महालक्ष्मी विकास बैंकले शुरु गर्यो निःशुल्क मेहेन्दी कार्यक्रम, विभिन्न ६ शाखाबाट लगाइने

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । बैंकले साउन महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो । आइतबारबाट शुरु भएको उक्त कार्यक्रम बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै सञ्चालन हुने छ । बैंकले सो [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । बैंकले साउन महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो ।

आइतबारबाट शुरु भएको उक्त कार्यक्रम बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै सञ्चालन हुने छ । बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ ।

यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्नेछन् ।

बैंकले साउन १३ गते बसुन्धारा शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । साथै, बैंकले क्रमश: महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा साउन १४ देखि साउन १८ सम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने छ ।

Share News