विकासन्युज

नेपाल बैंक लिमिटेड र युनाइटेड रेमिटबीच भुक्तानी सम्झौता

काठमाडौं, २७ साउन । नेपाल बैंक लिमिटेड र युनाइटेड रेमिटबीच भुक्तानी सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र युनाइटेड रेमिटका प्रमुख कार्यकारी अधिकृत सुरज शाक्यले हस्ताक्षर गरेका थिए । सो सम्झौता पछि नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट पठाएको रकम नेपालको ७५ जिल्लामा रहेको करीव १५ सय वटा युनाइटेड रेमिटको कुनै पनि सब एजेन्टबाट सजिलै नगद भुक्तानी लिन सक्नेछन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको नेपालभर १२६ वटा शाखा सञ्चालनमा छन् ।

भन्सारको काम कारवाही अर्थमन्त्रीले आईपी क्यामेराबाट अनुगमन गर्ने

शिषिर ढुंगाना, महानिर्देशक, भन्सार विभाग काठमाडौं, २७ साउन । भन्सार विभागले प्रत्येक वर्ष दुई पटक भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गर्दै आएको छ । प्रि बजेट एक पटक र पोष्ट बजेट अर्काे पटक । पोष्ट बजेट अन्तर्गत हामीले भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गरेका छौं । भन्सार विभागले कुल राजश्वको ४५ दशमलब ९८ प्रतिशत हिस्सा ओगट्छ । मुलुकमा संकलन हुने मुल्य अभिवृद्धि करमध्ये भन्सारबाटै करिब ६१ प्रतिशत संकलन हुन्छ । अन्तशुल्क पनि ४७ दशमलब ९ प्रतिशत भन्सारबाटै संकलन हुन्छ । गत वर्षको तुलनामा राजश्वको वृद्धिदर १२ दशमलब शुन्य ३ प्रतिशत हासिल गरेका छौं । बिषम परिस्थितीका बिच हामीले राजश्व संकलन लक्ष्यमा करिब ९५ प्रतिशत सफलता हासिल गरेका छौं । व्यापार सहजीकरणका लागि धेरै प्रयासहरु गरिएका छन् । एकद्धार सेवा अनुसार सन २०१८ देखि कार्यान्वयन गराउने योजनासहित टेण्डर प्रक्रिया अघि बढिसकेको छ । आयात निर्यातलाई व्यवस्थित गराउने गरि आइई कोडलाई व्यवस्थित गराउने काम भैरहेको छ । यसको कार्यबिधी पनि बनिसकेको छ । १३ वटा कार्यलयको दैनिक कार्य सञ्चालनलाई भन्सार विभाग र अर्थमन्त्रीको कार्यालयबाटै आइपी क्यामेराको सहायताले हेर्न मिल्ने बनाईसकेका छौं । यही आर्थिक वर्षदेखि रसुवा लगायतका भन्सार कार्यालयहरुमा अनुगमन,नियमनको नयाँ प्रणाली कार्यान्वयन गराउँदैछौं । सबै कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछौं । न्युन बिजीकरणको समस्या समाधानका लागि प्रयासहरु भैरहेका छन् । त्यसमा न्युनबिजिकरण भएका समानहरुको कानुनतः खरिदका लागि एक अर्ब रुपैंयँँ बजेट नै बिनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भन्सार विभागले २४६ अर्बको राजश्व लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्नु हाम्रो पहिलो उदेश्य हुनेछ । यो लक्ष्य पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छौ। भन्सार प्रणालीमा सुधार हाम्रो मुल उदेश्य हो । चार बर्षे भन्सार सुधार र आधुनीकीकरण रणनीतीले लिएको उदेश्यबारे पनि छलफल गरिरहेका छौं । १० वटा भन्सार कार्यालयहरुमा कन्टेनर स्क्यानर मेसिन तथा ब्यागेज स्क्यानर मेसिन खरिद गर्दैछौं ।-महानिर्देशक ढुंगानाले दिएको अभिव्यक्तिमा आधारित

घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको मेरूदण्डः प्रधानमन्त्री

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार बालुवाटारस्थित निवासमा कुरा गर्दै उनले यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताए । आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उनले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताए । मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के के गर्न सकिन्छ, छिट्टै निजी क्षेत्रसँग बसेर विस्तृत रूपमा छलफल गर्ने आफ्नो सोंच रहेको समेत प्रधानमन्त्रीले सो अवसरमा बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आर्थिक सुधारका कार्य गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिंदै सोही नीति अनुरूप सरकारले महासंघ जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता दोहो¥याएका थिए । महासंघका अध्यक्ष श्याम गिरीले गत वर्षको भूकम्पबाट ३२ जिल्लाका १७ हजार भन्दा बढी लघु, घरेलु तथा साना उद्योगी पूर्ण रूपमा क्षत विक्षत भएको ५५ जना भन्दा बढी उद्योगी हताहत भएको भन्दै वास्तविक पीडित लघु, घरेलु तथा साना उद्यमीको पहिचान गरी भूकम्प पीडित उद्यमीलाई परिचयपत्र उपलब्ध गराउने र सोका आधारमा पीडित उद्यमीलाई पाँच लाख रूपियाँ अनुदान उपलब्ध गराउन आग्रह गरे । भुकम्प तथा नाकावन्दीको मारमा परि क्षतिग्रस्त भएका उद्योगको पुनःस्थापनाका लागि नेपाल सरकारद्वारा स्थापित आर्थिक पुनरूद्घार कोष कार्यविधि जारी भई संचालनका लागि सूचना जारी भईसकेको सन्दर्भमा यस कार्यविधिमा सुधार गरी भुकम्पबाट बढी प्रभावित ३२ जिल्लाका लघु, घरेलु तथा साना उद्योगहरूको पुनरत्थानका लागि तत्काल कर्जा प्रवाह गर्ने व्यवस्था गर्न र यसको सञ्चालक समितिमा लघु, घरेलु तथा साना उद्योगको प्रतिनिधिको हैसियतले महासंघलाई सहभागी गराउन उनले आग्रह गरेका थिए । औद्योगिक नीति अनुसारको ऐन तत्कालै जारी भई समयानुकूल परिमार्जन गर्दै जाने परिपाटीको विकास हुन महासंघले आग्रह गर्दै आएको अध्यक्ष गिरीले बताए । लामो समयको प्रयास पछि सरकारले जारी गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका’ मा विदेशी बस्तु भन्दा १५ प्रतिशतसम्म महङ्गो भएपनि स्वदेशमै उत्पादित वस्तु खरिद गर्नुपर्ने प्रावधान रहेको भन्दै नेपाली उत्पादनहरूले स्वदेशमै बजार पाउने र मुलुक औद्योगिकरणतर्फ उन्मुख गर्न सो निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशनका लागि अध्यक्ष गिरीले आग्रह गरेका थिए । प्रधानमन्त्रीलाई भेट्न महासंघका अध्यक्ष श्याम गिरीको नेतृत्वमा निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष वासुदेव गिरी, आङदेण्डी शेर्पा, लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरू विष्णु लुइटेल, चन्दनकृष्ण श्रेष्ठ, शोभा गुरूङ, शिवा उपाध्याय, सूर्य कंडेल, हरिहर थापा, मोहन कटवाल, राजेश कोइराला, कुमार गिरी, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यष सत्यनारायण प्रजापति, सचिव प्रमिला बस्नेतलगायतका पदाधिकारी तथा सल्लाहकारहरूको सहभागीता रहेको थियो ।

सिजी ब्राण्डद्धारा नयाँ लाईन अफ ब्याट्री कम्प्याटेबल टिभी नेपाली बजारमा

काठमाडौं, २७ साउन । नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले आर्थिक वर्ष ०७३/७४ सुरु भए सँगै आफ्नो एलइडि टिभीहरुको लाईनप बिस्तार गरेको छ । जस अन्तर्गत लोडसेडिङ्ग झेलिरहेको नेपाली जनतालाई लोडसेडिङ्गको बेलामा पनि टि.भी सजिलै हेर्न पाउनेगरि ब्याट्रि कम्प्याटिबल टि.भीहरुको लाईनप थप गरेको छ । कम्पनीका अनुसार यो टिभी १२ भोल्टबाट सजिलै चल्न सकिने एलइडि टिभी हो । ग्राहकहरुको ध्यनमा राखि यो टिभी बिभिन्न साईजहरु २० इन्च, २४ इन्च र ३२ इन्च मा उपलब्ध रहेको छ । यस टि.भी नेपालको ग्रामिण क्षेत्रमा बसोबास गरिरहेका तथा लोडसेडिङ्ग झेलिरहेका ग्राहकवर्गहरुलाई ध्यानमा राखि बजारमा ल्याइएको हो । सोलार प्यालनबाट चार्ज गरिएको ब्याट्रीबाट चलाउन सकिने यो टिभीहरुको विशेषता भनेकोे एसी तथा डिसी दुबै पावर सप्लाईबाट चल्ने रहेको छ । एसी बाट चलाउनको लागि यसलाई एउटा एक्स्र्टनल एडेप्टर उपलब्ध गराईएको छ । जसको काम भनेको चट्याङ्ग पर्दा पनि टि.भी. को इन्टरनल मदरबोर्डलाई पावर फ्ल्कचोयसन बाट जोगाउनु हो । त्यसैगरि डि.सी. बाट चलाउनको लागि यो टि.भी. सँग डि.सी. केबल पनि उपलब्ध गराईएको छ । यसबाहेक यो टि.भीमा थप बक्स स्पिकर पनि जडान गरिएको छ । जसको कारणले आवाजमा निकै सुधार आउने र राम्रो सुनिने कम्पनीले जनाएको छ ।

साइन रेसुङ्गाले कमायो २७ करोड

काठमाडौं, २७ साउन । साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले यस्तो नाफा १८ करोढ २२ लाख रुपैयाँ गरेको थियो । बैंकले अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा झण्डै ९ करोड रुपैयाँ खुद नाफा बढाएको छ । बैंकले खुद ब्याज आय ४७ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आय ३६ करोड ७३ लाख रुपैयाँ थियो । बैंकले २ करोड २९ लाख रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो बर्ष ४८ लाख रुपैयाँ मात्रै राइट ब्याक गरेको थियो ।

सिनर्जीको नाफा ३ करोड ६८ लाख

काठमाडौं, २७ साउन । सिनर्जी फाइनान्स कम्पनीले गत आर्थिक बर्षमा ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो फाइनान्सको नाफा ४ करोड ७९ लाख रुपैयाँ थियो । फाइनान्सले खुद ब्याज आय ५ करोड ४० लाख रुपैयाँ गरेको छ । अघिल्लो बर्ष यस्तो आय ७ करोड ४६ लाख रुपैयाँ थियो । कम्पनीले सम्भावित कर्जा नोक्सानीको लागि बढी रकम ब्यवस्था गर्नु परेको कारण खुद नाफा कम भएको विहिवार प्रकाशित वित्तीय विवरणले संकेत गर्छ । कम्पनीले गत आर्थिक बर्षको नाफावाट ७ करोड ७४ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानीको लागि छुट्टयाएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो रकम ४ करोड ४५ लाख रुपैयाँ मात्रै छुट्टयाइएको थियो ।

एनसीसीको नाफा झण्डै ३० करोड बढ्यो

काठमाडौं, २७ साउन । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक बर्षमा ७० करोड ३० रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षमा बैंकले ४० करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा करिब ३० करोड रुपैयाँ खुद नाफा बढाएको छ । बैंकले खुद ब्याज आय १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आय ८० करोड ३८ लाख रुपैयाँ मात्रै थियो । यस्तै खुद संचालन आय १ अर्ब ४९ करोड रुपैयाँ छ । अघिल्लो बर्ष यस्तो आय १ अर्ब १ करोड ४० लाख रुपैयाँ थियो । बैंकले २३ करोड १७ लाख रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो बर्ष यस्तो राइट ब्याक १० करोड ८० लाख रुपैयाँ थियो ।

ब्याज दर स्थिरीकरण प्रयासः अक्सन रेटभन्दा करिडोर रेट कम

काठमाडौं, २७ साउन । करिडोर मार्फत ब्याजदरलाई धेरै उतार चढाव हुनवाट रोक्न भन्दै राष्ट्र बैंकले हिजो (बुधवार) देखि कार्यान्वयनमा ल्याएको ब्याज दर करिडोरको ब्याजदर अक्सन रेट (लिलाम बढाबढ) भन्दा पनि कम छ । राष्ट्र बैंकले गत बुधवारदेखि ब्याजदर करिडोर प्रणाली अन्तरगत बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरलता लिन थालेको छ । सो दिन २ साताको लागि २० अर्ब रुपैयाँ निक्षेप लिइएको छ । त्यसको ब्याजदर ०.३०४ प्रतिशत तोकिएको छ । तर राष्ट्र बैंकले गत आर्थिक बर्षमा बैंक तथा वित्तीय संस्थावाट अक्सन रेटको माध्यमवाट ३५ पटक रकम लिएको थियो । यस्तो अक्सनको ब्याजजर ३५ पटककै सोभन्दा बढी थियो । अक्सन रेट मार्फत राष्ट्र बैंकमा पैसा राख्दा जुन बैंक वित्तीय संस्थाले कम ब्याज माग्थे सोही संस्थाको रकम राष्ट्र बैंकले लिन्थ्यो । गत आर्थिक बर्षमा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि त्यसको ब्यवस्थापनको लागि राष्ट्र बैंकले अक्सन रेट मार्फत रकम लिएको थियो । यो सवै पटकको अक्सन रेट अहिले तोकिएको करिडोर रेटभन्दा माथि छ । गत आर्थिक बर्षमा पहिलो पटक ४ साउनमा डिपोजिट अक्सन गराइएको थियो । त्यसको वेटेज एभरेज रेट ०.७१० प्रतिशत थियो । त्यसको म्याद ९० दिनको थियो । यस्तै गत बर्षको ८ साउनको अक्सन रेटको वेटेज एभरेज रेट ०.८३५, साउन १० को १.१७१, साउन १४ को १.३९६ प्रतिशत थियो । साउन १५ को २८ को रेट भने हालसम्मकै उच्च छ । सो दिनको अक्सन २.९७१ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै गत आर्थिक बर्षको फागुनको अक्सर रेटको वेटेज एभरेज रेट अहिले तोकिएको करिडोर रेटको हाराहारी नै थियो । गत फागुन २ को एभरेज रेट ०.३६१, फागुन ४ को ०.३७१, फागुन ६ को ०.४१४ र फागुन ११ को रेट ०.४३२ प्रतिशत थियो ।