विकासन्युज

संसदमा प्रस्तुत नागरिकता विधेयक अपूरो रहेको भन्दै सुधार गर्न एनआरएनए थाइल्याण्डको माग

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको महिला फोरमले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न हालै नेपालको संसदमा प्रस्तुत मस्यौदा विधेयक अपूरो रहेको भन्दै यसमा सुधार गर्न संसद र सरकारको ध्यानाकर्षण गरेको छ । नागरिक ऐनको यस मस्यौदाले गैरआवासीय नेपाली महिला र पूराना पुस्ताका गैरआवासीय नेपालीहरुका मागहरु नसमेटिएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गरेको छ । महिला फोरमले आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा संसद निरु पालले  एनआरएनए थाइल्याण्डले नागरिकताको विषयमा उठाएका मागहरु जायज भएको बताइन । उनले यसमा सकारात्मक परिणाम ल्याउनका लागि आफूले सक्दो पहल गर्ने बताइन । पूर्वमन्त्री भगवती चौधरीले नागरिकताका सम्वन्धमा गैरआवासीय नेपालका माग र चासोलाई सरकार र संसदसम्म पुर्याउने बताइन । एनआरएनए थाइल्याण्ड महिला फोरमकी संयोजक मेघा चन्दले नागरिकता ऐनको हालको मस्यौदामा विदेशमा रहेका नेपाली चेलीहरुका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रष्ट व्यवस्था गर्नुपर्ने माग राखिन । त्यस्तै, दोस्रो विश्व युद्धताका बर्मा हुँदै थाइल्याण्ड र मलेसिया पुगेर बसोबास गर्दै आएका दोस्रो र तेस्रो पुस्ताका नेपालीहरुको बारेमा प्रस्तावित मस्यौदा मौन रहेको भन्दै उनले यस विषयलाई पनि प्रस्तावित ऐनमा प्रस्टरुपले समेट्न नेताहरुलाई आग्रह गरिन । थाइल्याण्ड र मलेसियामा बस्दै आएका यस्ता नेपालीहरुसँग पुख्यौली कागजहरु नभएकोले नेपाली नियोग र स्थानीय गैरआवासीय नेपाली संघको सिफारिसमा गैरआवासीय नागरिकता दिने व्यवस्था गर्न चन्दले लिखित सुझाव समेत दिएन । ’सम्बृद्ध नेपालका लागि गैरआसीय नेपालीका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा नेपाल पोलिसी इन्ष्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले विश्वभरि छरिएर रहेका नेपाली विशेषज्ञहरुले नेपालको विकासका लागि अनुसन्धान गरि  अल्पकालीन र दिर्घकालिन वैकल्पिक नीतिहरु उपलब्ध गराएर सहयोग गर्न एनआरएनएले भर्खरै पोलिसी इन्स्टिटुटको स्थापना गरि अगाडी बढेको जानकारी गराए । किङग मङ्ग्कुट विश्वविद्यालयमा प्राध्यापक ढकालले नेपालको आर्थिक समृद्दिको लागि नेपाल बाहिर रहेका नेपालीहरु आर्थिक कुटनीतिको प्रवर्धन, ज्ञान, प्रविधि र सीप हस्तान्तरण गर्न पनि सक्षम र इच्छुक रहेको बताए । गैरआवासीय नेपाली संघ थाइल्याण्डका सल्लाहकार अमृत श्रेष्ठले व्यापार र लगानी प्रवद्र्धन गर्न एसियाका विभिन्न देशहरुमा भएका राम्रा अभ्यासहरु गैरआवासीय नेपालीमार्फत नेपाल सरकारले उपयोग गर्नसक्ने बताए । एनआरएनए थाइल्याण्डका अध्यक्ष अस्सजित अवालेले नेपालको पर्यटनमा थाइल्याण्ड एउटा ठूलो सम्भावना रहेको बताए । पर्यटकको सुविधाको लागि नेपालको त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल र स्थानीय विमानस्थलमा छोटो हिडेर जान मिल्ने बाटो खोल्न उनले सुझाव दिए । एनआरएनए थाइल्याण्डका महासचिब रवि महर्जनले एनआरएनए थाइल्याण्डले स्थानीय नागरिक अभियानसँगको साझेदारीमा गोरखा र दोलखाका ४० जना भूकम्प पीडित एवं उपेक्षित विद्यार्थीलाई १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति परियोजना सुरु गरेको बताए । कार्यक्रममा एनआरएनए थाइल्याण्डका संरक्षक डेविड खनाल, सल्लाहकारहरु भारती लिम्बुनी, कुमार कार्कीले प्रवासमा रहेर पनि नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न सफल भएको बताए । एनआरएनए थाइल्याण्डका उपाध्यक्षहरु महेन्द्र श्रेष्ठ, भविन्द्र बस्नेत, सागर लामा, कोषाध्यक्ष कान्छा गाबो गुरुङ, सहसचिव केशव आचार्य, कार्यकारी सदस्य अतिस श्रेष्ठ र एनआरएनए थाइल्याण्डका प्रतिनिधिहरुले अन्तरक्रियामा भाग लिएका थिए ।

धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिक स्थलमा प्रदूषण मापन

काठमाडौँ। तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो । सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा परीक्षण गरेर जानकारी दिने उपमहानगरले जनाएको छ । तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययनअनुसार वीरेन्द्र चोकमा वायुप्रदूषणको असर सबैभन्दा बढी भएको पाइएको छ । पुराना गाडीबाट निस्कने धँुवाले वायुप्रदूषण बढाएकाले घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्न ध्यान दिनुपर्ने सुझाव दिइएको छ । विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा बिरुवा लगाउने गरेको तर नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको डा चिरञ्जीवि खड्काले बताए । वायुप्रदूषणका दृष्टिले नेपाल अछुतो नभएको बताउँदै चेक रिपब्लिकका प्राध्यापक पावेलले जनतालाई यसबारे सचेत गराउनु आवश्यक रहेको बताए। “विश्वमा प्रतिक्युविक ५० माइक्रोमिटरसम्मको वायु प्रदुषणलाई सामान्य मान्ने गरेकामा तुलसीपुरमा तीन सय माइक्रोमिटरसम्म वायुप्रदूषण भएको पाइएकाले बाटो र घर सफा हुँदैमा वायुप्रदूषणको अवस्था राम्रो छ भन्ने हुँदैन” उनले भने। तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए। तुलसीपुर नगरलाई वायुप्रदूषणमुक्त बनाउनका लागि नगरका विभिन्न गल्लीमा बिरुवा लगाउने कामलाई निरन्तरता दिएको उनको भनाइ थियो । “हामीले गरेको फोहरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन,” नगरप्रमुख पाण्डेले भने। रासस –––

डाबर गुलाबरी तीज महोत्सव आजबाट शुरु

काठमाडौं। डाबर नेपालको उत्पादन डाबर गुलाबरीले भृकुटीमण्डप प्रदर्शन हलमा आयोजना गरेको १७ औँ संस्करण “ तीज फेस्टिवल २०१८” प्रायोजन गरेको छ । महिला सशक्तिकरण र उद्यमशीलताको उद्देश्य राखेर आयोजना गरेको यो महोत्सवले चार दिन सम्म स्थानीय उद्यमी महिलाहरुले बनाएको उत्पादनहरुलाई प्रदर्शनमा राखेको छ । यो महोत्स “वुमन क्रिएसन सेन्टर”ले आयोजना गरेको हो र प्रदर्शनमा २०० भन्दा बढी स्टलहरु रहने छन् । डाबर गुलाबरी यो प्रदर्शनीको मुख्य प्रायोजक हो । डाबर गुलाबरी एउटा प्राकृतिक टोनर हो जसले छालालाई गहिराईसम्म सफा गर्छ र छाला बिगार्ने तत्वहरुबाट छालालाई बचाउँछ । डाबर गुलाबरीलाई सीधा छालामा तथा फेसप्याकसँग मिसाएर लगाउनुहोस् र यसबाट पाउनुहुनेछ गुलाफ जस्तै कमलो छाला , यो सबै किसिमको छालाको लागि १०० प्रतिशत प्राकृतिक ,सुरक्षित र असरदार छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक. लि र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

काठमाडौ। नेपाल इन्भेष्टमेन्ट बैंक लि र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बीच d+unबार ​बैंकासुरेन्स​ सेवा उपलव्ध गराउने सम्झौता सम्बन्धी हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा​​ नेपाल इन्भेष्टमेन्ट बैंक लि का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन्। जीवनवीमा प्रति आमसर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई वीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमा झ बैकि Ë साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ बैंकि Ë सेवा दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंक लि बीच भएको यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन्। सम्झौता अनुसार ग्राहकहरुले नेपाल इन्भेष्टमेन्टबैंक लि का सम्पूर्ण शाखाहरु बाट सो कम्पनीको जीवनबीमा लेख प्राप्त गर्न​, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवा प्राप्त गर्न सक्नेछन्। ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफइन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जिवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरुले नेपाल इन्भेष्टमेन्ट बैंक लि का ग्राहकहरु लाई पनि थप सुविधा प्रदान गर्नेछ।

भारतको विशाखापत्तनममा ३० हजार टन युरिया मल रोकियो, नेपालमा हाहाकार

काठमाडौं । रेल नपाएपछि ३० हजार टन युरिया मल भारतको विशाखापत्तनममा रोकिएको छ । हाल धान खेतीको टप ड्रेसिङको समयका कारण युरिया मलको माग अत्याधिक भएको बेला रेल्वे र्याक नपाउदा आपूर्तिमा ढिलाइ भएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीले ग्लोबल टेण्डरबाट इण्डियन पोटास लिमिटेडसंग ३० हजार टन युरिया मल खरिद गरेको हो । निर्धारित समयमा युरिया मल विशाखापत्तनममा आएपनि रेलको र्याक नपाउदा आपूर्ति हुन नसकेको कम्पनीले स्पष्टपारेको छ । मल बोकेको रेल्वे र्याक भदौ ९ र १० गते मा २ हजार ५०० टन नौतनवा, भैरहवा र २ हजार ५०० टन आईसीडी वीरगञ्जमा आईपुग्ने कम्पनीले जानकारी गराएको छ । बाँकी मल निरन्तर आउने कम्पनीले जानकारी गराएको छ । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । यता बाँकेमा रासयनिक मल अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री र साल्ट ट्रेडिङमा हाल एक बोरा युरियासमेत मौज्दात छैन । केही मात्रामा डिएपी र पोटास मात्रै छ । कृषि र साल्ट ट्रेडिङमा आउने कृषक निराश भएर घर फर्किने गर्छन् । पन्ध्र दिनअघि नै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताए। “ किसान दैनिक युरिया मलका लागि आउँछन्, हामीसँग एक बोरा पनि छैन,” उनले भने। जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले बताए ।

सिरियामा भिषण युद्धको तयारी गर्दै रुस/अमेरिका, ६३ हजार रुसी सेना मैदानमा

मस्को । रासस/एएफपी । रुसले सिरियामा भइरहेको द्धन्द्धका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । “उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेका छन्,” मन्त्रालयका अधिकारीले भनेका छन् । रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिए । सन् २०११ देखि शुरु भएको सिरिया युद्धमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन् । सिरिया युद्धमा रुसले बसर अल असदको सरकारलाई सघाउँदै आएको छ भने अमेरिकाले बिद्रोहीलाई सघाउँदै आएको छ । सिरियामा असद सरकार र उसका बिरोधीहरुका बिचमा युद्ध भैरहेको देखिएपनि त्यसको पर्दा पछाडी भने रुस र अमेरिका एक अर्का विरुद्ध लडिरहेका छन् । रुसले असदको सत्ता जोगाउनुलाई आफ्नो अस्थित्व रक्षा ठानेको छ भने अमेरिकाका लागि असदको सत्ता पल्टाउनु प्रतिष्ठाको बिषय बनेको छ ।

हिमालय कलेज अफ इञ्जिनियरिङमा पढ्ने विद्यार्थीलाई ८० प्रतिशत ऋण सुबिधा

काठमाडौं । इन्जिनियरिङ अध्ययनको तयारी गर्दै हुनुहुन्छ ? इन्जिनियर बन्ने चाहानामा कतै पैसाको कमिले अवरोध त उत्पन्न भएको छैन ? अध्ययन गर्नका लागि पैसा छैन ? अब चिन्ता नलिनुस हिमालय कलेज अफ इन्जिनियरिङले समस्याको समधान गरिदिने भएको छ । उसले पैसा नहुने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कलेजले एनएमबी बैंकको सहकार्यमा न्युनतम ४० देखि ८० प्रतिशतसम्म शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । प्रवेश परीक्षा उर्तिर्ण गरेका विद्यार्थीले भर्ना भएपछि नै एनएमबी बैंकबाट ऋण लिन प्रक्रिया सुरु गरिदिने कलेजका निर्देशक पुर्णभद्र अर्यालले बताए । यस्तो व्यवस्था नेपालमा पहिलो पटक भएको उनले जानकारी दिए । सकेसम्म विद्यार्थीको अभिभावकको घरजग्गा धितो वा नभए एसएलसी र प्लस टु प्रमाणपत्र धितोमा बैंकबाट कर्जा उपलब्ध हुने उनले जानकारी दिए । “अब पैसा नभएर विद्यार्थीले इन्जिनियर बन्न नपाउने अवस्थाको अन्त्य हुने छ” अर्यालले भने । ऋण लिने विद्यार्थी लगातार पास हुनु पर्नेछ । शैक्षिक कर्जाको ब्याजदर भने सस्तो हुने उनले बताए । उनले अहिले नै यति भन्न नसकिने स्पष्टपारे । कलेजले पहिलो चरणमा एनएमबी बैंकसंग बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेशन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कर्जाको व्यवस्थापन गर्न लागेको हो । यो विषय अध्ययन गर्न ९ लाख रुपैयाँ लाग्ने उनले बताए । कलेज ललितपुरको च्यासलमा रहेको छ । यसका अतिरित्त कलेजमा बीई सिभिल, कम्प्युटर र आर्किटेक्चर विषयमा स्नातक अध्ययन हुने छ । सामाजिक उतरदायित्व वहन गर्दै कलेजले सुलभ र सस्तो कर्जामा इन्जिनियर बनाउने योजना ल्याएको उनको भनाई छ । यता सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर व्यवसायिक कर्जा योजना लागु गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिकसम्बन्धी विधेयक टेबुल,६० हजार ९७०

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक टेबुल गरेका हुन् । विधेयकमा प्रदेश सरकारका मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९७०, मन्त्रीको ५४ हजार, राज्यमन्त्रीको ५१ हजार र सहायकमन्त्रीको ४९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यसैगरी विधेयकमा मुख्यमन्त्री तथा मन्त्रीको आवास सुविधा र फर्निचर जस्ता सुविधाबापत पाउने रकम पनि उल्लेख गरिएको छ । रासस