सहयोगी विकास बैंकले हिरोको दुई चक्के सवारीमा ५० प्रतिशतसम्म लगानी गर्ने
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुई चक्के सवारी साधनमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग सम्झौता सम्पन्न गरेको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इन्टरप्राइजेजको तर्फबाट प्रोप्राईटर उदिप नारायण महतोले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार शान्ति अटो इन्टरप्राइजेजले विक्री गर्ने हिरो ब्राण्डका दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी शान्ति अटो इन्टरप्राइजेजले समेत सघाउनु पर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले ग्राहकहरुलाई फाइदा होस् भन्ने हेतुले बैंकले यस्तै अन्य कम्पनीसँग पनि सम्झौता गरिसकेको बताएका छन् ।
इकार्डीकी श्रीमतिसँग म्यारोडोनाको रोमान्स्, यस्तो छ ट्रयाङगुलर लभ स्टोरी (भिडियोसहित)
काठमाडौं । अर्जेन्टिनाका महान खेलाडी डियोगो म्याराडोनाले अर्जेन्टिाइन मोडेल वान्डा नारासँग रोमान्स् गरेको खुलासा भएको छ । म्याराडोनाले सन् २००६ मै नारासँग एक होटलमा रात बिताएको अर्जेन्टिनाका टेलिभिजनले खुलासा गरेको हो । नारा २००६ अघि नै मोडल पेशामा रहेकी थिइन । त्यसै बेला म्याराडोनासँग ‘द कोस्टा गालान होटल’मा बसेको कुरा बाहिरिएपछि उनलाई टेलिभिजनले कार्याक्रममा प्रतिवन्ध लगाएको थियो । अर्जेन्टाइन टिभी स्टार मिर्था लेग्रान्डले भनेकी छिन् -‘म्याराडोना र नाराको लभ स्टोरी यसरी चर्कियो कि मैले कति दिन राम्ररी निदाउन सकिन ।’ लेग्रान्डले टिभी कार्यक्रम ‘ला नोचे डे र्मिथा’मा भनेकी छिन् -“नाराले मलाई आएर सोधिन मलाई किन कार्यक्रममा नबोलाएको ? मैले प्रतिक्रिया दिदैं भने जो म्याराडोनासँग रातभर बस्यो, म रातभर सुत्न सकिन किनभने शहरमा धेरै हो-हल्ला मच्चियो । उनीहरु गए तर के गरे त्यो मलाई थाहा छैन । तर त्यो सत्य हो । र म त्यसको म साक्षी हुँ ।” नारा पहिले बार्सिलोनाका पुर्व खेलाडी माछी लोपेससँग विवाह गरी तीन सन्तान जन्माएकी थिइन । लोपेजसँग सम्बन्धमा रहँदा रहदै इन्टरमिलानका माउरो इकार्डीसँग प्रृम सम्बन्धमा परे । लोपेजसँग सम्बन्ध विच्छेद गर्दै इकार्डीसँग विवाह गरेकी थिइन । यसपछि लोपेज र इकार्डीबिच सम्बन्ध बिग्रिएको थियो । लोपेज र इकार्डी दुबै इटालियन क्लबबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । लोपेजले इकार्डी विरुद्धको खेलमा हात नमिलाएपछि उनीहरुबिच पानी बाराबारको सम्बन्ध रहेको स्पष्ट भएको छ । लोपेज र लियोनल मेसी बार्सिलोनामा सगसँगै खेल खेलेका थिए । लोपेजकै अनुरोधमा मेसीले इकार्डीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गर्न नमानेको समाचार बाहिर आएको थियो । हाल अर्जेन्टिनाका नयाँ प्रशिक्षक लियोनल स्कालोनीले इकार्डीलाई टोलीमा समावेस गरेपछि मेसी रिसाएको हुन सक्ने अनुमान गरिएको छ । आगामी सेप्टेम्बर अमेरिकाको लस एन्जलसमा हुने ग्वागेमाला विरुद्ध हुने खेलमा मेसी सहित सर्जियो अग्युइरोलाई आराम दिइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
युनाईटेड सिमेन्टले फेरी ल्यायो विशेष योजना, १५ बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा
काठमाडौं । के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी पुनः विशेष योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकले हरेक १५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सिमेन्ट सित्तैमा पाउने छन् । यो भन्दा अगाडि पनि यहि योजना ल्याएको यस सिमेन्टले ग्राहकहरुको साथ ममता तथा विश्वासको सम्मान स्वरुप फेरी यो योजना ल्याएको कम्पनीले जनाएको छ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पुर्याउने कम्पनीको विश्वास छ । यस यूनाइटेड सिमेन्टकाे ललितपुरको लेले स्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको छ । जहाँबाट अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी निरन्तर रुपमा ग्राहकहरु माझ वितरण गरिरहने कम्पनीकाे प्रतिबद्धता रहेकाे छ ।
आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच क्यासलेस सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेजको तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म वीरगंजको पर्सामा रहेको नेशनल मेडिकल कलेजबाट नगद रहित अन्तरंग सेवा पाउने छन् । इन्स्योरेन्सले स्वास्थ्य सेवामा ग्राहकको पहुँच सजिलो बनाउने लक्ष्यका साथ नगद रहित अन्तरंग सेवा(हस्पिटलाईजेसन) स्वास्थ्य बीमा योजना अगाडि ल्याएको हो । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने इन्स्योरेन्सको उद्देश्य रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकमा सीईओ र डेपुटी सीईओ पद रिक्त, सुयोग श्रेष्ठ सीईओ बन्दै
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डपुटी सीईओ दुबै पद खाली भएको छ । प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल गत असार अन्त्यमा सकिएको हो भने डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिई प्रभु बैंकको सीसीओमा नियुक्ती पाएका छन् । पौडेलले उक्त संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा चार कार्यकाल काम गरिसकेका थिए । राष्ट्र बैंकको नियम अनुसार उनलाई पुर्ननियुक्ती गर्न नमिल्ले अवस्था थियो । पौडेलको अवकासपछि डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिएका छन् । थकालीलाई सीईओ बनाउने विषयमा सञ्चालक समितिमा एक मत हुन नसकेपछि उनले राजीनामा दिएका थिए । उनी प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृतमा नियुक्त भैसकेका छन् । स्रोतका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सुयोग श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरिरहेको छ । ‘निर्णय भएको छैन तर छलफल सकारात्मक छ । यसै साता निर्णय हुन्छ’ सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । श्रेष्ठ यसअघि लामो समय एस डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उक्त बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएपछि श्रेष्ठ खाली थिए ।
सानिमा लाइफमा एनआरएनहरुले २५ लाख रुपैयाँको बीमा गर्न सक्छन्- केशवराज केसी
केशब राज केसी, नायब महाप्रबन्धक-सानिमा लाइफ इन्स्योरेन्स सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको असार मसान्तसम्मको प्रगति कस्तो रह्यो ? हामीले २०७४ साल मंसिर २२ गते कम्पनीको उद्घाटन गरेका थियौं । असार मसान्तसम्ममा ९ करोड ४४ लाख प्रिमियम संकलन गरियो । यति प्रिमियम संकलन गर्दा नयाँ कम्पनीमध्ये हामी पुछारबाट दोश्रो भएका छौं । हामीले १० करोडको प्रिमियम संकलन गर्ने योजना बनाएका थियौं । सानिमा लाइफले करिब आफ्नो उदेश्य अनुसार उपलब्धि हासिल गर्न सफल भएको छ । हामीले २२ वटा शाखा स्थापना गरिसकेका छौं । सातवटै प्रदेशमा शाखा खोली सकेका छौं । कतिवटा प्रडक्ट बजारमा पुगेका छन् र अन्य कम्पनीका प्रडक्ट भन्दा कति फरक छन् ? हामी अहिले पाँचवटा प्रडक्ट बेचिरहेका छौं । तीमध्ये बालबालिका केन्द्रित सानिमा बाल सौगात भन्ने पोलिसी अरुभन्दा भिन्न छ । अहिलेसम्म कसैले पनि सुरुमै बोनस दिएका छैनन् । हामीले यो पोलिसीमा ६५ बोनस घोषणा गरेका छौं । यो पोलिसीले बालबालिकाको उच्च शिक्षाका लागि पनि सहयोग गरोस् भन्ने सोच बनाएका छौं । १६ बर्षमा एसईई पास गर्नेहरुले १७ औं देखि २० औं जन्मोत्सबसम्म जति रकमको बीमा गरेको हो त्यसको २० प्रतिशतका दरले पैसा दिन्छौं । २१औं जन्मोत्सवमा चाँही बाँकी बोनससहितको रकम दिन्छौं । चार बर्षमा ८० प्रतिशत रकम फिर्ता गर्छाैँ । बाँकी २० प्रतिशत र पुरै बोनस २१औँ जन्मोत्सवमा फिर्ता गर्ने व्यवस्था छ । ३ महिनाको शिशुको पनि बीमा गर्न सकिन्छ । न्युनतम १० बर्षको समय सिमा चाँही आवश्यक पर्छ । २१ बर्षसम्ममा बीमाको लाभ लिईसकेको भएपनि अर्काे थप पाँच बर्ष चाँही अतिरिक्त जोखिम व्यहोरिदिन्छौं । त्यसका लागि थप प्रिमियम लिँदैनौं । साधारणतयः २१ बर्षको उमेर भनेको विदेश अध्ययन गर्न जाने लहरको हो । त्यसैले केहि सहयोग पुगोस भनेर ५ बर्ष अतिरिक्त जोखिम बहन गरिदिएका हौं । नयाँ प्रडक्ट के के ल्याउँदै हुनुहुन्छ ? केहि प्रडक्ट डिजाइन भैरहेको छ । एक्चुरीसँग छलफल भैरहेको छ । करिब ४ वटा प्रडक्टबारे तयारी गरिरहेका छौं । केहि समयभित्रै बजारमा ल्याउँछौं । के के फिचर छन् भन्नेबारे चाँही अहिले नै नबोलौं । तर बजारका अन्य प्रडक्ट भन्दा भिन्न र आकर्षक चाँही पक्कै पनि हुनेछन् । नेटवर्क विस्तारको योजना के छ ? अहिले २२ वटा शाखा सञ्चालनमा छन् । आर्थिक बर्ष २०७५।७६ मा थप ४५ वटा शाखा खोल्ने योजना छ । बीमा समितिबाट स्वीकृति पनि पाईसकेका छौं । जनशक्ति व्यवस्थापन कसरी गरिरहनु भएको छ ? इन्स्योरेन्स सम्बन्धी दक्ष जनशक्तिको अभाव छ भन्ने कुरा सबैले स्वीकार गरेका छन् । अलि पहिले सेवा आरम्भ गरेका नयाँ कम्पनीले पुराना कम्पनीका राम्रा मान्छे लगिसकेका थिए । हामी अलिपछि सेवा आरम्भ गर्ने कम्पनीमा पर्यौं । त्यसकारण हामीले खासै मानिस पुराना कम्पनीबाट ल्याउन पाएनौं । फरक फरक कम्पनीबाट मानिस ल्याउँदा फरक फरक कार्य शैलीका कारण समस्या आउने सम्भावना पनि देखियो । त्यसकारण हामीले नयाँ मानिस लिएर काम गराईरहेका छौं । यसरी आफ्नै योजना र कार्यशैली अनुसार जनशक्ति उत्पादन गरेर अघि बढ्ने योजना छ । नेपालमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ, लाइफ इन्स्योरेन्स कम्पनी कसरी अघि बढ्छ ? पक्कै पनि नेपालका सन्दर्भमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ । सानिमाको इमेजलाई हामीले अझै बढाउँछौं । उर्जा कम्पनीदेखि बैंक हुँदै नन लाइफ र लाइफ इन्स्योरेन्ससम्म आईपुगेको छ यो नाम । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पनि अरुले जसरी नै ब्राण्ड इमेज बनाउँदै जानेछ । लाभदायी पोलिसी र राम्रो सर्भिस मार्फत ब्राण्ड इमेजलाई बढाउँदै लैजान्छौं । सानिमा बैंक, सानिमा जनरल इन्स्योरेन्स र सानिमा लाईफबीचको संस्थागत सम्बन्ध के हो ? यी सबै स्वायत्त संस्था हुन् । सानिमा लाइफ र जनरलमा सानिमा बैंकको संस्थागत लगानी छ । तर कार्य सम्पादनमा एकले अर्काेलाई हस्तक्षेप गर्दैनन् । लाइफमा ३८ जना जति प्रमोटर छन्, जनरलमा १९ जना प्रमोटर छन् । कम्पनीमा प्रबिधीको प्रयोग कसरी गरिरहनु भएको छ ? सानिमा लाइफले प्रबिधीको धेरै उपयोग गर्ने प्रयास गरिरहेको छ । हामीले देशभरका शाखाहरुको सूचना एकै पटक प्राप्त गर्न सकिने व्यवस्था गरिरहेका छौं । कुनै शाखाले एउटा प्रपोजल इन्ट्री गराउने वित्तिकै केन्द्रमा जानकारी प्राप्त हुन्छ । हामी तीन देखि चार महिनाभित्र सानिमा लाइफलाई पेपरलेश बनाउने प्रयासमा छौं । सानिमा लाइफको आईपीओ कहिले आउँछ ? पहिला असार मसान्तसम्मको वित्तिय विवरण तयार गर्नुपर्नेछ । वित्तिय विवरणलाई बीमा समितिबाट पास गराएर बार्षिक साधारण सभामा लैजान्छौं । साधारणबाट आईपीओको प्रस्ताव पारित गराउँछौं । फटाफट काम भयो भने यहि आर्थिक बर्षमा पनि आइपीओ आउन सक्छ । कम्पनी सञ्चालनमा आएको लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको नियुक्तीमा किन ढिलाई भयो ? हामीले अनुभवी सिर्इअाे खोजीरहेका छौं । त्यसका लागि प्रयास पनि भैरहेको छ । विज्ञापन पनि गरेका थियौं तर हामीले सोचेको जस्तो व्यक्तिबाट आवेदन नै आएन् । इन्स्योरेन्स क्षेत्रमा अनुभव नभएका व्यक्तिहरु त आएका थिए तर हामीले चाहेका जस्तो व्यक्तिहरु आएनन् । हामीले अहिलेसम्म सोचे जस्तो व्यक्ति फेला पारेका छैनौं । पाउने वित्तिकै नयाँ सिर्इअाे नियुक्त हुन्छ । अहिले पनि हामी खोजी गरिरहेका छौं । मेरो कुरा गर्नुहुन्छ भने म सिर्इअाे बन्न यहाँ आएको होइन । मैले सिर्इअाे मलाई चाँहिदैन, दोश्रो पदभन्दा तल पनि बस्दिन भनेरै कम्पनीमा आएका हुँ । अभिकर्ताहरुको संख्या र सामर्थ्य कस्तो छ ? सानिमा लाइफले ११ सय जना अभिकर्ता तयार पारिसकेको छ । यी सबै हामीले आफ्नै प्रयासबाट उत्पादन गरेका हौं । हामीले एक जना अभिकर्ता पनि अरु कम्पनीबाट लिएका छैनौं । उनीहरुको सामर्थ्य कस्तो छ भन्ने बुझ्न चाँही केहि समय अझै कुर्नुपर्छ । थप पाँच सात महिनाको काम हेरेपछि उनीहरुको सामर्थ्य थाहा हुन्छ । जनशक्ति तानातानको प्रतिष्पर्धा कस्तो छ ? अहिले बीमा बजारमा जनशक्ति तानातानदेखि हरेक क्षेत्रमा प्रतिष्पर्धा छ । हामीले पनि अरु कम्पनीका कर्मचारी तानेका छौं । हाम्रो कम्पनीका मानिस पनि अरु कम्पनीले लगेका छन् । हामीले ५० हजारमा ल्याएका कर्मचारीलाई अरुले ६० हजार दिएर लगेका छन् । कर्मचारी तानातानमा केहि कडाई गर्नुपर्ने कुरा पनि उठेको छ । तर हामीलाई मान्छे चाहिएको छ, काम चाहिएको छ । बजारमा जनशक्तिको अभाव छ । त्यसकारण १० हजार बढी तिरेर भएपनि कर्मचारी तानौं न भन्ने हुने रहेछ । हामीले अभिकर्ता चाँही शतप्रतिशत नै नयाँ तयार गरेका हौं । कर्मचारी चाँही केहि अरु कम्पनीबाट पनि ल्याएका छौं । म आफैं पनि अर्कै कम्पनीबाट आएको हुँ नी । बीमा बजारको प्रतिष्पर्धा चाँही कस्तो रहेछ ? गत बर्षको बजारलाई हेर्ने हो भने २४।२५ प्रतिशत बजार बढिरहेको देखिन्छ । म बीमा क्षेत्रमा आउँदा राजा महेन्द्रको भाई बुहारी हेलेन शाहको ३ लाख रुपैंयाँको बीमा गराउँदा सबै अचम्मित भएका थिए । म बीमा संस्थानमा थिएँ, सबैले वाफ रे वाफ ३ लाख रुपैंयाँको बीमा गरेको भन्थे । त्यो जमानाको अनुभव पनि बटुलेको छु । त्यतिबेला बीमा संस्थानले स्वास्थ्य परिक्षण नगरि कुनै पनि प्रपोजल स्वीकार गर्दैनथ्यो । हामीले एक जना साथीलाई भनेर २ हजारको म्यादी बीमाको फारम भर्न लगायौं । स्वास्थ्य परिक्षण शुल्क नै ३० रुपैंयाँ लाग्यो । उसले प्रिमियम २२ रुपैंया तिर्यो । कम्पनीलाई उल्टै ८ रुपैंयाँ घाटा लाग्यो । त्यसपछि स्वास्थ्य परिक्षण नगरी प्रपोजल लिने चलन बसेको हो । अहिले बजार यति माथी पुगी सक्यो की मेरो कम्पनीमै एक करोड ४० लाखका २ वटा बीमा पोलिसी बिकेको छ । उनीहरुले बार्षिक १० देखि १२ लाखसम्म प्रिमियम तिर्छन् । एक डेढ लाखका प्रपोजल त आउनै छाडिसक्यो । पाँच सात लाख भन्दा साना प्रपोजलको माग नै कम आउँछ । प्रतिष्पर्धा त बजारमा स्वभाविक नै हो । पुराना कम्पनी थिए, हामी नयाँ कम्पनी आयौं । अहिले बीमा सहभागीता ११ प्रतिशत पुगेको छ अर्थात ८९ प्रतिशत नागरिक अझै बीमाको पहुँच भन्दा बाहिर छन् । अहिले बीमा बजारमा प्रतिष्पर्धासँगै अवसर पनि ठूलै छ । सानिमा लाइफको लक्षित वर्ग चाँही कुन हो ? हामीले बिशेष लक्षित वर्ग बनाएका छैनौं । बढी भन्दा बढी नेपालीलाई बीमाको दायरामा ल्याउनुपर्छ भनेर प्रडक्ट बनाईरहेका छौं । औषतमा सबै नेपालीले सानिमा लाइफबाट बीमा गराउन सक्छन् । हरेक खालको आय भएका नेपालीलाई बीमा पोलिसी उपलब्ध गराउँछौं । एउटा नागरिकले बीमा कम्पनीमा आएर मेरो बीमा गराउनु पर्यो, के के छन् पोलिसी भन्ने दिन कहिले आउँला ? हाम्रो जस्तो बचतमा आधारित प्रडक्ट बढी बिक्ने देशमा नागरिकले बीमा कम्पनी खोज्दै हिड्ने दिन आउन समय लाग्छ नै । विदेशमा भने टर्म लाइफको योजना खोज्दै नागरिक बीमा कम्पनीसम्म पुगिरहेका हुन्छन् । हामीले बचतमुखी योजना बेच्नुपर्ने अवस्था छ । नेपालमा भने कमाई भएका बेलामा बीमा मार्फत बचत गरेका हुन्छन् । जागिरको अवधी सकिएपछि सरकारले नहेर्ने परिपाटी भएकाले कमाई भएका बेलामा बचत गर्ने नाममा बीमा गर्ने चलन हामी कहाँ छ । वास्तवमा बीमा भनेको जोखिम हस्तान्तरण हो । तर हामीले बचत वा लगानी दुबै समेत भन्ने गरेका छौं । यतिबेला चाँही बीमा भनेको जोखिम हस्तान्तरण र लगानी दुबै हो । एनआरएनहरुको बीमा गर्ने प्रक्रिया कहाँ पुग्यो ? कसरी हुन्छ ? सानिमा लाईफमा एनआरएनहरुको लगानी छ । उनीहरुको जीवन बीमा गर्नका लागि हामीले केहि पहल गरेका थियौं । एनआरएनहरुले पनि जीवन बीमा गर्न पाउनु पर्छ भनेका थिए । हामीले बीमा समितिसँग पनि छलफल गर्यौं । नन मेडिकल तर्फको २५ लाखसम्मको एनआरएनको बीमा गर्न सकिने निष्कर्ष आयो । अब एनआरएनहरुले नेपाली बैंकमा रहेको खाता मार्फत नेपाली रुपैंयाँमै प्रिमियम तिरेर बीमा गर्न सक्छन् । हामीले भुक्तानी गर्दा पनि नेपालमै रहेको बैंक खाता मार्फत नेपाली रुपैंयाँमा नै भुक्तानी गर्नेछौं । एनआरएनहरुको बीमा गर्छाै तर प्रिमियम पनि यहिँ लिन्छौं र भुक्तानी पनि यहिँ दिन्छौं । नेपाली कम्पनी, नेपालीमै कारोबार अनि नेपालीमै भुक्तानी दिन्छौं ।
नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, चुक्ता पुँजी ३२ करोड पुग्ने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत(१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद जारी पश्चात लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।
बेलायतको “चीभेनिङ छात्रवृत्ति” को लागि आवेदन खुला
काठमाडौं। यदि तपाईं आगामी २०१९-२० को लागि यूकेमा स्नातकोत्तर डिग्री अध्ययन गर्ने सोच्दै हुनुहुन्छ भने, द चिभिनिङ छात्रवृत्ति ले तपाईंलाई आवश्यक सहयोग प्रदान गर्न सक्छ। छात्रवृत्ति बेलायती राजदुतावास काठमाडौंद्वारा अगस्ट ६ मा घोषणा गरिएको थियो। दूतावासको अनुसार, उक्त छात्रवृत्तिले विद्यार्थीहरूलाई बेलायती विश्वविद्यालयहरूमा एक वर्षको मास्टर डिग्री अध्ययन गर्न मद्दत गर्नेछ। छात्रवृत्ति बलियो नेतृत्व क्षमता र बलियो शैक्षिक पृष्ठभूमि भएको व्यक्तिहरुलाई प्रदान गरिन्छ। यस छात्रवृत्तिले कुनै पनि विश्वविद्यालयमा कुनै पनि मास्टर डिग्री को लागि पूर्णरुपमा वित्तीय सहयोग प्रदान गर्दछ। छात्रवृत्तिले विशेष शैक्षिक, व्यावसायिक र सांस्कृतिक अनुभवहरूको एक विस्तृत श्रृंखलासम्म पहुँचको अनुमति दिने दूतावासको भनाई छ। नयाँ आवेदकहरु मध्य नेपालबाट नौ जनालाई छात्रवृत्ति प्रदान गरी बेलायती विश्वविद्यालयहरुमा अध्ययनको लागि पठाईने छ। अनलाइन आवेदन फर्म www.cheavening/org/apply मा आवश्यक कागजातहरूको साथमा नोभेम्बर 6 सम्म बुझाईसक्नु पर्नेछ।