काठमाडौं । शहरी विकास मन्त्रालयका इञ्जिनियर ३६ लाख घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले इञ्जिनियर सुरेश ठाकुर र उनकी श्रीमतिलाई पक्राउ गरेको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवामा कार्यरत इञ्जिनियर ठाकुरले विभिन्न सेवा ग्राहीहरुबाट असुल गरिएको १२ लाख ५० हजार ५ सय नगद र २४ लाख २२ हजारको बैंक भौचरसहित उनकी श्रीमति अनिता ठाकुरलाई लु १ प ३२३१ नम्बरको ट्याक्सीबाट पक्राउ गरेको हो ।
भैरहवाबाट बिरगञ्ज जाँदै गर्दा उनलाई मकवानपुरको मनहरीबाट पक्राउ गरेको हो । अख्तियारले उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।