पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गरेका हुन् । निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत ल्याएका छन् । निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याए । क्षेत्र नं ४ मा रास्वपाका टेकबहादुर शाक्यले २८ हजार छ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गरे ।
सुनसरी १ मा ८० हजार मत गणना हुँदा हर्कले ३४ हजार कटाए
काठमाडौं । सुनसरी १ मा श्रम संस्कृतिका पार्टीका उम्मेदवार हर्क साम्पाङ राईले अग्रता कायमै राखेका छन् । उनले ३४ हजार ३४१ मत ल्याएका छन् । रास्वपाका शरिन तामाङले २३ हजार ८६३, तारा चिन्हका मनोज भट्टराईले ५ हजार ८७४, एमालेका टिकाराम लिम्बुले ५ हजार ६८७ र नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ३ हजार ६०९ मत पाएका छन् ।
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश शाहले तीन ४२८ मत पाए ।
उदयपुर–१ मा रास्वपाका पारशमणि गेलाल विजयी
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन् । उनी ३० हजार ५९० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६ सय ६ मत ल्याएर दोस्रोमा सीमित भए । तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरेका छन् ।
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४४५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ललितपुर–२ मा रास्वपाका खरेल विजयी, पाए ३९ हजार ९४१ मत
पाटन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् । कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए ।
सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह विजयी, नारायणकाजी श्रेष्ठ पराजित
काठमाडौं । सर्लाही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह निर्वाचित भएका छन् । साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३ हजार ३ सय ३८ मत ल्याएर दोस्रो भए । तेस्रोमा नेपाली कांग्रेसका बिनोद खनालले ६ हजार ६ सय २४ मत ल्याएका छन् ।
संसदीय यात्रामा पाँच पूर्वप्रहरी, सबै रास्वपाबाट निर्वाचित
काठमाडौं । पूर्वप्रहरीहरूले संसदीय यात्राको सुनिश्चिता गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा केही पूर्वप्रहरीहहरू निर्वाचित भएका हुन् । पूर्व प्रहरीहरू विभिन्न जिल्लाका फरक–फरक क्षेत्रमा निर्वाचनमा होम्मिएका थिए । अधिकांश प्रहरीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर विजय हासिल गरेका छन् । कानुन कार्यान्वय गरेकाहरू पुनः नीति बनाउने ठाउँमा पुगेका छन् । जागिरे जीवनमा रहँदा प्रहरीहरूले कानुनको पालना गरेर सेवा प्रवाह गरेका थिए । अब भने कानुन बनाउने ठाउँमा पूर्वप्रहरी अधिकारीहरू पुगेका छन् । ओखलढुंगाबाट रास्वपाबा उम्मेदवार पूर्व एआईजी विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले निर्वाचित भएका हुन् । झापा–४ बाट विजयी बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले संसद भवनतर्फ पाइला अगाडि बढाएका छन् । ढकालले ४३ हजार ६ सय ३१ मत पाएर निर्वाचित भएका हुन् । ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । उनी सईको जिम्मेवारीबाट अवकाश भएका हुन् । नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाले कपिलवस्तु–२ बाट उनी २७ हजार ६३५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे। त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनी डिएसपीबाट अवकाश भएका थिए । अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यस्तै, काठमाडौं महानगरका प्रमुख रहेर काम गरिसकेका राजुनाथ पाण्डे पनि सांसद बनेका छन् । उनी काठमाडौं प्रहरीको प्रमुखबाट राजीनामा दिएर काठमाडौं–३ मा चुनावी मैदानमा उत्रएका थिए । उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरेका हुन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका हुन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन् ।