१५ दिनमा २ अर्ब ५८ करोडको बोनस सेयर दर्ता, कसको कति (सुचिसहित)
काठमाडौं । आर्थिक वर्ष सुरु भएको १५ दिनमा २ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डमा हिमालयन बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको २ करोड ५८ लाख ६१ हजार कित्ता बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ । सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता, हिमालयन बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर दर्ता भएको हो । यस्तै सुर्योदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये ११२ कम्पनीले ३३ अर्ब ८ करोड रुपैयाँ बराबरको ३३ करोड ८ लाख कित्ता बोनस सेयर वितरण गरेका थिए ।
थाई एयरवेजद्धारा अायाेजित रक्तदान कार्यक्रममा १२० जनाभन्दा बढीले गरे रक्तदान
काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले साउन १५ गते(मंगलबार)का दिन रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले २६ वर्ष अघि १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ । नेपालमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको थाई एयरवेजले आफ्नो ५०औं वार्षिक उत्सव यस वर्ष मनाउँदै छ । उक्त रक्तदान कार्यक्रममा मिस नेपाल २०१८ को उपाधि विजेताहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा १२० जनाभन्दा बढी व्यक्तिहरुले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । अधिकतम संख्यामा उपस्थित सहभागीहरुले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्के र टीमको नेतृत्वमा निःशुल्क कार्डिएक चेक–अप, ब्ल्ड सुगर टेस्ट, ईसिजि र ईकोे स्क्रिनिङ्गको लाभ उठाएको छ । ट्राभल एजेन्ट, जनमानस, शुभ–चिन्तकका साथै थाई एयरवेजका परिवारहरुको उक्त रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रममा सहभागिता रहेको थियो ।
नबिल बैंकले दियो शैक्षिक कर्जाको प्रक्रिया बारे जानकारी
काठमाडौं । नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवद्र्धनका क्रममा सो कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गरेको छ । बैंकले गत शुक्रबार सो सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्देश्य शैक्षिक परामर्श दाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषताहरु, ऋण योग्यता परिक्षण, कर्जाको लागि आवश्यक कागजातहरु तथा कर्जा प्रदान गर्ने प्रकृयाहरुको बारे सूचित गराउनुका साथै शैक्षिक कर्जा प्रकृया अझ सरल र सहज गराउन सुझाव संकलन समेतको उद्देश्य राखिएको थियो । कन्ज्यूमर लेण्डीङ विभागद्वारा आयोजित उक्त कार्यक्रममा विभाग एवं बैंकका उच्च पदस्थ व्यवस्थापकहरु समेतको अन्तरकृयामा सहभागी भएका थिए । सो कार्यक्रमको उद्घाटन नबिल बैंकका अध्यक्ष शम्भूप्रसाद पौड्यालले गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएको छ ।
सनराइज बैंकको नयाँ शाखा तुल्सीपुरमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले दाङको तुल्सीपुरमा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन तुल्सीपुर उप-महानगरपालिकाका उप मेयर माया आर्चायले गरेका छन् । यस शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । हाल बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ्ग सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा
काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीले ५०, १००, २००, ५०० र १००० रुपैयाँ दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिन्छ । जीएसएम मोबाइलका ग्राहकहरुले *412*PIN Code# डायल गरेर पनि रिचार्ज गर्न सक्नेछन् । साथै नेपाल टेलिकमको मोवाइल एप तथा वेबसाइट (http://webrecharge.ntc.net.np) मार्फत पिन कोड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ । टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ । बजारमा उपलब्ध रिटेलरहरु मार्फत यी सेवा प्रयोग गर्न सकिन्छ ।
यस्तो छ प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशीको प्रमाण पत्र
काठमाडौं । संसदिय सुनुवाईमा पुगेर कायम मुकायम प्रधानन्यायधिश दिपक राज जोशीको प्रधानन्यायधिश बन्ने यात्रा अनिश्चित बनेको छ । उनलाई अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे सुनुवाई समितिमा सहमति जुटेको छैन् । नेकपाका सांसदहरु पार्टी नेतृत्वको निर्देशन कुरेर बसेका छन भने काँग्रेस सांसदहरुले जोशीको नाम अनुमोदन गर्नुपर्ने बताईरहेका छन् । यसैबिच जोशीले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । उनीहरुबीचको भेटमा के के कुरा भयो भन्नेबारे अझै खुलेको छैन् । जोशीको शैक्षिक योग्यताको प्रमणपत्र माथी प्रश्न उठिरहेको छ । त्यस्तै उनले गरेका केहि फैसलाहरुमाथी पनि प्रश्न उठेका छन् । जोशीले पेश गरेका शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजातहरु यस प्रकार छन् ।
किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका सेयर ?
काठमाडौं । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा सेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई सेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई सेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै सेयर मूल्य ५०० रुपैयाँ भन्दा माथि छ । धेरैजसो कम्पनीको सेयर मूल्य न्यूनतम बिन्दुमा छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै सेयर मूल्य ७४० रुपैयाँ छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य ४३६ रुपैयाँ छ । बाँकी रहेका १६ वटा कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । गत फागुनमा थप सेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको सेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा सेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ । नेशनल हाइड्रो पावर कम्पनीको सेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता सेयर ८६ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । गत वर्ष ६५६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएको अपि पावर कम्पनीको सेयर हाल २७४ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको २५५ रुपैयाँ, अरुण भ्यालीको १४० रुपैयाँ, बरुण हाइड्रोपावर कम्पनीको सेयर १४१ रुपैयाँ मूल्यमा खरीद बिक्री भइरहेको छ । निरन्तर ओरालो लागेको सेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ । स्टकका अनुसार छ्याङ हाइड्रो पावरको सेयर १२८ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको २७४ रुपैयाँ, खानीखोला हाइड्रो पावरको १०६ रुपैयाँमा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको सेयर गत वर्ष पनि २०५ रुपैयाँ बिक्री भएको थियो । यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको रु १६५, न्यादी समूहको रु १६०, राधी विद्युत् कम्पनीको रु २३२, रैराङ हाइड्रोको रु १५५, रिडी हाइड्रो पावरको रु १२२, सानिम माइक्रोको रु ३१९, सिनर्जी पावरको रु ११८ र युनाइटेड मोदीको प्रतिकित्ता रु १६६ मा शेयर खरीद बिक्री भएको छ । सेयर बजारमा जलविद्युत् कम्पनीको सेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस सेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि सेयर बजारमा दबाब परेको छ । सेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण सेयर बिक्रीका लागि अनुमति दियो । यस्तै सेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् । सेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको सेयरमा लगानी गर्ने भन्ने निक्र्योल गर्दा राम्रो हुने सुझाव दिएको छ । बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर सेयर खरीद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ । स्टकका अनुसार आज बजार २.९१ बिन्दुले घटेको छ । यस्तै क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २५१।०८ बिन्दुमा पुगेको छ । आज कूल १६३ कम्पनीको पाँच लाख ७८ हजार ९३३ कित्ता सेयर रु १६ करोड ७७ लाख ३९ हजार ६९७ मा खरीद बिक्री भएको छ । मंगलबार तीन उपसमूहको सेयर बढ्दा सात उपसमूहको सेयर भने घटेको छ । बैंकिङ २.२६, होटल १७.१८, निर्जीवन बीमा २४.९५, उत्पादन ५.३६ अन्य २।४६, माइक्रोफाइनान्स ५.६१, बीमा २७.६१ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ३.११, जलविद्युत् २.९८ र फाइनान्स समूहको सेयर ०.७८ बिन्दुले बढेको छ ।
महाबौद्धस्थित ९ तले सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा
काठमाडौं । महाबौद्धस्थित निमार्ण भइरहेको ९ तलाको सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । ३२ वर्ष पुरानो यस अस्पताल भत्काएर ९ तलेको भवन बनाइएको हो । शुरुमा यस अस्पताल १७ तले बनाउने निर्णय गरिएको थियो । तर २०७२ सालको विनाशकारी भुकम्पका कारण ९ तले मात्र बनाइएको हो । सेनाका अनुसार भवन सम्पन्न भएपछि वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिइने भएको छ । अस्पताल चलाउन भनेर बनाइएको अत्याधुनिक भवन सेनाले व्यापारिक प्रयोजनको लागि एभरेष्ट इन्टरप्राइजेनका सञ्चालक चन्द्रबहादुर श्रेष्ठले १५ वर्षका लागि भाडामा लिने भएको छन् । यस भवन कुल ३ लाख ३० हजार वर्गफिट क्षेत्रफलमा बनेकाे छ । सो मध्ये २ लाख ८५ हजार वर्गफिट एभरेष्ट इन्टरप्राइजेजले सेनासँग लिएर प्रयोग गर्ने भएको छ ।