सिग्नेचर पुल बनाउन विश्व बैंकको १० अर्ब, मन्त्रिपरिषद पुग्यो प्रस्ताव, १० वटा पुलको डिजाइन धमाधम

<p>काठमाडौं । विश्व बैंकको सहयोगमा देशका बिभिन्न नदिहरुमा १० वटा कलात्मक सिग्नेचर पुल निर्माण हुने भएको छ । विश्व बैंकले त्यस्ता पुलहरुको निर्माणका लागि १० अर्ब रुपैंयाँ सहयोग गर्न लागेको हो । सो सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ । ‘सिग्नेचर पुल बनाउन विश्व बैंकले १० अर्ब सहयोग गर्दैछ, सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको [&hellip;]</p>

काठमाडौं । विश्व बैंकको सहयोगमा देशका बिभिन्न नदिहरुमा १० वटा कलात्मक सिग्नेचर पुल निर्माण हुने भएको छ । विश्व बैंकले त्यस्ता पुलहरुको निर्माणका लागि १० अर्ब रुपैंयाँ सहयोग गर्न लागेको हो ।

सो सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ । ‘सिग्नेचर पुल बनाउन विश्व बैंकले १० अर्ब सहयोग गर्दैछ, सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ, २ महिनाभित्रै सम्झौता हुनेछ’, सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग कार्कीले विकासन्युजसँग भने ।

कार्कीका अनुसार सहयोग सम्झौता सम्बन्धी पत्र सडक विभागले विश्व बैंकलाई पठाईसकेको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा सिग्नेचर पुल निर्माणका लागि ७० करोड रुपैंयाँ विनियोजन गरेको छ ।

यी हुन सिग्नेचर पुल बन्ने ठाउँ

पहिलो चरणमा १० वटा सिग्नेचर पुल निर्माण गर्ने लक्ष्य राखेको सडक विभागले चितवन र नवलपरासी जोड्ने नारायणी नदि, रौतहट र सर्लाही जोड्ने बागमति पुल, टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा निर्माण गर्नेछ । |

त्यस्तै रुपन्देहीको तिनाउ खोला र पोखराको विजयपुर खोलामा सिग्नेचर पुल निर्माण गर्न लागेको हो । त्यस्ता पुलहरुको डिजाइन निर्माणका लागि विभागले विश्व प्रशिद्ध चिनियाँ इञ्जिनियर डिवाई चेनलाई मासिक १८ लाख पारिश्रमिक दिएर नेपाल बोलाएको छ ।

सिग्नेचर पुलहरुको निर्माण लागत प्रतिमिटर ३० लाखसम्म लाग्ने बताइन्छ । यस्ता पुलहरु अन्य सााधारण पुल भन्दा ४० प्रतिशतसम्म महंगा हुनेछन् । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेका ठाउँमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । विभागले नेपालमै पहिलो पटक बानेश्वर र बबरमहल जोड्ने धोवीखोलमा आर्क ब्रिज निर्माण गरिरहेको छ ।

Share News