विकासन्युज

जनता बैंकको थप दुई शाखा मोरङ र रोल्पामा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दुई नयाँ शाखाबाट कारोवार शुरु गरेको छ । यी दुई शाखा सहित बैंकको शाखा सञ्जाल १२१ पुगेको छ । साथै, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । बैंकको हाल ५९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र ५४ अर्ब ८ करोड रुपैयाँ कर्जा कारोवार रहेको छ ।

महालक्ष्मी विकास बैंकले शुरु गर्यो निःशुल्क मेहेन्दी कार्यक्रम, विभिन्न ६ शाखाबाट लगाइने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । बैंकले साउन महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो । आइतबारबाट शुरु भएको उक्त कार्यक्रम बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै सञ्चालन हुने छ । बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ । यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्नेछन् । बैंकले साउन १३ गते बसुन्धारा शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । साथै, बैंकले क्रमश: महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा साउन १४ देखि साउन १८ सम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने छ ।

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ललितपुरको सानेपामा ९५औँ शाखा विस्तार गरेको छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिव १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छिन् । बैंकको स्थापनाकाल देखिनै कार्यरत शर्माले यस दौरानमा कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एस एम ई जस्ता क्षेत्रमा उलेख्य काम गरिसकेकी छिन् । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

गरिमा विकास बैंक र मुनाल बचत ऋण सहकारीबीच रेमिटेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र पोखरको मुनाल बचत तथा ऋण सहकारीबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुनाल बचत सहकारीका ग्राहकले गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सक्नेछन् ।

संस्थापक लगानीकर्तालाई नेपाल बैंकको एफपीओ खुला, स्वामित्व घटाउन लागेको सरकारले किन्ला त ?

काठमाडौं । नेपाल बैंकको बिक्री नभएको थप सेयर निष्कासन (एफपीओ) संस्थापकलाई खुला गरिएको छ । भोली मंगलबारदेखि बिहीबारसम्म ३ दिन संस्थापक लगानीकर्तालाई खुला गरिएको हो । सोमबारसम्म बैंकको २ अर्ब ७५ करोड रुपैयाँ एफपीओ बिक्री भएको छ । संस्थापक लगानीकर्तामा सरकार र केही सर्वसाधारणको मात्र स्वामित्व रहेकाले एफपीओ बिक्री हुने संभावना न्युनछ । सरकारले आफनो स्वामित्व ६२.२१ प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा ल्याउन एफपीओ निष्कासन गरेकाले खरिद गर्ने संभावना नदेखिएको हो । एफपीओ बाँडफाँडपछि बैंकमा सर्वसाधारणको ३७.७९ बाट ४९ प्रतिशत हिस्सा रहने छ । संस्थापकको निष्कासनपछि एफपीओ बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रवन्धक धु्रब तिमल्सिनाले बताए । बाँडफाँडबाट बाँकी रहेको एफपीओ ८ वटा अण्डरराइटरले खरिद गर्नेछन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् । कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ बैंकको एफपीओमा लगानी गरेको छ । संगठित संस्थाबाट सबैभन्दा बढी एफपीओ किन्नेमा संचय कोष भएको छ। बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकको थप ३ शाखा सञ्चालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ३ स्थानमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले चितवनको टांडी, महोत्तरीको बर्दिबास र धनुषाको बिरेन्द्र बजारमा शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हाे। उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । बैंकले नयाँ शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । त्यस्तै, बैंकको गत असार मसान्तमा कुल निक्षेप ६१ अर्ब ३२ करोड तथा कुल कर्जा ५५ अर्ब रुपैयाँ पुगेको छ ।

एजुकेसन फेयरले फस्ट ह्याण्ड इन्फरमेसन दिन्छ- शालिकराम भण्डारी

सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाडाैं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा, पर्सा, धरान, कावासोती तथा अष्ट्रेलिया स्थित सिड्नी र पर्थमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही साउन १७ गते होटल अन्नपूर्ण काठमाण्डौंमा ‘द नेक्स्ट अष्ट्लियनएजुकेसन फेयर-२०१८’ आयोजना गर्न गइरहेको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश: शालिकराम भण्डारी, कार्यकारी निर्देशक, द नेक्स्टएजुकेसन कन्सलटेन्सि एजुकेसन फेयरको आवश्यकता किन छ ? वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँनयाँ एकेडेमिक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समयक्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ । यसका लागि उ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सुचना र परामर्श प्रदान गर्छ । अष्ट्रलिया कै कुरा गर्ने हो भने पनि त्यहाँ आवश्यकता अनुसार शैक्षिक नीतिनियम र शैक्षिक विषयहरु परिवर्तन भइरहन्छन् । यस्ता कुराहरु बारे विद्यार्थीहरुलाई समयमै र एउटै थलोमा जानकारी प्रदान गर्न फेयरको आवश्यकता पर्दछ । पछिल्लो समय विदेशका विश्वविद्यालय र कलेजहरु लक्षित फेयरहरु निरन्तर भइरहेका देखिन्छन् । फेयरलाई विद्यार्थीले कसरी बुझ्ने ? फेयर के हो र कति किसिमका हुन्छन् ? मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सि एक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागि गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदानगर्ने अभ्यास छ । एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग विद्यार्थीहरुले विश्वविद्यालय र कलेजको विषयमा सोझो सोझो संवादगर्न पाउनु भनेको ‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो । यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् । द नेक्स्टले विगतमा पनि एजुकेसन फेयर गरेको थियो । विगतको अनुभव कस्तो रह्यो ? हामीले अष्ट्रलियन एजुकेसन फेयर गर्दै आएका छौं । एउटा कन्सलटेन्सिले आयोजना गरेको फेयरमा २५ भन्दा बढी अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थिती हुनु निकै सकारात्मक विषय हो । नेक्स्टले गरेको फेयरहरु, अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थितिले मात्र होइन नेपाली विद्यार्थीहरुको सहभागिताका दृष्टिले समेत उच्च छ भन्ने मेरो विश्वास छ । यही साउन १७ गते विहिबार द नेक्स्ट एजुकेसन कन्सलटेन्सि मार्फत होटल अन्नपूर्ण काठमाण्डौंमा हुन गइरहेको ‘द नेक्स्ट अष्ट्रलियन एजुकेसन फेयर-२०१८’ कुनप्रकारको फेयर हो ? यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको पहलमा हुन गईरहेको छ । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्य भनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो । विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै इस्कलरसीपको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्यूसनफि र कलेजहरुको छनौट गरेर अष्ट्रेलियाजान सकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगिसकेपछि पनि उनीहरुले कुनै पनि समस्याझेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौ । द नेक्स्ट अष्ट्रलियनएजुकेसन फेयर-२०१८ मा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनुहुने छ । फेयरमा अष्ट्रेलियाकाकुनकुनविश्ववद्यालय र कलेजहरुको उपस्थिति रहने छ ? फेयरमा अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफताजमानिया, साउथेन क्रस युनिभर्सिटी लगायतको उपस्थिती रहनेछ । फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदानगर्ने आई.एल.टि.एस अध्ययन प्रोसेसिङ्ग लगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्तगर्न सक्नेछन् । अष्ट्रेलियन एजुकेसनसँग सम्विन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिनदिँदै आउनु भएको छ, फेयर नै किनगर्नु पर्यो? द नेक्स्टमा १०/१२ जना काउन्सिलरहरु हुनुहुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्श दिँदै आउनुभएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वा युनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्ष रुपमाकलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन । अष्ट्रेलियाजाने विद्यार्थीहरुले कुनकुन कुरामाविशेष ख्याल पुर्याउनुपर्छ ? अष्ट्रेलिया जानुभन्दा अगाडि कुनविषयको अध्ययनले आफ्नो करिअर निर्माण हुन्छ भन्नेमाविद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामर्थ्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा इस्कलरसीप छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले इस्कलरसिप दिन्छन् ? यसबारेमा जानकारी लिनुपर्छ र सोहीअनुसार प्रोसेस गर्नुपर्छ । विदेशी कलेज र विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्चमागका कारण धेरै शैक्षिक परामर्शदाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ? द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदानगर्दै आइरहेका छौं । हामीकहाँआउने हरेक विद्यार्थीले सहीगाईड पाउँछन् । सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ । यसबाटपनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आई.एल.टि.एस.मात्र भएर पुग्दैन । अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्ससियल ब्याग्राउण्ड र उसको शैक्षिक सामर्थ्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं । हामीमार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नका लागि विद्यार्थीलाई धेरै कुरामा सजग गराउँछौं । द नेक्स्ट अष्ट्रेलियनएजुकेसन फेयर-२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ? द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वास प्रतिहामीआभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्तबनाउन चाहान्छौं । द नेक्स्टले यहीसाउन १७गते बिहिबार काठमाण्डौंको होटल अन्नपूर्णमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर-२०१८’मा सहभागी भइ दिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछौं । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो । खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधि सँगप्रत्यक्ष संवाद गरेर उत्कृष्ट कलेज वा युनिभर्सिटीको छनौट गर्न सक्नु हुनेछ । जसले विद्यार्थीहरुको भविश्य निर्माणमा सहयोग पुर्याउने छ ।