विकासन्युज

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दचोकमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दचोकमा उद्घाटन गरेको छ । एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्दचोक वडा नं १, झापा स्थित फाल्गुनन्दचोक शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका हुन् । उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुराउने जानकारी दिएका छन् । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ ।

लेखा समितिमा उपसमितिको प्रतिवेदनबारे जुहारी, उपसमिति माथि खनिए समितिका सांसद

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको लेखा समितिको बैठकमा वाइड बडी प्रकरणमा उपसमितिले दिएको प्रतिवेदनमा माथि जुहारी चलेको छ । उपसमिति माथि समितिका सांसद खनिएका छन् । शुक्रबारको बैठकमा सांसद विशाल भट्टराईले प्रतिवेदनले केही अन्याय गरेको बताए । एउटा मात्र वैठकमा बसेको सचिव प्रेम राईलाई एउटै समूहमा राख्नु कत्तिको न्यायिक हो ? उनले प्रश्न गरे । त्यसैगरी, अर्का सांसद पूर्णकुमारी कर्णले राष्ट्रिय ढुकुटीबाट जुन जहाज किनिएको थियो । त्यो राम्रो हो । तर, खरिद प्रकरणमा अनियमितता देखियो । उपसमितिको प्रतिवेदनमा केही कुरा थप गर्न पाएको भए राम्रो हुने बताइन । सांसद सूर्य पाठकले भने– जहाज खरिद प्रकरणमा गडबड भएको हाम्रो निष्कर्ष छ । उपसमितिको प्रतिवेदनमा हामी सदस्यभन्दा पहिलै मिडियामा जानकारी भयो । यो कसरी भयो ? यसले प्राकृतिक न्याय, निष्पक्षता र तथ्य छ कि छैन ? अनि प्रेम राई र सुगतरत्नलाई एउटै घानमा हाल्ने ? यो हुन सक्दैन भने । सांसद यज्ञबहादुर बोहराले उपसमितिको प्रतिवेदन अघिल्लो दिन सार्वजनिक हुनु गैर जिम्मेवारी भएको बताए । सांसद पार्वती बिसंखीले खरिद प्रक्रियाको प्रपञ्च गर्नेलाई कम र अन्तिम किस्ता दिएर जहाज बुझ्नेलाई बढी दोषी किन देखाईयो ? भनी प्रश्न गरिन् । सांसद लेखराज भट्टले प्रतिवेदनमा केही कमजोरी रहेको बताए । तिनलाई थप अध्ययन कसरी गर्ने भन्नेतिर जानुपर्छ । उपसमितिले प्रतिवेदन बनाएपछि पिएमले समिति बनाएको हो कि जस्तो लाग्न सक्छ । तर, अवस्था यस्तो होइन–सांसद भट्टले भने । सांसद तेजुलाल चौधरीले प्रतिवेदन तयार पार्ने सदस्यहरुलाई धन्यवाद दिनैपर्छ भने । प्रतिवेदनमा केही कमजोरी होलान् । तर यो प्रकरणमा व्यापक भ्रष्टाचार भएको छ । जो जति उफ्रे पनि यो त भएकै छ । महालेखाको प्रतिवेदनले प्रक्रिया गल्ति छ भन्दाभन्दै पैसा दिनुको अर्थ के हो ? सांसद मिनेन्द्र रिजालले उपसमितिलाई हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठानेका होइनौं । मिडियामा खबर आयो भन्दैमा अनियमिता नभएको भन्न मिल्दैन होला । अनियमितता त कति भयो कति ? त्यसैले यहाँ राजनीतिक सम्बद्धताकै भरमा कसैको पक्षपोषण नगरौँ । सांसद अमनलाल मोदीले उपसमितिले दिएको प्रतिवेदनमा केही राम्रा पक्ष छन् । सँगै हामीले यहाँ कुनै विभेद देख्दैनांै । हामीले जुन समितिमा प्रतिवेदन पेश गर्छाै तर ती हुबहु पास हुनपर्छ भन्ने पनि हुँदैन । यसबाट हामी कोही तरंगित हुन हुँदैन । खरिद प्रक्रिया नै गलत भनेपछि त्यसमा जोडिएका सबै उत्तिकै जिम्मेवार हुन जान्छन् । उपसमिति सदस्य प्रदीप यादवले भ्रष्टाचारको महानायक सुगतरत्न कंसाकारले जता घुमायो, उतै घुम्नेपनि मन्त्री हुन्छ ? भने । समितिको बैठकमा उपसमितिले नबोलाएका आरोपितलाई समितिले बोलाएर छलफल गर्नु पर्ने कुरापनि उठेको थियो । बैठकमा सांसदहरुले प्रतिवेदन माथि प्रश्न उठाउने अवस्था आउनु नहुने र आधारभूत कुरा फेरबदल गर्नु नहुने कुरा उठेको थियो । बैठकमा सहमति जुट्न नसकेपछि समिति सभापति भरत शाहले अनौपचारिक परामर्श गर्ने गरी सोमबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । वाइड बडीमा ४ अर्ब ३५ करोड अनियमितता, पर्यटनमन्त्रीलाई कारवाही गर्न शिफारिस वाइड बडीमा यसरी भयो अनियमितता (प्रतिवेदन सहित)

मुक्तिनाथ विकास बैंकद्धारा विभिन्न ४ स्थान सहयोग प्रदान

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिक उत्सवको अवसरमा ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेकाे छ । यस्तै मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेकाे हाे । नवलपरासीको दलदले शाखाले कालिका मा.वि. लाई खेलकुद सामाग्री वितरण तथा केन्द्रिय कार्यालय काठमाण्डौंले कार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ । बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ र यो कार्यक्रम मिति २०७५ पौष २२ गते सम्म जारी रहने जानकारी दिएको छ ।

८ सय ९५ गुम्बा पुनर्निर्माणको बाटो खुल्यो, चारवटा एकीकृत बस्ती विकासको योजनापनि अघि बढ्दै

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुल्ला भएको छ । प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले पारित गरेको कार्यविधिमा पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण आवश्यकता बमोजिम पुरातत्व विभागको पूर्व स्वीकृति लिई केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधार)को प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ । भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरिया भन्दा कमका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समिति मार्फत गर्ने कार्यलाई प्राथामिकता दिइने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधि अनुसार सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण कार्य स्थानीय तह मार्फत गरिनेछ । पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका पूर्ण रुपमा क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माणका लागि केन्द्रबाट शत प्रतिशत बजेटको व्यवस्था हुने कार्यविधिमा उल्लेख गरिएको छ । सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको हकमा भने पुनर्निर्माण गर्न लाग्ने कूल रकमको ५० प्रतिशत प्राधिकरणले अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई रकम उलब्ध गराउने छ । बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तह र गुम्बा, बिहार तथा स्तूपा व्यवस्थापन समिति अन्तर्गत रहेको उपभोक्ता समितिले जुटाउनु पर्ने व्यवस्था रहेको छ । भूकम्बाट क्षति भएका गुम्बाहरुको संख्या १३२० छ । जसमध्ये पुनर्निर्माण गर्नु पर्ने गुम्बाको संख्या ८ सय ९५ र मर्मत सम्भार गर्नु पर्ने गुम्बाको संख्या ४ सय २ छ । चारवटा एकीकृत बस्ती विकासको योजना स्वीकृत यस्तै, बैठकले चारवटा एकीकृत बस्ती विकासको योजना स्वीकृत गरेको छ । स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ४ स्थित तिलडाँडास्थित तिलडाँडा एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ३ हैबुङमा हैबुङ एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ६ तारामारङमा भनावीश्वर सिग्देल एकीकृत बस्ती र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ स्थित गुम्सालमा गुम्साल एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो ।

सिटिजन्स बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकका ८१ औं शाखा कैलालीको मोहन्यालमा संचालनमा ल्याएको छ । सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको हो । सिटिजन्स बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ ।  २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदाहरण हुन् । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकि सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकको सहयोग रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

७० लाखको लागतमा खुल्यो काँटी उद्योग, दैनिक १५ सयदेखि दुई हजार केजी उत्पादन

बनियानी । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गरेका हुन् । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताए । “कोरियामा पाँच वर्ष काम गरेँ”, उनले भने, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामाग्री उत्पादन गर्ने उनको लक्ष्य छ । उद्योगमा हाल १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताए । उद्योगबाट उत्पादित काँटी ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ । चापागाईंले भने, “मैले कोरियाको पानीजहाज बनाउने कम्पनीमा फलामसम्बन्धी काम गरेँ, त्यहाँ सिकेको सीप अहिले स्वदेशमा प्रयोग गर्दैछु ।” उद्योग स्थापना गर्नुपूर्व भारतको कलकत्तामा कच्चा पदार्थ तथा सम्बन्धित उपकरणबारे जानकारी लिएको उनले बताए । कोरिया छँदा आफूले मासिक तीन लाखसम्म कमाइ गर्ने गरेको बताउँदै उनले भने, “स्वदेश आएपछि पुनः एक पटक जाने सोच बनाएँ, भिसा पनि लाग्यो तर अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो ।” मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो । उद्योगमा हाल चार जनाले रोजगारीसमेत पाएका छन् । स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका चापागाईंले वैदेशिक रोजगार पूँजी निर्माणका लागि गतिलो माध्यम बने पनि दीर्घकालीन विकल्प नभएकाले त्यहाँ कमाएको रकमले स्वदेशमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिन्छ ।” उद्योगलाई विस्तार गर्ने योजनामा रहनुभएका चापागाईंले केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरिद गरिसकेको बताए ।

२० हजार घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

रत्ननगर । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए । पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घुस रकमसहित पक्राउ परे पनि अख्तियारलाई खबर नगरेका कारण निजामती सेवा ऐनअनुरुप मुद्दा अगाडि बढाइने जानकारी दिए ।

आरती स्ट्रिप्सकाे क्रस रिब्स टिएमटी बार नेपाली बजारमा लन्च 

काठमाडौं । आरती स्ट्रिप्सले भूकम्प प्रतिरोधी, स्केल फ्रि, उच्चतम लचकता, क्रस रिब्स टिएमटी बार नेपालमा लन्च गरेको छ । आरती स्ट्रिप्स, नेपालको प्रमुख स्टील कम्पनी मध्ये एक रहेको छ । पहिलो ट्रक —लोड भूकम्प प्रतिरोधीको लागि पठाइएको छ । यो टंकी, जिल्ला मोरङ, नेपाल उद्योग सिन्वारीबाट यूरोपी प्रविधिको मेशिन टिएमटी बारहरु छ । आरती पर्फेक्ट र आरती टाइगर ब्रान्ड टिएमटी बार आरत स्ट्रिप्सले बाटोलाइ परिवर्तन र नेपालका घरहरु सुरक्षित गर्ने जानकारी दिएको छ । नेपालको विश्व—व्यापी स्तरका भूकम्प प्रतिरोधी टिएमटी बारहरु आपूर्ति हुन्छ । आरती स्ट्रिप्सको नयाँ उत्पादनको मुख्य विशेषताहरुको बारेमा सूचित गर्दै अध्यक्ष एस सन्जिव शर्माको भनाइ रहेको छ । आरती स्ट्रिप्सका अध्यक्षले आरती स्ट्रिप्सको नयाँ उत्पादनको बारेमा जानकारी दिएका छन् । यी बारहरु ५५० लचकपनका साथै भूकम्प प्रतिरोधी बनाइएको छ । निर्माणको दिर्घायुमा परिणाम स्वरुप कंकीट संग मजबुत पकड राखेको छ । वास्तवमा नेपालमा पहिलो पटक टिएमटी बारले ५५० (लचकता) प्रदान गर्दछ जस्ले भूकम्प प्रतिरोधको लागि बनाइएको छ । आरती पर्फेक्ट टिएमटी बारहरु क्रस — रिब ले कंक्रीटको साथ राम्रो पकडले गर्दा लम्बाई र वजनमा यूरोपेली प्रविधिको कारण एकै खालको प्रविधिले टिएमटी बारहरुलाई स्केल फ्रि बनाएको छ ।