एनआईबिएल समृद्धि फण्ड-१ले १८ प्रतिशत नगद लाभांश दिने, भदौ १३ गते बुक क्लोज
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । साथै, सोही नगद लाभांश प्रयोजनको लागि आगामी भदौ १३ गते फण्डको इकाई दर्ता किताब बन्द(बुक क्लोज) हुने छ । उक्त लाभांश दिने निर्णय साउन ३१ गते बसेको फण्डको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले उक्त लाभांश वितरणका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन ब्यवस्थापनलाई निर्देशन दिएको छ ।
अपी पावरले ४८ मेगावाट क्षमताका २ आयोजना बनाउँदै
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४८ मेगावाट क्षमताको दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अपीले ४० मेगावाटको माथिल्लो चमेलिया र ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेकाले चाँडै सम्पन्न हुदै छ । २ आयोजना सम्पन्न भएपछि अपीको जडित क्षमता साढे ५६ मेगावाट पुग्ने छ । नौगाड र चमेलिया सुदुरपश्चिमको दार्चुला जिल्लामा पर्छ । चेमिलया आयोजनाको संभाव्यता अध्ययनका लागि कम्पनीले ऊर्जा मन्त्रालयबाट सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको छ । यस्तै माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७३/०७४ को वित्तीय विवरणमा उल्लेख छ । नाफा घट्यो गत आवमा कम्पनीको नाफा घटेको छ । गत असारसम्म कम्पनीले ७ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा अपीको नाफा ८ करोड ८ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढेर गत आवमा १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी १२ कारोड २० लाख रुपैयाँ थियो । अपीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । आयोजना बनाउन अपीले हकप्रद सेयर निष्कासन गरेको छ । अपीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ छ ।
समीट माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद निष्काशन गर्दै, कहिले हुँदै छ बुक क्लोज?
काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले शतप्रतिशत(१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ९ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको साधारणसभाले पारित गर्नु पर्ने छ ।
भाका नाघेको ऋण एक वर्षसम्म नतिरे कालोसूचीमा, राष्ट्र बैंककाे नयाँ व्यवस्था
काठमाडौं । कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट १० लाख रुपैयाँ या सो भन्दा बढीको कर्जा सुविधा लिएर ऋण तिर्ने भाका नाघेको एक वर्षसम्म कर्जा भुक्तान नगरेमा ऋणी कालो सूचिमा पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ऋणीले ऋण तिर्न नसकेको कारण र अवस्था नखुलाइ जानी जानी भाका नघाएमा वा नियमवश ऋण नतिरेमा कालो सूचीमा राख्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यसका साथै कर्जाको दुरुपयोग गरेमा अथवा जुन प्रयोजनका लागि कर्जा लिइएको हो सो परियोजनमा उपयोग नगरी अनेत्र उपयोग गरेमा ऋणी कालो सूचीमा पर्ने छ । ऋणीको कावुलभन्दा बाहिरको अवस्था बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप तथा दैवी प्रकोप परेमा, कालोसूचीमा समावेश हुनु अघि नै रुग्ण उद्योग पुनरुत्थान समितिको सिफारिशमा पुनरकर्जा प्रदान गरिएमा ऋणीले पुनरकर्जा उपयोग गर्न पाउने समयावधिसम्म ऋणीलाई कालो सूचीमा राख्न पाइने छ । नेपाल सरकारले ग्राहकलाई जायजेथा तथा व्यवसाय संचालनमा स्थान अधिग्रहण गरेमा पनि ऋणी कालोसूचीमा पर्ने छैन । भाका नाघेको कर्जाको साँवा ब्याज चुक्ता गरेमा वा ऋणीको खातामा पर्याप्त मौज्दात नभइ चेक जारी गरेको व्यक्ति कालोसूचीमा समावेश भएकोमा सो व्यक्तिले उक्त चेकको रकम चेक जारी गरेको व्यक्तिलाई भुक्तान गरेमा पनि ऋणी कालोसूचीबाट हट्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । ऋणीलृे सुरक्षणमा राखेको सामान तथा सम्पत्ति दुरुपयोग गरेमा, ऋणी गायव भएमा, प्रचलित कानुन बमोजिम ऋणी टाट पल्टेमा, इजाजतपत्र प्राप्त संस्थाले ऋणी विरुद्ध अदालतमा मुद्दा दायरा गरेको अवस्थामा, ऋण असुली न्यायधिकरणमा उजुरी दिएको अवस्थामा पनि राष्ट्र बैंकको यस्तो व्यवस्था आकर्षित हुनेछ । नक्कली चेक, ड्राप्ट, विदेशी मुद्रा, क्रेडिट÷डेविट कार्ड, बिल्स आदि कागजात तथा उपकरण प्रयोग गरी ठगी गर्ने, कुनै व्यक्ति, फम, कम्पनी, वा संस्थाले इजाजपत्रपाप्त संस्थासँग लिएको कर्जा वा सो कर्जाको लिखतको भाखाभित्र चुक्ता नगरी राखेमा पनि कालोसूचीमा पर्न सक्ने व्यवस्था गरिएको छ । ५० हजारभन्दा मुनिको कर्जाको लागि भने कर्जा अपलेखन गर्दाृ भने ऋणीलाई समावेश नगरी कर्जा अपलेखनमात्र पनि गर्न सक्ने छ । खातामा प्रर्याप्त रकम नभइ खेक जारी गरेमा उक्त व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था कालोसूचीमा पर्न सक्ने छ ।
लक्ष्मी बैंकको नयाँ शाखा रामेछापको मन्थलीमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा रामेछापको मन्थलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रमा बैंकको यो पहिलो शाखा हो । अब लक्ष्मी बैंकको शाखा संजाल ६८, ३ हस्पिटल सेवा काउन्टर, ८९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकले आ.व. २०७३/७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । साथै, सोही अवधिमा यस बैंकको वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।
सेयरधनीबीच कुटाकुट भएपछि विशाल बजार कम्पनीको साधारणसभा भाडियो
काठमाडौं । सेयरधनीबीच कुटाकुट भएपछि विशाल बजार कम्पनी लिमिटेडको साधारणसभा भाडिएको छ । मंगलबार राजधानी आयोजना गरिएको वार्षिक साधारणसभामा सेयरधनीबीच कुटाकुट र माइक खोसाखोस भएपछि भाडिएको हो ।नेपाल खाद्य संस्थानका प्रतिनिधि शंकर सापकोटा र नेसनल ट्रेडिङ लिमिटेडका तर्फबाट लवराज जोशीको सञ्चालक अवधि २ वर्षअघि सम्पन्न भएपनि सञ्चालकको रुपमा रहेको र साधारणसभाको कार्यसूचीमा सञ्चालक समितिको निर्वाचन नभएपछि सेयरधनीले दुबै सञ्चालकलाई लखेटेका थिए । सापकोटा र जोशीको पदावधी ०७२ कात्तिकमा सकिएको थियो । सर्वसाधारणको ६५ प्रतिशत स्वामित्व रहेको छ । खाद्य संस्थान र नेसनल ट्रेडिङको गरी साढे ३४ प्रतिशत स्वामित्व रहेको छ । उच्च अदालत पाटनले असार ७ गते परामदेश जारी गरी साउन मसान्तसम्म वार्षिक साधारणसभा गर्न आदेश दिएपछि मंगलबार साधारणसभा बोलाइएको थियो । कम्पनीको साधारणसभा अनिश्चित भएको छ । कम्पनीका सेयरधनी सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले विशाल बजार कम्पनी कानुन विपरित चलेको, वार्षिक साधारणसभा नगरेको, वित्तीय अवस्था सार्वजनिक नगरेको, सेयरधनीलाई गुमराहमा राखेको, २ जना सञ्चालकले कम्पनीलाई मनोमानी रुपमा सञ्चालन गरेको आरोप लगाउँदै तत्काल साधारणसभा गर्न गराउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । नेपालको पुरानो कम्पनी विशाल बजारमा चरम भ्रष्टाचार हुने गरेको छ । विशालबजार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको र सर्वसाधारणको सेयर लगानी भएको कम्पनी हो । कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख रुपैयाँ छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य ३०३० रुपैयाँ छ । कम्पनीको प्रबन्ध पत्रमा ११ जना सञ्चालक समिति रहने व्यवस्था छ । तर हाल यस कम्पनीमा २ जना मात्र सञ्चालक छन् । कम्पनी ऐन अनुसार लिमिटेड कम्पनीमा कम्तिमा ३ जनाको सञ्चालक समिति हुनु पर्छ । यस्तै कम्तिमा एक जना महिला सञ्चालक हुनु पर्ने नयाँ व्यवस्था छ । कम्पनी ऐनका यी व्यवस्थालाई विशाल बजारका सञ्चालक समिति र व्यवस्थापन समितिले अवज्ञा गर्दै आएका छन् ।
चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारवाही, कर्जा प्रवाह गर्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारित समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्था पालन नगर्ने बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न समेत नपाउने भनिएका छ । तर, राष्ट्र बैंकले लिएको यो नीति कागजी डकुमेन्ट भएकोले निक्षेप संकलन गर्न जाने ग्राहकलाई राष्ट्र बैंकले गरेको व्यवस्था बैंक तथा वित्तीय क्षेत्रले पालन गरे नगरेको सर्वसाधारण ग्राहकलाई थाहा हुँदैन। बैंकहरूले गरेको यो व्यवस्था भने फितलो देखिएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ जारी गर्दै तोकेको समयमा पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न समेत रोक लगाएको छ । बैंकले नगद लाभांश वा बोनस सेयर घोषणा तथा विवरण गर्न रोक लगाउने भएको छ । बैंकले शाखा विस्तार गर्न समेत रोकलगाएको छ । राष्ट्र बैंकले गरेको व्यवस्था पुरा गरे/नगरेको विवरण निक्षेप कर्ता तथा कर्जा कर्जा लिन चाहने ग्राहक तथा सर्वसाधारणको जानकारी लागि सम्बन्धित बैंकको वेव साइटमा राख्नु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकले २०७३/७४ को वित्तीय विवरणमा प्रस्तावित वोनश सेयरलाई चुक्ता पुँजी गणना गर्ने भने छुट दिएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले आठ अर्ब, ‘ख’ वर्गका विकास बैंकले दुई अर्ब ५० करोड र ‘ग’ वर्गका राष्ट्रिय स्तर तथा चारदेखि १० जिल्ला कार्यषेत्र भएका वित्तीय कम्पनीले ८० करोड र एकदेखि तीन जिल्ले कार्यक्षेत्र भएका फाइनान्सहरूले ४० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
कोशी, गण्डक र टनकपुर बाँधको चावी नेपालको हातमा हुनुपर्ने, सिंचाइ मन्त्रालयले बुझायो १० बुँदे सुझाव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न भारत भ्रमणका क्रममा बाढी र डुवान समस्या समाधानका लागि छलफल हुने भएको छ । गत शुक्रबारदेखिको अविरल वर्षाले तराइका जिल्लामा बाढी र डुवानबाट ठुलो धन र जनको क्षति भएपछि सिंचाइ मन्त्रालयले डुवान नियन्त्रणका लागि १० बुँदे सुझाव प्रधानन्त्री देउवालाई बुझाएको हो । कोशी, गण्डकी र महाकाली नदीमा ठुला बाँधले गर्दा नेपाली भूभाग वर्षेनी डुवानमा पर्ने गरेको भन्दै यस विषयमा प्रधानमन्त्री स्तरिय बैठकमा कुरा उठाउन सिंचाइले सुझाव दिएको सचिव रामनन्दप्रसाद यादवले जानकारी दिए । कोशी, गण्डकी र टनकपुर बाँध भारतीय प्राविधिकको निन्त्रणमा हुदा समयमा बाँधका ढोका नखोल्दा नेपाली भूभाग डुवानमा पर्न गई ठुलो धनजनको क्षति भएपछि नेपाली प्राविधिकको हातमा बाँधको ढोका खोल्ने अधिकार हुनुपर्ने गरी छलफल गर्न सुझाएको उनले बताए । नेपालीको हातमा पनि बाँधको चावी हुनुपर्ने उनको भनाई छ । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बुधबार बिहान बसेको बैठकमा बोल्दै सचिव यादवले कोशी, गण्डकी र महाकाली सम्झौताले नेपाली जमिन डुवानमा परेकाले नेपालीले बाँधको ढोका खोल्न पाउनुपर्ने व्यवस्था आवश्यक भएको बताए । यता बाढीले तराईमा कृषि र सिंचाइमा मात्रै साढे १५ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । बाढीले कृषिमा ३ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण सिंचाइ संरचनामा हालसम्म १२ अर्ब रुपैयाँ बराबरको क्षतिपुगेको मन्त्रालयले जनाएको छ । साँसदहरुले बाढी नियन्त्रणका लागि भारतसंग छलफल गर्न सरकारको ध्यानकर्षण गराएका थिए ।