एनसीसी बैंकको सेयर मूल्य समायोजन, घटेर १८७ रुपैयाँ
काठमाडौं । पुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बैंकको सेयर मूल्य २६५ रुपैयाँबाट घटाएर १८७ रुपैयाँ कायम गरेको छ । सेयर कारोबार घटेर प्रतिकित्ता १८२ रुपैयाँमा झरेको छ । बैंकले चुक्तापुँजी बढाउन २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन हुने छ ।
सिटिजन्स बैंकको नाफा एक अर्ब २७ करोड
काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब २७ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा एक अर्ब २७ करोड ३४ लाख ७३ हजार नाफा कमाएको हो । नेपाल फाइनासिन्सयल रिपोर्टिङ सिस्टममा पहिलो पटक सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले ९६ करोड रुपैंयाँ लाभांश वितरण गर्न सक्नेछ । सिटिजन्स बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ७ अर्ब ब्याज आम्दानी गरेर ४ अर्ब ८४ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकको खराब कर्जा २.०२ प्रतिशतबाट घटएर १.२५ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी १५.८६ रुपैंयाँ रहेको छ ।
दाना–खुर्कोट २२० केभी प्रसारणलाइनको काम तीब्र, ६२ प्रतिशत सकियो
म्याग्दी । कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ । करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ । म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्नका लागि कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माण शुरु गरिएकोे हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत्को सवस्टेशन निर्माण भइरहेको छ । उक्त आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण समेत धमाधम भइरहेको छ । दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ वटा निर्माण सम्पन्न भएको छ । अन्य टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । “समयमै आयोजनाको काम सक्न प्रयासरत छौँ” उनले भने । सवस्टेशनको पूर्वाधार निर्माणलाई तीब्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करीडोर प्रशारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि म्याग्दीको दानाबाट पर्वतको खुर्कोट जोड्ने प्रशारणलाइन र सवस्टेशन निर्माण शुरु गरेको हो । २ अर्ब ९० करोड रुर्पैयाँमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशनको पूर्वाधार, प्रशारणलाइनको टावर निर्माणसँगै उपकरण खरिदको कामलाई अघि बढाएका छन् । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीब्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए। सो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको छ । कालीगण्डकी करीडोर प्रशारणलाइनअन्तर्गत विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सवस्टेशन र प्रशारणलाइन निर्माणको काम अघि बढाएको छ भने खुर्कोटदेखि नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा प्रशारणलाइनको पूर्वाधार बनाउने तयारी भइरहेको छ । यहाँ उत्पादन हुने विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्नका लागि पूर्वाधार निर्माणले गति लिएसँगै म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीब्रता दिएको छ । आयोजनाले प्रशारणलाइनको टावर रहने जग्गा अधिग्रहणका लागि ४ करोड ५० लाख रुपैयाँ भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ । कालीगण्डकी करीडोर राष्ट्रिय प्रशारणलाइनमार्फत् म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोडिनेछ । उक्त प्रशारणलाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला तथा १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट हाल निर्माणाधीन अवस्थामा छन् । त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण शुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायतका आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन् । रासस
एनआइसी एसिया बैंकको नाफा १ अर्ब ४९ करोड, निष्क्रिय कर्जा ०.०६ प्रतिशत
काठमाडौं । एनआर्इसी एसिया बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले मंगलबार वित्तिय विवरण सार्वजनिक गरी गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७३।७४ को भन्दा २१ करोड रुपैयाँ बढि हो । सो आवमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको थियो । एनआइसी एसियाले १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षमा बैंकले १३ अर्ब २९ करोड ब्याज आम्दानी गरेको छ । बैंकले आक्रमक रुपमा शाखा विस्तार र महंगोमा निक्षेप परिचालन गर्दा खर्च बढेको छ । समीक्षा अवधिमा बैंकले ९ अर्ब ३३ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकले २०७३ असार मसान्तमा ६ अर्ब ९० करोड ब्याज आम्दानी गरेर ४ अर्ब ३६ करोड रुपैयाँ ब्याज खर्च गरेको थियो । एनआइसी एसियाको खराब कर्जा लगभग शुन्य अवस्थाा पुगेको छ । गत असारसम्म बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको आधार ब्याजदर बढेर ११.१६ प्रतिशत पुगेको छ । आर्थिक वर्षको अन्तिम महिनामा ब्याजदर अन्तर (स्प्रेड ) ५.१० प्रतिशत रहेको छ । बैंकको निक्षेप लागत ७.६७ प्रतिशत रहेको छ ।
सिण्डिकेट हटेपछि यातायात व्यवसायी धमाधम दर्ता हुन थाले, ५ महिनामा नै थपिए २८२ कम्पनी
काठमाडौँ । सिण्डिकेट हटेको ५ महिनाको अवधिमा २८२ वटा नयाँ यातयात कम्पनी थपिएका छन् । यो समेत गरी यातायात व्यवसाय गर्ने कम्पनीको संख्या ९२२ पुगेको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ । गत चैतसम्म ६४० वटा मात्रै यातायात कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सरकारले यातायात समिति खारेज गरेर दर्ता गर्न र नयाँलाई धमाधम गाडी सञ्चालनका लागि रुट इजाजत दिन थालेपछि संगठित रुपमा व्यवसायी दर्ता हुने क्रम बढेको रजिष्टार कार्यालयले जानकारी दिएको छ । पछिल्लो समयमा मयुर यातायात, अन्नपुर्ण यातायात, महानगर यातायात, सुर्यौदय, सिटीलगायत यातायात दर्जनौं कम्पनीले काठमाडौं उपत्यका र बाहिर बस सञ्चालन गरिरहेका छन् । वस सञ्चालन गर्न नयाँ कम्पनी आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । यसैगरी अन्य व्यवसाय सञ्चालनका गर्नका लागि दर्ता गर्न आउने कम्पनीको संख्या बढेको छ । आर्थिक वर्ष २०७१/०७२ देखि २०७४/०७५ सम्म रजिष्ट्रार कार्यालयमा १ लाख ६८ हजार २८२ वटा कम्पनीले कम्पनी दर्ताका लागि निवेदन दिएका थिए । जसमा ६८ हजार ४३६ वटा मात्रै दर्ता भएको रजिष्ट्रार कार्यालयले जनाएको छ । विभिन्न कारणले ९९ हजार ८४६ वटा कम्पनीहरु दर्ता हुन सकेन्न । अर्थिक वर्ष २०७१/०७२ मा ३३ हजार ३३७ वटा कम्पनी रजिष्ट्रार कार्यालयमा परेको निवेदन मध्य १८ हजार ७३७ वटा मात्रै कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २६ हजार ६२० वटा दर्ता हुन सकेन्न । अर्थिक वर्ष २०७२/०७३ मा ३८ हजार १९२ वटा कम्पनी दर्ताका लागि कार्यालयमा निवेदन परेको थियो । जसमध्य १४ हजार ८५९ वटा मात्रै कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २३ हजार ३३३ वटा दर्ता हुन सकेन्न । अर्थिक वर्ष २०७३/०७४ मा ४५ हजार ३५७ वटा कम्पनीले रजिष्ट्रार कार्यालयमा दर्ताका लागि निवेदन दिएका थिए । जसमध्ये १८ हजार ७३७ वटा मात्रै कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २६ हजार ६२० वटा दर्ता हुन सकेन्न । अर्थिक वर्ष २०७४/०७५ मा ५१ हजार ३९६ वटा कम्पनीको रजिष्ट्रार कार्यलयमा दर्ताका लागि निवेदन परेको थियो । जसमध्ये ३३ हजार ३३४ वटा मात्रै कार्यालयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २९ हजार ६२ वटा दर्ता हुन सकेन्न । रजिष्ट्रार कार्यलयको सूचना अधिकारी धर्मराज रोकायाले १ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका १४९ कम्पनी दर्ता भएको जानकारी दिएका छन् । ५० करोड देखी ९९ सय करोड रुपैयाँ सम्मको चुक्ता पुँजी भएको १६९ वटा कम्पनी दर्ता भएका छन् । ५० करोड रुपैयाँ भन्दा कम चुक्ता पुँजी भएको १ लाख ९३ हजार ३४ कम्पनी दर्ता भएको रोकायाले बताए ।
सिटी एक्सप्रेस फाइनान्सको हकप्रद सेयर भदौ १ देखि निष्कासन हुने
काठमाडौं । सिटी एक्सप्रसे फाइनान्स कम्पनी लिमिटेडले भदौ १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन १६७ प्रतिशत अर्थात २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बन्द असोज ४ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैया पुग्ने छ । हाल १५ करोड रुपैयाँ चुक्तापुँजी छ । साउन २० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउने छन् ।
एनसीसी बैंकको हकप्रद सेयर निष्कासन भदौ ४ देखि
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले भदौ ४ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापुँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पुँजी नपुरउनेमा एनसीसी बैंक मात्र भएको छ ।
सिटिजन बैंकको एफपीओ आजदेखि खुला, २३०० कित्तासम्म भर्न पाइने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते शुक्रबार र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । ४ दिनभित्र पनि एफपीओमा पर्याप्त आवेदन नपरे संस्थागत लगानीकर्तालाई खुला हुने बैंकले जनाएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट दरखास्त फारम लिने तथा बुझाउने व्यवस्था रहेको छ । एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।