दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो
वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३ सय ३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८ सय ५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५ सय ६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १ सय ९२ वटा मोटरसाइकल आयात भएका थिए । यसैगरी, चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका चार हजार ५ सय ९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका दुई हजार २ सय १८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
ब्रोकाउली किलोको ५५ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५४, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ४०, बन्दा (नरिबल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ६५, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५५, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४४०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १७५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ । यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रूपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ५० पैसा र बिक्रीदर ११३ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ५६ पैसा र बिक्रीदर चार रूपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८८ पैसामा विनिमय हुनेछ । साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९१ पैसा र बिक्रीदर नौ रूपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १० पैसा र बिक्रीदर १६ रूपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ८३ पैसा र बिक्रीदर २२ रूपैयाँ ९३ पैसा तोकिएको छ । त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८ रूपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रूपैयाँ ६५ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
नेपाल-भारत स्टार्टअप सहकार्य विस्तारमा निक्कीको पहल, नवप्रवर्तन संवाद सम्पन्न
काठमाडाैं । नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल-भारत स्टार्टअप संवाद आयोजना गर्दै नीति-निर्माताहरू, नवप्रवर्तन क्षेत्रका अगुवाहरू, सञ्चारकर्मीहरू तथा उदाउँदा स्टार्टअप संस्थापकहरूलाई एकै ठाउँमा ल्याएको छ। उक्त कार्यक्रमले सीमापार उद्यमशील सहकार्यमा महत्वपूर्ण कोशेढुंगा तय गर्ने पनि निक्कीले जनाएको छ। कार्यक्रममा इन्डिया-नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (इन्स्पान) को पहिलो समूहले सफलता पूर्वक भारतमा गरेको अनुभव तथा उपलब्धिलाई विशेष रूपमा सम्मानित गरिएको थियो। यो कार्यक्रम आइआइटिएम प्रवर्द्धक (आइआइटी मद्रास) को सहकार्य तथा भारत सरकारको परराष्ट्र मन्त्रालय को सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम अन्तर्गत २४ नेपाली स्टार्टअपहरूले आइआइटी मद्रासको नवप्रवर्तन इकोसिस्टममा ८ हप्ते सघन आवासीय कार्यक्रममा सहभागिता जनाउँदै मार्गदर्शन, प्राविधिक सहयोग तथा बजार पहुँचका अवसर प्राप्त गरेका थिए । यस समूहको उल्लेखनीय उपलब्धिका रुपमा नौ स्टार्टअपहरूले भारतका अग्रणी इनक्युबेशन प्लेटफर्महरूबाट विशेष लगानी तथा इनक्युबेशन प्रस्ताव प्राप्त गरेका छन् । जसले नेपालको नवप्रवर्तन इकोसिस्टमको बढ्दो सम्भावना र क्षेत्रीय सहकार्यको महत्वलाई स्पष्ट संकेत गर्छ । निक्कीका अध्यक्ष सुनील केसीले नवप्रवर्तन र उद्यमशीलतालाई नेपाल-भारत आर्थिक सहकार्यको केन्द्रमा राख्ने प्रतिबद्धता पुनः दोहोर्याए। उनले सीमापार स्टार्टअप साझेदारीहरू क्षेत्रीय प्रतिस्पर्धात्मक बढाउन र युवाद्वारा सञ्चालित आर्थिक वृद्धिलाई गति दिन अपरिहार्य रहेको उल्लेख गरे । नवप्रवर्तन क्षेत्रमा निक्कीको बढ्दो भूमिकालाई उजागर गर्दै निक्कीका उपाध्यक्ष कुनाल कायलले नेपाल-भारत आर्थिक सम्बन्धको आगामी चरण निजी क्षेत्रको नेतृत्वमा र नव प्रवर्तनद्वारा प्रेरित हुनुपर्ने बताए । उनले भने, 'यस गतिलाई संस्थागत गर्न हाम्रो समितिले स्टार्टअप इनोभेसन सेन्टर स्थापना प्रक्रियालाई अगाडि बढाइरहेको छ, जसले सम्पूर्ण इकोसिस्टम सरोकारवालाहरूलाई जोड्ने केन्द्रविन्दुको रूपमा काम गर्नेछ ।' अतिथि मन्तव्य राख्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअपहरूलाई विश्वस्तरीय प्रतिस्पर्धी उद्यममा रूपान्तरण गर्न संस्थागत सहयोग, नीतिगत समन्वय तथा क्षमता विकासका सहयोगको महत्वमा जोड दिए । संवादको एक प्रमुख आकर्षण कोहोर्ट रिफ्लेक्सन सत्र रहेको थियो । जहाँ सहभागीहरूले आइआइटी मद्रासको आवासीय कार्यक्रमका अनुभवहरू सबैसँग साटासाट गरे । सहभागीहरूले उच्चस्तरीय प्रयोगशाला पहुँच, लगानीकर्तासँग अन्तरक्रिया, उत्पादन परिमार्जन सहयोग तथा विश्वस्तरीय अभ्यासहरूसँग परिचित हुने अवसरबारे पनि चर्चा गरे। धेरैले यस अनुभवलाई प्रारम्भिक चरणको विकासबाट बजार-तयार नव प्रवर्तनतर्फ अघि बढ्न मद्दत गर्ने महत्वपूर्ण मोडका रूपमा वर्णन गरे । निक्कीका उपाध्यक्ष गौरव तयालले सहभागी उद्यमीहरूलाई द्धिपक्षीय साझेदारीका पुलहरूका रूपमा वर्णन गर्दै नेपाल र भारतबीचको नवप्रवर्तन सम्बन्ध सुदृढ बनाउन उनीहरूको भूमिकालाई उल्लेख गरे । निक्कीले नेपाल-भारत स्टार्टअप संवाद दिगो उद्योग-शैक्षिक संस्था-सरकार तथा निजी क्षेत्रबीच सहकार्य गर्ने प्रयासको एक चरण भएको जनाएको छ। यसले नीतिगत वकालत, सीमापार साझेदारी तथा पूँजी र प्रविधिमा सुधारिएको पहुँचमार्फत स्टार्टअपहरूलाई समर्थन गर्दछ । नेपाली उद्यमीहरूलाई भारतीय नवप्रवर्तन प्लेटफर्महरूसँग जोडेर यस पहलले ज्ञान हस्तान्तरणलाई तीव्र पार्ने, क्षेत्रीय बजार एकीकरणलाई प्रवर्द्धन गर्ने र नेपाललाई प्रविधिमा आधारित उद्यमका लागि उदाउँदो केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य पनि निक्कीले राखेको छ । नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) नेपाल र भारतबीच व्यापार, लगानी तथा औद्योगिक सहकार्य सुदृढ गर्न स्थापित एक अग्रणी द्विपक्षीय उद्योग वाणिज्य संस्था हो। यसको स्टार्टअप, नवप्रवर्तन तथा निजी इक्विटीसम्बन्धी पहलमार्फतले नीतिगत सहकार्य, पूँजी प्रवाह र उद्यमशीलतालाई जोड्दै क्षेत्रीय आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्दै आएको छ।
बौद्धमा १ करोडको गहना चोरी गर्ने जेनजी आन्दोलनमा फरार, गोली हानेर पक्राउ
काठमाडौं । बौद्धबाट १ करोड बढी सुनको गहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिकास्थित महांकालबाट प्रेम थारूलाई प्रहरी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार थारूको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारूले ३० तोला सुन, चाँदीका गहना र सि-माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारूकै संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । उनी भदौ २३/२४ गतेको जेनजी आन्दोलनमा फरार रहेका थिए । चोरीको अभियोगमा कारागारमा सजाय भोगिरहेका थिए ।
आइएमई लाइफको नाफा २७ करोड रुपैयाँ, ३०.७१ प्रतिशत बढ्यो दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ प्रतिशत बढेर २७ करोड ६ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत आवको दोस्रो त्रैमसमा कम्पनीले २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ३६.४५ प्रतिशत बढेर ३ अर्ब १९ करोड २० लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३३ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर २ अर्ब ९४ करोड १३ लाख ९९ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले २ अर्ब २५ करोड ३ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको कुल आम्दानी २७.५९ प्रतिशत बढेर ४ अर्ब १ करोड ४५ लाख ८० हजार रुपैयाँ र कुल खर्च ३० प्रतिशत बढेर ३ अर्ब ७४ करोड ३९ लाख २२ हजार रुपैयाँ गरेको छ । गत वर्षको ६ महिनामा कम्पनीले ३ अर्ब १४ करोड ६५ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब ८७ करोड ८७ लाख १ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ५२ करोड ३८ लाख १६ हजार रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ९८ लाख ६९ हजार रुपैयाँ, सञ्चिति नाफा ४३ करोड ४२ लाख ८७ हजार रुपैयाँ र अन्य इक्विटी २१ करोड ९९ हजार रुपैयाँ रहेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.११ रुपैयाँ बढेर १०.८३ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.११ गुणा छ ।
दुई पाङ्ग्रे सवारीको आयात दोब्बर बढ्यो, ३२ हजार बढी अनएसेम्बल्ड बाइक आयात
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्जबाट ४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट ४ अर्ब ४३ करोड रुपैयाँ राज्य कोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका ४ हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका २ हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए । यसैगरी, चालु आवको ६ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन मिल्ने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।