सिण्डिकेट हटेपछि यातायात व्यवसायी धमाधम दर्ता हुन थाले, ५ महिनामा नै थपिए २८२ कम्पनी

<p>काठमाडौँ । सिण्डिकेट हटेको ५ महिनाको अवधिमा २८२ वटा नयाँ यातयात कम्पनी थपिएका छन् । यो समेत गरी यातायात व्यवसाय गर्ने कम्पनीको संख्या ९२२ पुगेको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ । गत चैतसम्म ६४० वटा मात्रै यातायात कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सरकारले यातायात समिति खारेज गरेर दर्ता गर्न र नयाँलाई धमाधम गाडी [&hellip;]</p>

काठमाडौँ । सिण्डिकेट हटेको ५ महिनाको अवधिमा २८२ वटा नयाँ यातयात कम्पनी थपिएका छन् । यो समेत गरी यातायात व्यवसाय गर्ने कम्पनीको संख्या ९२२ पुगेको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ । गत चैतसम्म ६४० वटा मात्रै यातायात कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए ।

सरकारले यातायात समिति खारेज गरेर दर्ता गर्न र नयाँलाई धमाधम गाडी सञ्चालनका लागि रुट इजाजत दिन थालेपछि संगठित रुपमा व्यवसायी दर्ता हुने क्रम बढेको रजिष्टार कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो समयमा मयुर यातायात, अन्नपुर्ण यातायात, महानगर यातायात, सुर्यौदय, सिटीलगायत यातायात दर्जनौं कम्पनीले काठमाडौं उपत्यका र बाहिर बस सञ्चालन गरिरहेका छन् । वस सञ्चालन गर्न नयाँ कम्पनी आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
यसैगरी अन्य व्यवसाय सञ्चालनका गर्नका लागि दर्ता गर्न आउने कम्पनीको संख्या बढेको छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि २०७४/०७५ सम्म रजिष्ट्रार कार्यालयमा १ लाख ६८ हजार २८२ वटा कम्पनीले कम्पनी दर्ताका लागि निवेदन दिएका थिए । जसमा ६८ हजार ४३६ वटा मात्रै दर्ता भएको रजिष्ट्रार कार्यालयले जनाएको छ । विभिन्न कारणले ९९ हजार ८४६ वटा कम्पनीहरु दर्ता हुन सकेन्न ।

अर्थिक वर्ष २०७१/०७२ मा ३३ हजार ३३७ वटा कम्पनी रजिष्ट्रार कार्यालयमा परेको निवेदन मध्य १८ हजार ७३७ वटा मात्रै कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २६ हजार ६२० वटा दर्ता हुन सकेन्न ।

अर्थिक वर्ष २०७२/०७३ मा ३८ हजार १९२ वटा कम्पनी दर्ताका लागि कार्यालयमा निवेदन परेको थियो । जसमध्य १४ हजार ८५९ वटा मात्रै कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २३ हजार ३३३ वटा दर्ता हुन सकेन्न ।

अर्थिक वर्ष २०७३/०७४ मा ४५ हजार ३५७ वटा कम्पनीले रजिष्ट्रार कार्यालयमा दर्ताका लागि निवेदन दिएका थिए । जसमध्ये १८ हजार ७३७ वटा मात्रै कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २६ हजार ६२० वटा दर्ता हुन सकेन्न ।

अर्थिक वर्ष २०७४/०७५ मा ५१ हजार ३९६ वटा कम्पनीको रजिष्ट्रार कार्यलयमा दर्ताका लागि निवेदन परेको थियो । जसमध्ये ३३ हजार ३३४ वटा मात्रै कार्यालयमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २९ हजार ६२ वटा दर्ता हुन सकेन्न ।

रजिष्ट्रार कार्यलयको सूचना अधिकारी धर्मराज रोकायाले १ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका १४९ कम्पनी दर्ता भएको जानकारी दिएका छन् । ५० करोड देखी ९९ सय करोड रुपैयाँ सम्मको चुक्ता पुँजी भएको १६९ वटा कम्पनी दर्ता भएका छन् । ५० करोड रुपैयाँ भन्दा कम चुक्ता पुँजी भएको १ लाख ९३ हजार ३४ कम्पनी दर्ता भएको रोकायाले बताए ।

Share News