विकासन्युज

७५ लाखको लागतमा विन्ध्यवासिनी मन्दिरको मूल प्रवेशद्धार निमार्ण हुँदै

काठमाडौं । लक्ष्मण वावु श्रेष्ठ स्मृति कोषले पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरको मूल प्रवेशद्धार बनाउने भएको छ । चितवनको ई समूहका संस्थापक अध्यक्ष स्व. श्री लक्ष्मण वावु श्रेष्ठकोे स्मृतिमा स्थापित उक्त कोषले कूल ७५ लाखको लागतमा सो द्धार निमार्ण गर्न लागेको हो । कोषले नेवारी संस्कृति झल्किने गरी कलात्मक मूलप्रवेशद्धार निर्माण गर्ने भएको छ । उक्त निमार्ण सम्बन्धि कोषका तर्फबाट उपाध्यक्ष राजुवावु श्रेष्ठ, सचिब राजेशवावु श्रेष्ठ, कोषाध्यक्ष रोशनवावु श्रेष्ठ र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिब तीर्थ श्रेष्ठबीच गत आइतबार सम्झौता भएको हाे। सम्झौता अनुसार उक्त मूलद्धारको यहि आउँदो वडादशैंको अवसरमा सिलान्यास गरिने छ । साथै, दशैंलगत्तै उक्त मूलप्रवेशद्धारको निर्माण कार्यको थालनी गर्ने सम्बन्धमा दुबै पक्षकाबीच आपसी सहमति भएको कोषले जनाएको छ ।

अन्नपुर्ण पोष्टको प्रधान सम्पादकमा हरिबहादुर थापा

काठमाडौं । अन्नपुर्ण पोष्टको प्रधान सम्पादकमा हरिबहादुर थापा नियुक्त भएका छन् । २६ वर्षसम्म कान्तिपुरमा रहेका थापाले व्यवस्थापनसंग असन्तुष्ठि जनाई दुईसाता अघि सम्पादक पदबाट राजीनामा गरेका थिए । जलस्रोत र भ्रष्टचारमा कलम चलाएका थापा कान्तिपुरको समाचार सम्पादक हुदै ६ महिनाअघि सम्पादकमा बढुवा भएका थिए । सम्पादक राजाराम गौतम अन्नपुर्ण पोष्टबाट बाहिरिएका छ ।

अब हरेक २० हजारभन्दा माथिका जुनसुकै मोबाइल किस्ताबन्दीमा

काठमाडौं । ग्लोबल कीटेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ । रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर शुरु गरेको हो । रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् । मोबाईल र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जतिपनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ता बन्दीमा खरिद गर्न सक्छन् । योजनामा सिमित ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउन पेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यो योजना हाललाई काठमाडौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ । रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।

पहिरो हटेपछि हेटौंडा-काठमाडौं यातायात सेवा सञ्चालनमा

हेटौँडा । गत राति परेको वर्षाले हेटौंडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई बुधबार बिहानदेखि हेटौंडा काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका-५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि बुधबार बिहान हटाई सिस्नेरी काठमाडौंतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको स्थानीय प्रहरी चौकीले जनाएको छ । हेटौंडाबाट काठमाडौं र काठमाडौंबाट हेटौंडातर्फ आएका सुमो, जीप, कार तथा मोटरसाइकलमा आएका यात्रु स्थानीय महालक्ष्मी खोला नजिकको सडकमा रोकिनुुपरेको थियो । अहिले यात्रुहरु आ-आफ्नो गन्तव्य स्थानतर्फ प्रस्थान गरिसकेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । रासस

सिग्नेचर पुल बनाउन विश्व बैंकको १० अर्ब, मन्त्रिपरिषद पुग्यो प्रस्ताव, १० वटा पुलको डिजाइन धमाधम

काठमाडौं । विश्व बैंकको सहयोगमा देशका बिभिन्न नदिहरुमा १० वटा कलात्मक सिग्नेचर पुल निर्माण हुने भएको छ । विश्व बैंकले त्यस्ता पुलहरुको निर्माणका लागि १० अर्ब रुपैंयाँ सहयोग गर्न लागेको हो । सो सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ । ‘सिग्नेचर पुल बनाउन विश्व बैंकले १० अर्ब सहयोग गर्दैछ, सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ, २ महिनाभित्रै सम्झौता हुनेछ’, सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग कार्कीले विकासन्युजसँग भने । कार्कीका अनुसार सहयोग सम्झौता सम्बन्धी पत्र सडक विभागले विश्व बैंकलाई पठाईसकेको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा सिग्नेचर पुल निर्माणका लागि ७० करोड रुपैंयाँ विनियोजन गरेको छ । यी हुन सिग्नेचर पुल बन्ने ठाउँ पहिलो चरणमा १० वटा सिग्नेचर पुल निर्माण गर्ने लक्ष्य राखेको सडक विभागले चितवन र नवलपरासी जोड्ने नारायणी नदि, रौतहट र सर्लाही जोड्ने बागमति पुल, टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा निर्माण गर्नेछ । | त्यस्तै रुपन्देहीको तिनाउ खोला र पोखराको विजयपुर खोलामा सिग्नेचर पुल निर्माण गर्न लागेको हो । त्यस्ता पुलहरुको डिजाइन निर्माणका लागि विभागले विश्व प्रशिद्ध चिनियाँ इञ्जिनियर डिवाई चेनलाई मासिक १८ लाख पारिश्रमिक दिएर नेपाल बोलाएको छ । सिग्नेचर पुलहरुको निर्माण लागत प्रतिमिटर ३० लाखसम्म लाग्ने बताइन्छ । यस्ता पुलहरु अन्य सााधारण पुल भन्दा ४० प्रतिशतसम्म महंगा हुनेछन् । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेका ठाउँमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । विभागले नेपालमै पहिलो पटक बानेश्वर र बबरमहल जोड्ने धोवीखोलमा आर्क ब्रिज निर्माण गरिरहेको छ ।

मेगा बैंकले स्याङ्जाको भीरकोटमा रोप्यो विभिन्न जातका ३०० वटा बिरुवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा वृक्षारोपण गरेको हो । भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, संचारकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक र विद्यार्थीको सहभागितामा रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत विभिन्न जातका ३०० वटा बिरुवा रोपिएको थियो । वृक्षारोपणले विद्यालयलाई हराभरा बनाउन मद्दत गर्नेका साथै हरित कम्पाउन्ड बनाउन मद्दत मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले विश्वास व्यक्त गरेका छन् । यसैगरी, मेगा बैंकले एक कार्यक्रमबीच भीरकोट नगरपालिकाकै रिजु दोबाटास्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । असहाय र जेहेन्दार २३ जना विद्यार्थीहरुलाई बैंकले स्कूल पोशाक वितरण गरेको हो । बैंकले विद्यालयको कामलाई सहज होस् भन्ने उद्देश्यले एउटा स्टील दराज पनि सहयोग गरेको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले यस बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउन खेलेको भूमिकाको प्रशंसाका साथै खुशी व्यक्त गरेका छन् ।

सिटिजन्स बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । हाल बैंकले ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अब हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण हुने

काठमाडौं। स्वास्थ्य सेवा विभागले देशको हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण गर्ने भएको छ। चालु आर्थिक बर्षमा देशका बिभिन्न सरकारी अस्पतालमा  स्थनपान कक्ष स्थापना गराउने र त्यसपछि उधोग प्रतिष्ठान, सरकारी कार्यालयलगायत हरेक क्षेत्रमा पनि उक्त स्तनपान कक्ष निर्माण गरिने विभागले जानकारी दिएको छ। सरकारले युरोपियन युनियन र युनिसेफको सहयोगमा यो व्यवस्था हुन लागेको हो । स्तनपान दिवसको अवसर पारेर विभागले बुधबार आफ्नो कार्यलयमा स्तनपान कक्षको शुभारम्भ गरेकाे छ ।  कार्यलयमा कार्यरत कर्मचारी र सेवाग्राहीहरुलाई स्तनपान गराउन सजिलो होस् भनेर यस्ताे व्यवस्था गरिएकाे हाे । देशभरका अन्य कार्यलयमा  पनि यस्ताे कक्ष बनाउने लक्ष्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब सुशील प्याकुरेलले बताए। विभाग पेरिसअरमा स्तनपान कक्ष स्थापना भएपछि  नजिकै रहेको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिना आउने महिला र उनीहरुको बालबालिकालाई पनि फाईदा पुग्ने प्याकुरेलले बताए। कार्यक्रममा हेलेन केलर स्वास्थ्य संस्थाको पोसनविद्हरुले स्तनपानको कारण बच्चा र आमामा हुने फाईदाको बारेमा जानकारी दिएका थिए। हालको श्रम एेन, २०६४ ले स्तनपान गराउने महिलाहरुलाई ९८ दिन सुत्केरी बिदा दिन प्रभाधान राखेकोमा सिसु तथा बाल्यकालिन पोसन रणनीतिलाई छ महिनासम्म बनाउन जोड दिएको छ।