पहिरो हटेपछि हेटौंडा-काठमाडौं यातायात सेवा सञ्चालनमा

<p>हेटौँडा । गत राति परेको वर्षाले हेटौंडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई बुधबार बिहानदेखि हेटौंडा काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका-५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि बुधबार बिहान हटाई सिस्नेरी काठमाडौंतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको स्थानीय प्रहरी चौकीले जनाएको [&hellip;]</p>

हेटौँडा । गत राति परेको वर्षाले हेटौंडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई बुधबार बिहानदेखि हेटौंडा काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी इन्द्रसरोवर गाउँपालिका-५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि बुधबार बिहान हटाई सिस्नेरी काठमाडौंतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको स्थानीय प्रहरी चौकीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं र काठमाडौंबाट हेटौंडातर्फ आएका सुमो, जीप, कार तथा मोटरसाइकलमा आएका यात्रु स्थानीय महालक्ष्मी खोला नजिकको सडकमा रोकिनुुपरेको थियो । अहिले यात्रुहरु आ-आफ्नो गन्तव्य स्थानतर्फ प्रस्थान गरिसकेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । रासस

Share News