काठमाडौं। डाबर नेपालको उत्पादन डाबर गुलाबरीले भृकुटीमण्डप प्रदर्शन हलमा आयोजना गरेको १७ औँ संस्करण “ तीज फेस्टिवल २०१८” प्रायोजन गरेको छ । महिला सशक्तिकरण र उद्यमशीलताको उद्देश्य राखेर आयोजना गरेको यो महोत्सवले चार दिन सम्म स्थानीय उद्यमी महिलाहरुले बनाएको उत्पादनहरुलाई प्रदर्शनमा राखेको छ । यो महोत्स “वुमन क्रिएसन सेन्टर”ले आयोजना गरेको हो र प्रदर्शनमा २०० भन्दा बढी स्टलहरु रहने छन् ।
डाबर गुलाबरी यो प्रदर्शनीको मुख्य प्रायोजक हो । डाबर गुलाबरी एउटा प्राकृतिक टोनर हो जसले छालालाई गहिराईसम्म सफा गर्छ र छाला बिगार्ने तत्वहरुबाट छालालाई बचाउँछ । डाबर गुलाबरीलाई सीधा छालामा तथा फेसप्याकसँग मिसाएर लगाउनुहोस् र यसबाट पाउनुहुनेछ गुलाफ जस्तै कमलो छाला , यो सबै किसिमको छालाको लागि १०० प्रतिशत प्राकृतिक ,सुरक्षित र असरदार छ ।