सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढ्दा चाँदी १४५ रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिन सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ।

बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

यससँगै बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

Share News