमा हुन लागेको वैदेशिक लगानीप्रति नेपाली कन्सल्टेन्सीहरुले आपत्ति जनाएका छन् । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँच वटा संगठनहरुले शैक्षिक परामर्शको क्षेत्रमा भित्रिन लागेको वैदेशिक लगानीको बिरोध गरेका हुन् । नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को अगुवाईमा फेकोन, आइरिन, नायर, जाल्सानले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शका क्षेत्रमा विदेशी लगानीको प्रतिवाद गरेका हुन् । विदेशी लगानीमा खुल्ने परामर्श दाता कम्पनीहरुले थोरै लगानी गरेर धेरै प्रतिफल फिर्ता लैजाने, विश्व विद्यालयका प्रतिनिधी भए वापत आउने कमिसन उतै राख्ने, राज्यलाई थोरै मात्र कर तिर्ने, न्युन मात्रामा रोजगारी दिने, नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या वृद्धि हुने लगायतका तर्क गर्दै त्यस्तो लगानी आवश्यक नभएको दावी गरेका हुन् । नेपालकै शैक्षिक परामर्श दाता कम्पनीहरु सक्षम रहेको अवस्थामा विदेशी लगानी भित्र्याउनुको औचित्य नहुने पनि उनीहरुको दावी थियो । हालसम्म शिक्षा मन्त्रालयमा २२५६ वटा शैक्षिक परामर्श दाता कम्पनी आवेदन दिएका छन भने १४७३ वटाले लाइसेन्स पाएका छन् । यी कम्पनीहरुकै नियमन राम्रोसँग नभैरहेको अवस्थामा विदेशी कम्पनी भित्र्याउँदा थप अराजकता निम्तिने इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले दावी गरे । उनले आफुहरु नेपाली विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने मात्रै नभएर विदेशी विद्यार्थीलार्ई उच्च शिक्षा अध्ययनका लागि नेपाल ल्याउने अभियानमा समेत जुटिसकेको बताएका थिए । उनले नेपालको हावा पानीका कारण नेपाल शैक्षिक हबका रुपमा विकास गर्न सकिने अवस्थाको सदुपयोग गर्न आफुहरु तयार रहेको पनि बताए । उनीहरुले विदेशी शैक्षिक परामर्श दाता कम्पनीको शाखा तथा फ्रेञ्चाइज खोल्न समेत रोक लगाउनुपर्ने धारणा राखेका थिए ।

तस्विरमा महिला पत्रकारको फुटबल क्रेज

काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्धारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २-१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । फुटबल प्रतियोगिताको उपाधि उचाल्दै प्रिन्ट मिडिया विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन । प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो । जितपछिको उमंग- प्रिन्ट मिडिया विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरेका छन् । खेलाडीहरू सँग खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरेका छन् । खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्मााण थालिने बताए । सो अवसरमा मन्त्री विश्वकर्माले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्सहानस्वरुप १० हजार रुपैयाँ महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरेका छन् । फुटवल क्याप्टेन उपाधि उचाल्दै चमिना भट्टराई नियमानुसार एकपटक खेलाडी परिवर्तन भएर मैदानबाट बाहिर निस्किएका खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन, तर महिला पत्रकार बाहिर निस्केको केहीबेरमै मैदान प्रवेश गर्न पाउनुपर्यो भन्दै रेफ्रीलाई दबाब दिएको दृश्य हेर्न लालयीत हुन्थ्यो । अर्कोतर्फ जब खेलाडी परिवर्तन गर्न खोज्यो खेलाडी बाहिरै आउन नमान्ने दृश्य झनै रोचक थियो । झनै प्रिन्ट मिडियाद्वारा पराजित भएपछि रेडियोका खेलाडीले मैदानमै देखाएको व्यवहार लाजमर्दो नै थियो । पराजय भएपछि उनीहरु रेफ्री र अफिसिलमाथि आइलागेका थिए । तीन वर्षअघिदेखि एन्फामा रेफ्रीका रुपमा कार्यरत राधिका शाक्यले शनिबारको खेल अचम्मको भएको प्रतिक्रिया दिइन् । महिला सञ्चारकर्मीमा फूटबलबारे सामान्य खाले जानकारीसमेत नभएको बताइन् । खेलमा धेरै गल्ती भए पनि आफूहरुले कार्ड प्रयोग गर्नुको सट्टा खेलाडीलाई सम्झाउँदै खेल खेलाएको बताइन् । तर कतिपयले सम्झाउँदासमेत नमानेको उनको भनाइ छ । उत्कृष्ट गाेलकिपर- बिजु मर्हजन भर्खरै सगरमाथा अरोहण गरेकी कारोबार राष्ट्रिय दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मैदानमै गएर फूटबल खेलेको जीवनकै पहिलो अनुभव भएको बताइन् । उनले भनिन्, “रमाइलो भयो तर, नियमपूर्वक खेल्न सकिएन ।” त्यस्तै कारोबारकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव पनि उस्तै रह्यो, उनले भनिन् “फूटबल खेल्न भन्दा फोटो खिच्नै सजिलो ।” अर्की सञ्चारकर्मी प्रगति ढकालले मैदानमै फूटलब खेलेको पहिलो अनुभव भएको बताउँदै यस्ता खाले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन् ।

प्रचण्डले कृषि विश्वविद्यालयलाई बुझुन-ठाकुर गैरे

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का यूवा नेता ठाकुर गैरेले कृषि तथा बन विज्ञान विश्वविद्यालयको बारेमा साझा धारणा सार्वजनिक गर्नको लागि नेतृत्वलाई दबाब दिईरहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुर चिवनका सम्पूर्ण प्राध्यापक एवम् क्रियाशील सम्पूर्ण विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलन गरेर प्राध्यापक तथा विद्यार्थीहरुको २१ दिनदेखिको आन्दोलनलाई ऐक्यवद्धता जनाउदै गैरे यस्तो बताएका छन् । उनले भने,‘हाम्रो पार्टीले कृषि तथा बन विज्ञानका विषयमा उचित धारणा सार्वजनिक गर्नुपर्छ, कृषि तथा वबन विज्ञानका बारेमा हामीले पहिलेका वर्षमा पनि हामीले आन्दोलन गरेका थियौं, आज पनि उही समस्याहरु छन्, यसका बारेमा सरकार जिम्मेवार हुनुपर्छ ।’ त्यस्तै कार्यक्रममा लेखनाथ न्यौपानेले निजि क्षेत्रमा भईरहेको लगानीलाई दलाल पूजीको संज्ञा दिएका छन् । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जारि गरेको घोषणा पत्रको स्मरण गराउँदै मुलुककै एक मात्रै प्राविधिक कृषि तथा बन विश्वविद्यालयको भद्रगोली स्थितिलाई बुझ्न आग्रह गरेका छन् । उनले भने,‘चितवनमा रहेको कृषि तथा बन विज्ञान विश्वविद्यालयको स्थापना कुन उद्देश्यमा रहेर गरिएको थियो ? आज त्यसको स्थिति के छ ? चुनावमा अध्यक्ष ज्युउले जारी गर्नु भएको घोषणा पत्रमा के समावेश थियो ? त्यसका बारेमा स्मरण गर्न आग्रह गर्दछु, हाम्रो संविधान समाजवादी मार्गतर्फ उन्मुख भएका कारण निजि क्षेत्रलाई प्रसय दिनु संविधानको भावना विपरित हुन्छ भन्ने कुरा नेकपाको नेतृत्वले बेलैमा जान्नुपर्छ ।’ उनले भने, ‘आजको दिनमा स्वास्थ्य क्षेत्रमा जुन किसिमको बहस भईरहेको छ, भोलिका दिनमा कृषि तथा बन विज्ञान विश्वविद्यालयका बारेमा पनि उठ्ने छन्, पछिल्लो समयमा स्वास्थ्य तथा शिक्षा, कृषि तथा बन विज्ञान विश्वविद्यालयलाई निजिकरण गर्ने काम भईरहेको छ, निजि क्षेत्रको लगानी भनेको दलाल पूजी हो, कम्पनि ऐन अन्तरगत दर्ता भएका र हुने निजि कलेजहरुबाट संविधानमा उल्लेखित कानून अनुसार शिक्षा मौलिक हक हुन सक्दैन, सरकारले कृषि तथा बन विज्ञान विश्वविद्यालयमा जारी आन्दोलनका बारेमा गम्भिर बन्न आग्रह गर्दछु ।’ उनले अघि थपे,‘वर्तमान समयमा विद्यार्थीहरुले जारि राखेको आन्दोलनले उठाएका मागहरु कृषि क्षेत्रको हितमा छन्, कृषि तथा बन विज्ञान विश्वविद्यालय विषयगत विश्वविद्यालय हो, यसको क्षेत्राअधिकार फरक हुनुपर्छ, ल्याण्ड ग्राण्ट मोडेल विश्वविद्यालयले विश्वभरीको मान्यताले निजि क्षेत्रलाई सम्बन्धन दिएको पाईदैन, विषयभन्दा बाहिर गएर बिभिन्न विश्वविद्यालयले सम्बन्धन दिने काम गरिरहेका छन्, यो कृषि तथा बन विश्वविद्यालयको स्थापनाको म्यान्डेट बिपरित छ।’ कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठन रामपुर चितवनका कोषाध्यक्ष होमनाथ गिरीले निजि कलेज र सरकारी ‘आंगिक कलेज’ स्थापना गर्न हाम्रो विश्वविद्यालयले फरक मापदण्ड बनाएको आरोप लगाएका छन् ।  गिरीकै कुरालाई सहमति जनाउँदै अर्को वक्ता उदित प्रकाश सिग्देलले विश्वविद्यालयले निजि र आंगिक कलेज स्थापना गर्नको लागि फरक मापदण्ड तोकेको बताउँदै भने,‘निजिलाई २ विघा जमिन चाहिने र आंगिक कलेज खोल्दा ८ विघा जमिन चाहिने भनेको छ, कृषि जस्तो विषयलाई २ विघामा के गरेर पढाउने ? कुन खालको जनशक्ति उत्पादन गर्ने ? दुई विघामा कति खेतीका अभ्यास गर्न सकिन्छ ? अखिल क्रान्तिकारी विश्वविद्यायल कमिटिका अध्यक्ष नगेन्द्र दाहालले शंक्षिक माफियाको चंगुलमा परेर पुरानो सहमिति विपरित विश्वविद्यालयका पदाधिकारीहरुले चोरबाटोबाट निजि क्षेत्रलाई मनलाग्दी तरिकाले सम्बन्धन दिएको आरोप लगाएका छन् । कृषि तथा बन विज्ञान विश्वविद्यालयमा भईरहेको राजनीतिकरण र मनपरितन्त्रको अन्त्यसँगै यसवर्ष दिएको ८ वटा सम्बन्धन खारेजीको माग गर्दै विद्यार्थी नेताहरुले सरकारलाई ध्यानाकर्षण गरेका छन् । विश्वविद्यालय अन्तरगतका चितवन, मकवानपुर, कास्कि, सिन्धुली, धनकुटा, कैलालीमा रहेका कृषि तथा बन क्याम्पसहरुमा विगत २१ दिनदेखी शैक्षिक तथा पठपाठन कार्य रोकिएको छ ।

३६ लाख घुससहित इञ्जिनियरका श्रीमान/श्रीमती दुबै पक्राउ

काठमाडौं । शहरी विकास मन्त्रालयका इञ्जिनियर ३६ लाख घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले इञ्जिनियर सुरेश ठाकुर र उनकी श्रीमतिलाई पक्राउ गरेको हो । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवामा कार्यरत इञ्जिनियर ठाकुरले विभिन्न सेवा ग्राहीहरुबाट असुल गरिएको १२ लाख ५० हजार ५ सय नगद र २४ लाख २२ हजारको बैंक भौचरसहित उनकी श्रीमति अनिता ठाकुरलाई लु १ प ३२३१ नम्बरको ट्याक्सीबाट पक्राउ गरेको हो । भैरहवाबाट बिरगञ्ज जाँदै गर्दा उनलाई मकवानपुरको मनहरीबाट पक्राउ गरेको हो । अख्तियारले उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

इन्धनबाटै बुढीगण्डकीलाई २२ अर्ब, उर्जा मन्त्रालयले प्रतिस्पर्धाका लागि मोडालिटी तयार पार्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि इन्धनबाटै २२ अर्ब रुपैयाँ श्रोत जुटेको छ ।  नेपाल आयल निगम लिमिटेडका नायब महाप्रबन्धक नागेन्द्र शाहले असार मसान्तसम्ममा २२ अर्ब रुपैंयाँ रकम संकलन भएको जानकारी दिए । नका अनुसार आर्थिक बर्ष २०७२।७३ मा १ अर्ब १६ करोड, २०७३।७४ मा ९ अर्ब ४२ करोड र २०७४।७५ मा ११ अर्ब रुपैंयाँ संकलन भएको उनले बताए । ‘हामीले इन्धनबाट २२ अर्ब रुपैंया संकलन गरेर भन्सार विन्दुमै बुझाएका छौं’, नायव महाप्रबन्धक शाहले भने । यता सरकारले बुढीगण्डकी जलविद्युतको आयोजना निर्माणका लाग काम अघि बढाएको छ । उर्जा मन्त्रालयले आयोजनाको निर्माण मोडालिटीबारे छलफल अघि बढाएको प्रवत्ता दिनेशकुमार घिमिरेले बताए । ‘निर्माणको मोडलबारे छलफल अघि सुरु भएको छ, कसरी बनाउँदा न्युन लागत र अधिकतम प्रतिफल तथा चाँडो निर्माण गर्न सकिन्छ भनेर वृहत छलफल गरिरहेका छौं’, घिमिरेले भने । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत १८ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक बर्ष २०७३।७४ को बजेट मार्फत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रति लिटर ५ रुपैंयाँ पुर्वाधार कर संलकन आरम्भ गरेको थियो । २६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको जलासययुक्त आयोजनाको निर्माणका लागि प्रतिस्पर्धाबाट गराउने अन्तराष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) को आब्हान गर्ने भएको छ । उसअघि जलस्रोत, ऊर्जाले विद्युत विकासको श्वेतपत्र सार्वजनिक गरी बुढीगण्डकी प्रतिस्पर्धाबाट बनाउने भनेको छ । धादिङ र गोरखाका साविक २७ गाविसका करिब ५० हजार नागरिक प्रभावित हुनेछन् । आर्थिक वर्ष २०७३/७४ मा ५ करोड रुपैयाँ मुआब्जाका लागि वितरण गरिएको थियो भने चालु आवमा १० अर्ब रुपैयाँ मुआब्जामा वितरण गर्ने सरकारको तयारी छ । आयोजना प्रभावितलाई ६३ अर्ब रुपैयाँ मुआब्जामा वितरण गर्नुपर्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले बुढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)  तयार गरिसकेको छ । डीपीआर अनुसार आयोजनाको मुल बाँधको उचाई २६३ मीटर हुने छ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयारको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलासय क्षेत्रमा ६३ वर्गकिलो मिटर लामो ताल बन्ने छ ।

नबिल बैंकद्धारा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजन गरी सम्पन्न गरेको छ । बैंकले वातावरण संरक्षण गरी हरियाली कायम गर्न सहयोग पुग्ने उदेश्यले शनिबार मीनभवन नजिकको वागमती नदीको किनारामा उक्त कार्यक्रम सञ्चालन गरेको हो । गत चार वर्ष अघिदेखि बैंकले यस क्षेत्रमा नियमित रुपमा वृक्षहरुको सुरक्षा, सरसफाई तथा थप वृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान, खेलकुद लगायत वृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भुप्रसाद पौड्यालले सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।