
विदेश भ्रमण गर्न मसँग हरियो पासपोर्ट छ र म यही प्रयोग गर्दछु। अमेरिका जादा मा दोहा जान्छु र त्यहाँ १० घण्टा कुरेपछि कतार बिमान कम्पनी बाट उड्छु। यो दस घण्टा भने कतारको विमानस्थलमा अल्पकालीन ट्रान्जिट भिसा लिएर सहर को होटेलमा बस्न दिन्छ। यसपटक पनि अमेरिकाबाट दोहा आएर होटेलमा आराम गर्ने अल्पकालीन ट्रान्जिट भिसा मागे।
तर कतारको अध्यागमनले स्वीकृति दिएन मलाई अचम्म लाग्यो। कतार बिमानको सुपरभाईजरसंग सोधे मलाई मा १५ घण्टा कतार बिमान को यात्रा पछि ५ घण्टा सहर को होटेल मा बस्ने किन भिसा नदिएको ? उ सँग उत्तर थिएन। अध्यागमनले आफ्नो लागेको गर्छ हाम्रो केहि लाग्दैन भने । अध्यागमनको हाकिमलाई भेट्न अनुरोध गरे। त्यो पनि मिलेन र बाध्य भएर १० घण्टा एउटा मेचमा बिताए्
कतार नेपाल को धेरै नजिक को मित्र हो। सानो तर सम्पन्न यो राष्ट्र ले हजारौ नेपालीलाई रोजगारी दिएर नेपाली प्रति मित्रता र गुन लगाएको छ भने नेपाली कामदारले पनि इमान्दारी र लगनशीलताका साथ आफ्नो काम गरेका छन् । दुई देशबिच येति राम्रो सम्बन्ध हुदा पनि १० घण्टाका लागि ट्रान्जिट भिसा नदिएको देख्दा दुःख लग्यो। मलाई लाग्छ हरियो पासपोर्टमा यात्रा गर्ने म जस्ता सर्ब साधारण नेपालीले यो महसुस गरेको हुनुपर्छ। यसमा हाम्रो पररास्ट्र मन्त्रीजीको ध्यान जाओस।