इन्धनबाटै बुढीगण्डकीलाई २२ अर्ब, उर्जा मन्त्रालयले प्रतिस्पर्धाका लागि मोडालिटी तयार पार्दै

<p>काठमाडौं । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि इन्धनबाटै २२ अर्ब रुपैयाँ श्रोत जुटेको छ ।  नेपाल आयल निगम लिमिटेडका नायब महाप्रबन्धक नागेन्द्र शाहले असार मसान्तसम्ममा २२ अर्ब रुपैंयाँ रकम संकलन भएको जानकारी दिए । नका अनुसार आर्थिक बर्ष २०७२।७३ मा १ अर्ब १६ करोड, २०७३।७४ मा ९ अर्ब ४२ करोड र [&hellip;]</p>

काठमाडौं । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि इन्धनबाटै २२ अर्ब रुपैयाँ श्रोत जुटेको छ ।  नेपाल आयल निगम लिमिटेडका नायब महाप्रबन्धक नागेन्द्र शाहले असार मसान्तसम्ममा २२ अर्ब रुपैंयाँ रकम संकलन भएको जानकारी दिए ।

नका अनुसार आर्थिक बर्ष २०७२।७३ मा १ अर्ब १६ करोड, २०७३।७४ मा ९ अर्ब ४२ करोड र २०७४।७५ मा ११ अर्ब रुपैंयाँ संकलन भएको उनले बताए । ‘हामीले इन्धनबाट २२ अर्ब रुपैंया संकलन गरेर भन्सार विन्दुमै बुझाएका छौं’, नायव महाप्रबन्धक शाहले भने ।

यता सरकारले बुढीगण्डकी जलविद्युतको आयोजना निर्माणका लाग काम अघि बढाएको छ । उर्जा मन्त्रालयले आयोजनाको निर्माण मोडालिटीबारे छलफल अघि बढाएको प्रवत्ता दिनेशकुमार घिमिरेले बताए । ‘निर्माणको मोडलबारे छलफल अघि सुरु भएको छ, कसरी बनाउँदा न्युन लागत र अधिकतम प्रतिफल तथा चाँडो निर्माण गर्न सकिन्छ भनेर वृहत छलफल गरिरहेका छौं’, घिमिरेले भने ।

सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत १८ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक बर्ष २०७३।७४ को बजेट मार्फत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रति लिटर ५ रुपैंयाँ पुर्वाधार कर संलकन आरम्भ गरेको थियो । २६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको जलासययुक्त आयोजनाको निर्माणका लागि प्रतिस्पर्धाबाट गराउने अन्तराष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) को आब्हान गर्ने भएको छ । उसअघि जलस्रोत, ऊर्जाले विद्युत विकासको श्वेतपत्र सार्वजनिक गरी बुढीगण्डकी प्रतिस्पर्धाबाट बनाउने भनेको छ ।

धादिङ र गोरखाका साविक २७ गाविसका करिब ५० हजार नागरिक प्रभावित हुनेछन् । आर्थिक वर्ष २०७३/७४ मा ५ करोड रुपैयाँ मुआब्जाका लागि वितरण गरिएको थियो भने चालु आवमा १० अर्ब रुपैयाँ मुआब्जामा वितरण गर्ने सरकारको तयारी छ । आयोजना प्रभावितलाई ६३ अर्ब रुपैयाँ मुआब्जामा वितरण गर्नुपर्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले बुढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)  तयार गरिसकेको छ । डीपीआर अनुसार आयोजनाको मुल बाँधको उचाई २६३ मीटर हुने छ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयारको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलासय क्षेत्रमा ६३ वर्गकिलो मिटर लामो ताल बन्ने छ ।

Share News