विकासन्युज

नगरपालिकाको आयव्यय विवरण सार्वजनिक गर्न माग

लहान । स्थानीय राजनीतिक दलका प्रतिनिधिले सिरहाको गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ मा सम्पन्न भएका योजनाको आयव्यय विवरण सार्वजनिक गर्न माग गरेका छन् । नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका गर्दै स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिले सामूहिक निवेदनमार्फत् तत्काल बिल भरपाई उपलब्ध गराउन माग गरेका हुन् । उनीहरूले विकास, निर्माण र लक्षित कार्यक्रममा आफ्ना नातेदारलाई प्रयोग गरी बिल भरपाई बनाएको आरोप लगाएका थिए । संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा प्रजातान्त्रिक, देजमो नेपालका प्रतिनिधिले नगरप्रमुख साहलाई बुझाएको निवेदनपत्रमा नगरपालिकाबाट आव ०७४/७५ मा सम्पन्न भएका सम्पूर्ण आयव्यय विवरण तथा आव ०७५/७६ को लागि छनौट गरिएका योजनासंग सम्बन्धित सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेका थिए । रासस

साउन २१ गते सिटी एक्सप्रेस फाइनान्सको बुक क्लोज, १६७ प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । आगामी साउन २१ गते सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एकदिन फाइनान्सको बुक क्लोज गर्ने निर्णय गरेको हो । फाइनान्सले सेयरधनीहरुमा हालको चुक्ता पुँजीको १ः१.६७ अनुपात अर्थात १६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । गत वैशाख ३१ गते सम्पन्न१२औँ साधारणसभाबाट पारित भए बमोजिम कम्पनीले सो मात्राको सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६७ प्रतिशत हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ रहेको छ ।

युनाईटेड इन्स्योरेन्स र दुई वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले दुई वाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । कम्पनीले एनआईसी एशिया बैंक र राष्ट्रिय बाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको हो । आइतबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै गत शुक्रबार एनआईसी एशिया बैंकका काम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनाईटेड इन्स्योरेन्स कम्पनीका भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले कर्जा प्रवाह गर्दा कर्जाधितोको बीमा यूनाईटेड इन्स्योरेन्समा गर्ने बताइएको छ । पछिल्लो समय बैंक र बीमा कम्पनीबीच व्यवसायिक सहकार्यको लागि बैंकास्योरेन्स गर्ने अभ्यास बढेको छ ।

संचय कोषले ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा गरिदिने, १० लाखसम्म उपचार खर्च पाउने

काठमाडौं । सस्तोमा आवास बनाउने योजना ल्याएको कर्मचारी संचय कोषले ६ लाख संचयकर्तालाई स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । स्वास्थ्य बीमाको काम सुरु गर्न आन्तरिक तयारी भइरहेको कोषका प्रशासक तुल्सी गौतमले बताए । संचयकर्तालाई थप दायित्व नपर्ने गरी स्वास्थ्य बीमा गर्न कोषले प्रक्रिया अघि बढाएको गौतमले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्षदेखि स्वास्थ्य बीमा योजना लागु हुने छ । कोषले वृहत तथा एकिकृत रुपमा स्वास्थ्य बीमा योजना कार्यन्वयनमा ल्याउने गौतमले सुनाए । बीमा कम्पनीसंग एक चरण छलफल भइसकेको र ५, ६ वटा कम्पनी मिलेर स्वास्थ्य बीमामा सहभागी हुने संभावना रहेको गौतमले बताए । अधिकाँश बीमा कम्पनीमा कोष संस्थापक सेयरधनी छ । बीमाको खाका तयारपछि कोषले बोलपत्रको आब्हान गर्ने भएको छ । “यो नितान्त कोषको योजना हो”उनले भने “मैले कोषको जिम्मेबारी सम्हालेपछि संचयकर्तालाई सहुलियत दिन बीमा योजना ल्याएको हो ।” कोषले कर्मचारी तथा सञ्चयकर्ताका लागि ६० करोड रुपैयाँसम्म लगानी हुने संभावना रहेको बताउदै उनले भने “एक जनालाई न्युनतम ५०० देखि अधिकतम १ हजार रुपैयाँ लाग्ने अनुमान गरेका छौ । कोषको आफनै आम्दानीबाट संचयकर्ताको बीमा गरिदिने छौ । यो रकम सबै कोषले ब्योहर्ने छ ।” रोगको प्रकृतिअनुसार क्षतिपूर्ति रकम फरक हुने छ । यो योजनाअन्र्तगत गम्भीर प्रकृतिको रोग लागेकालाई प्रतिकर्मचारी न्युनतम ८ लाखदेखि १० लाखसम्म उपचार बीमाबाट हुने व्यवस्था मिलाउन लागेको गौतमले स्पष्टपारे । यस्तै दुर्घटना बीमा न्युनतम ३ देखि ५ लाख र औषधी उपचार खर्च १ देखि २ लाख रुपैयाँसम्मको ब्योहर्ने गरी स्वास्थ्य बीमा योजना कार्यन्वयन गर्न लागेको हो । यसबाट कडा तथा गम्भीर रोगको उपचार गर्न लाखौ रुपैयाँ खर्च लाग्ने भएकाले संचयकर्तालाई कोषले सहुलियत दिन लागेको उनको भनाई छ । कोषले अहिले पनि संचयकर्तालाई औषधी उपचार खर्च दिदै आएको बताउदै उनले अब बीमाबाट ब्योहर्ने किसिमले आउन लागेको स्पष्टपारे । दुर्घटना क्षतिपुर्ति, औषधी उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिदै आएको छ । कोषले ६ लाख संचयकर्तालाई कर्मचारी नमुना आवास निर्माण गरिदिने भएको छ । कोषले पहिलो चरणमा चितवनमा आफनो स्वामित्वमा रहेको ४ विगाह १६ कठठ जग्गामा १५० कर्मचारी आवास निर्माण योजना अघि सारेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी आवास योजना सञ्चालन गर्ने योजना अनुसार न्युनतम लागतमा निश्चित मापदण्डका आधारमा आवास निर्माण गरिने उनले जानकारी दिए । लागत मूल्यमा १० प्रतिशत मात्र थप गरेर कोषले कर्मचारीलाई आवास बिक्री गर्नेछ ।

जोशीको नाम प्रधानन्यायधीशमा अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

  काठमाडौ । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएपछि र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिइन् । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो । भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् । रासस

सेयर बजार घटेपछि म्युचअल फण्डहरुको दुर्दशाः सिटिजन्स मात्रै नाफामा

काठमाडौं । सेयर बजार घट्दै गएपछि सामुहिक लगानी कोष (म्युचअल फण्ड) को प्रतिफलमा असर परेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका ६ मध्ये ५ वटा घाटामा गएका छन् । पछिल्लो समयमा सेयरको मूल्य निरन्तर गिरावट आउनु र बजारको अवस्था नबुझी लगानी बढाउदा नोक्सानी भएको हो । नोक्सानी बढ्दै गएपछि प्रति इकाई खुदमुल्यमा समेत गिरावट आएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । म्युचअल फण्डले हकप्रद, बोनस, साधारण सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) मा लगानी गरेको छ । फण्ड व्यवस्थापकको सही विश्लेषणको अभावमा लगानीको प्रतिफल घटेदै गएको छ । म्युअल फण्डको प्रतिफल निरन्तर गिरावट आउन थालेपछि निष्कासन गरिएका यस्ता फण्ड बिक्री हुन छाडेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत सञ्चालनमा ल्याएको एनआईबीएल समृद्धि फण्ड १ र एनआईबीएल प्रगति फण्डको वित्तीय अवस्था ऋणात्मक देखिएको छ । एनएआईबीएल समृद्धि फण्ड साढे १८ करोड रुपैयाँ नोक्सानीमा गएको छ । गत जेठमा साढे १६ करोड रुपैयाँ नोक्सानीमा थियो । एक महिनामा २ करोड नोक्सानमा गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत असारमा फण्डको प्रतिइकाइ खुद मुल्य पनि घटेर २१ पैसा घटेर ११ रुपैयाँ २९ पैसामा झरेको छ । गत जेठमा खुद ईकाई मूल्य ११ रुपैयाँ ५० पैसा थियो । प्रतिइकाई १० रुपैयाँ रहेको १ अर्ब रुपैयाँको ईकाई फण्डले गत असारसम्म ८० सुचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सेयरमा मात्रै कम्पनीले ७७ करोड ८६ लाख रुपैयाँ लगानी गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै एनआईबीएलको प्रगति फण्ड पनि नोक्सानमा गएको छ । गत असारसम्म १६ करोड ७६ लाख रुपैयाँ नोक्सानमा गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत जेठमा १५ करोड १ लाख रुपैयाँ नोक्सानीमा थियो । फण्डमा ७५ करोड रुपैयाँ भएपनि ६६ कम्पनीको सेयरमा ५२ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै लक्ष्मी बैंकले ल्याएको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड दुबै नोक्सानमा गएका छन् । लक्ष्मी इक्विटीको गत असारमा मात्रै खुद सम्पत्ति १२ पैसाले घटेर ८ रुपैयाँ ६६ पैसा कायम भएको छ । गत जेठमा ८ रुपैयाँ ७६ पैसा थियो । फण्डको खुद सम्पत्ति पनि १ करोड ४६ लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । लक्ष्मी इक्विटी फण्डले ५८ सुचिकृत कम्पनीको ७० करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ को खुदमूल्यमा थोरै गिरावट आएको छ । गत असारमा भ्यालु फण्डको खुदसम्पत्ति १० रुपैयाँ ८४ पैसा छ । गत जेठमा १० रुपैयाँ ८६ पैसा थियो । फण्डको खुद सम्पत्ति ११ लाख १९ हजार रुपैयाँ घटेको वित्तीय विवरणमा उल्लेख छ । फण्डको खुद सम्पत्ति घटेर ५४ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । जेठमा ५४ करोड २९ लाख रुपैयाँ थियो । फण्डले ३३ सुचिकृत कम्पनीमा लगानी गरेको छ । सिद्धार्थ बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम म्युचअल फण्डको खुदसम्पत्ति पनि घटेर प्रति इकाई ११ रुपैयाँ ५४ पैसामा झरेको छ । गत जेठमा ११ रुपैयाँ ८० पैसा थियो । एक महिनाको अन्तरालमा खुद इकाई मूल्य २६ पैसा घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । फण्डको खुद सम्पत्ति ३ करोड रुपैयाा घटेर १ अर्ब १५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत जेठमा १ अर्ब १८ करोड रुपैयाँ थियो । फण्डले विभिन्न ७४ सुचिकृत कम्पनीको २२ लाख ७७ हजार ४२१ कित्तामा ५९ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै गत फागुनदेखि सञ्चालनमा आएको सिटिजन्स बैंकको सिटिजन्स म्युचअल फण्ड १ को खुदसम्पत्ति बढेको छ । गत असारमा फण्डको सम्पत्ति मूल्य बढेर प्रतिइकाई १० रुपैयाँ २२ पैसा पुगेको छ । गत जेठमा १० रुपैयाँ १८ पैसा थियो । एक महिनाको बीचमा सम्पत्ति मूल्य ४ पैसा बढेको छ । खुदसम्पत्ति बढेर ८३ अर्ब ७७ करोड २० लाख रुपैयाँ पुगेको छ । गत जेठमा सम्पत्ति ८३ अर्ब ४७ करोड रुपैयाँ थियो । सिटिजन्सलदे ३२ संस्थाको ५ लाख ५ हजार ४८१ कित्ता सेयरमा १४ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । सिटिजन्सले १ करोड ७७ दाख २० हजार रुपैयाा आम्दानी गरेको छ । गत जेठमा १ करोड ४७ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थिो ।

रसुवागढी नाका बन्द, नेपाल–चीन आवतजावत रोकियो

रसुवा । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पु¥याएको स्थानीयवासीले बताए । सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर निष्कासन आजदेखि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर आज आइतबारदेखि बिक्री खुला भएको छ । संस्थाले चुत्तापुँजी बढाउन १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । असार २८ गतेसम्म सेयरधनी पुस्तीकामा कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासन भदौ १७ गते बैंकिङ समयपछि बन्द हुने छ ।